समाचार

पोखरामा सोमबार ४५ जना कोरोना संक्रमित थपिए

पोखरामा हिँजो (सोमबार) थप ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको हो। संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १३, १७, १९, २०, २५, २९ र ३० का छन् । पुरा पढौ

निषेधाज्ञाका कारण कक्षा ८ को परीक्षा प्रभावित

स्याङ्जा । स्याङ्जामा मंगलबारबाट निषेधाज्ञा हुने भएपछि कक्षा ८ को जारी परीक्षा प्रभावित भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले निषेधाज्ञाका कारण भौतिकरुपमा उपस्थित भएर लिइने सबै परीक्षा स्थगन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै मंगलबारदेखि निषेधाज्ञाको घोषणा गरेसंगै पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सोमबार बसेको बैठकले वैशाख २१ देखि २३ गतेसम्मका सबै परीक्षाहरु सञ्चालन नगर्न निर्देशन दिएको हो । यस्तै बैठकले भौतिक रुपमा उपस्थित भई परीक्षा सञ्चालन नभएपछि त्रैमासिक र अर्धवार्षिक… पुरा पढौ

जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड… पुरा पढौ

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त, आजै शपथ ग्रहण

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवले आजै राष्ट्रपति भण्डारीसमक्ष शपथ ग्रहण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत… पुरा पढौ

देशभर एकै दिन ७४४८ मा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाण्डौं । सोमबार देशभर अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् । आज एकै दिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार ४ सय नाघ्यो

पोखरा । सोमबार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको १९ हजार ४ सय नाघेको छ । पछिलो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशभर कोरोना भाइरस संक्रमण हुनेको संख्या १९ हजार ४२४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार सोमबार प्रदेशमा कास्कीका ४६, बाग्लुङका ७१, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३९, गोरखाका २१, स्याङ्जाका १४, पर्वतका ५, मनाङका ३, तनहुँ र लमजुङका दुई–दुई जनामा संक्रमण पुष्टि भएको छ । कास्कीमा पुष्टि भएका… पुरा पढौ

विद्यालय भवन पुनर्निर्माण ९० प्रतिशत सम्पन्न

लमजुङ। गोरखा भूकम्प गएको छ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ वटा विद्यालयमध्ये १०६ वटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ वटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-२०७७ मा २२ वटा, आ.व.२०७५-७६ ६८ वटा, आ.व. २०७४-७५ मा आठ… पुरा पढौ

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुुरुप आफूूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा, १०० को उपधारा, ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु… पुरा पढौ

४१ जिल्लामा निषेधाज्ञा आदेश जारी

काठमाडौँ। सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा आज रातिदेखि आदेश कार्यान्वयनमा जाँदै छ भने केही जिल्लामा मङ्गलबारबाट लागू हुनेछ । अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको मन्त्रालयले… पुरा पढौ

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ । गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ… पुरा पढौ