समाचार

लुम्बिनी प्रदेशको घटना अलोकतान्त्रिक : सभापति देउवा

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको छ । साथै जनाएका छन् । उनले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोप समेत लगाएका छन् । सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाए । नेपालको संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघिबढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई… पुरा पढौ

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पुरा पढौ

कास्कीका ३६८ सहित ५७६ जनामा कोरोना भाइरस संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा कास्कीका ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ३६८ जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले जनाए अनुसार सोही अवधीमा कास्की सहित प्रदेशभर ५७६ जना कोरोना भाइरस संक्रमित भएका छन् । एक हजार १९० जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमित हुनेमा स्याङ्जाका १०४, म्याग्दीका २३, नवलपुर वर्दघाट सुस्ता पूर्वका २९, तनहुँका १४, मुस्ताङका १३, पर्वतका… पुरा पढौ

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

काठमाडौँ। बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाइंले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको… पुरा पढौ

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पोखरेलले आज बिहानमात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पुरा पढौ

लुम्बिनीमा राजनीतिक रस्साकस्सी : वलीले माओवादी रोजेपछि पोखरेललाई बहुमत नपुग्ने

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री (वली) ले नेकपा (माओवादी केन्द्र)लाई रोजेपछि मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा प्रदेश सभामा बहुमत नपुग्ने भएको छ । वली तत्कालिन नेकपाबाट उपनिर्वाचनमा दाङ ३ ख बाट निर्वाचित भएकी थिइन् । प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको निधनपछि रिक्त रहेको सो पदमा उनकै श्रीमती विमला वलीले निर्वाचन जितेकी थिइन् । प्रदेशसभा सांसद विमला वली उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिईन । उनले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । नेकपा दुबै पार्टी मिलेर… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा रहेका एक सहित ८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । संक्रमणबाट ज्यान गुमाउने मध्य कास्कीका मात्रै ५ जना छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा–१६ का ७७ वर्षिय… पुरा पढौ

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । बैशाख भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ… पुरा पढौ

वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा

वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो । वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए । गए राति १२ बजेदेखि लागू हुने गरी यही वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो घोषणा गरिएको हो । वालिङस्थित… पुरा पढौ

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ। कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियान्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा शुरु गरिएको हो । यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही,… पुरा पढौ