समाचार

बुधबार देशभर ४४४४ जना कोरोना संक्रमणमुक्त

पोखरा । बुधबार देशभर ४ हजार ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना भाइरस संक्रमित भएका उनीहरु बुधबार सो संख्यामा संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तीन लाख १६ हजार ४६३ पुगेको छ । यस अघि मंगलबार ५ हजार ५२५ जना कोरोना संक्रमण मुक्त भएका थिए । पुरा पढौ

आइशोलेशन वार्डका लागि कास्की काँग्रेसले महानगरलाई पार्टी कार्यालय दियो

पोखरा । नेपाली काँग्रेस कास्कीले आफ्नो पार्टी कार्यालय पोखरा महानगरपालिकालाई आइसोलेसन वार्ड बनाउन सुम्पेको छ । सरकारलाई आवश्यक परेमा पोखरा महानगरपालिकाले पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन सक्ने भन्दै पार्टीको निर्णय बुझाएको छ । नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल बुधबार पोखरा महानगरपालिका पुगेर पार्टीको निर्णयसहितको पत्र बुझाएका थिए । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित पत्र बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले… पुरा पढौ

दोश्रो पटक पनि पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । विपक्षी दलहरुले अविस्वास प्रस्ताव ल्याएपछि राजिनामा दिएका गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बहुमतीय सरकार बनाउन आह्वान गरेको निर्धारित समयमा कसैलेपनि बहुमत पु¥याउन नसकेपछि गुरुङले दोश्रोपटक मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरे । प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । गुरुङले बुधबार साँझ नै सपथ खाएका छन् । उनलाई प्रदेश प्रमुख पौडेलले सपथ खुवाईन् । दोश्रो पटक मुख्यमन्त्री बनेका गुरुङले बैशाख… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३ सय नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट निधन हुनेको संख्या तीन सय नाघेको । पछिलो २४ घण्टामा कास्कीका ८सहित पाँच जिल्लाका १६ जना संक्रमितको मृत्यु भएसंगै निधन हुनेको संख्या ३०४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । संक्रमणबाट निधन हुनेमा म्याग्दी र तनहुँका ३–३ जना, गोरखा र बाग्लुङका एक–एक जनाको मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षदेखि ९० वर्षसम्मका छन् । यस्तै सोही अवधीमा प्रदेशका ९४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको… पुरा पढौ

जनमोर्चाले संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

पोखरा । गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट हटाएको छ । पार्टी निर्णय अनुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद थापालाई जनमोर्चाले संसदीय दलको नेताबाट हटाएको हो । जनमोर्चाको संसदीय दलकी सचेतक पियारी थापाले दलको नेताबाट हटाइएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएकी छन् । केन्द्रीय प्रतिनिधिका रुपमा पोखरामा रहेका जनमोर्चाका महासचिव मनोज भट्टले पनि थापालाई संसदीय दलबाट हटाएको जानकारी सभामुखलाई दिएका छन् । संसदीय दलको नेताबाट हटाएपनि कृष्ण थापाको सांसद पदबारे भने… पुरा पढौ

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाडौँ। काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए । “कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १००… पुरा पढौ

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

नयाँ दिल्ली। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ । केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृत्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी आएको छैन । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ । भारतीय सञ्चार माध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन,… पुरा पढौ

राष्ट्रपतिले गरिन् नर्सको उच्च प्रशंसा

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् । उनले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन्। “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले ट्वीटमा भनेकी छिन् । आज नेपालसहित विश्वभरि… पुरा पढौ

दमौली अस्पतालले शुरु गर्‍यो कोभिड सङ्क्रमितको उपचार

दमौली। दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिए। उनका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ । “सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उनीहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा पौडेलले भने। उनका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार… पुरा पढौ

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

आगामी जेठको १७ (मे ३१) को मध्यरातसम्म नेपालमा हुने अन्तर्राष्ट्रिय उडान बन्द भएको छ। नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गर्ने निर्णय गरेको हो। यस अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको २ उडान भने कायम रहनेछ। नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा १/१ उडान गर्नेछन्। प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न समेत एयरलाइन्सहरूलाई आग्रह गरेको छ। पुरा पढौ