समाचार

अक्सिजन उत्पादन शुरु

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक… पुरा पढौ

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

तनहुँ। व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिए । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए ।… पुरा पढौ

४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

स्पेश–एक्स ड्रागनमार्फत् ४ जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा सकुशल फर्किएका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जल क्षेत्रमा अवतरण गरेका छन्। ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए। उनीहरु जल क्षेत्रमा अवतरण गर्नासाथ डुंगामार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो। नासाले सबै ४ अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ। फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु सकुशल अवतरण गरेका थिए। उनीहरुलाई अन्तर्राष्ट्रिय… पुरा पढौ

नेपाल सुपर लिग : ललितपुर र पोखराले गोलरहित बराबरी खेल्यो

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्यो। खेल बराबरीमा सकिएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्। बराबरी खेलेपछि पोखराले ४ खेलबाट ५ अंक जोडेको छ। पोखरा लिगको तेस्रो स्थानमा छ। त्यस्तै, ललितपुर ४ खेलबाट ३ अंक जोडेर छैटौँ स्थानमा छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन। मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो। मध्यान्तरपछिको खेलमा भने ललितपुर पोखरामाथि हावी बनेको थियो । दुवै टोली गोल… पुरा पढौ

भरतपोखरीमा नाचेर पानी माग्दै सामूहिक पूजा

लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा समूहिक पूजा गरिएको छ । स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी गा.वि.स.का वडा नं ५ र ६ मा पर्ने चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी सचिव सीता केसी महतले जानकारी दिइन्। परापूर्व कालदेखि लामो समय खडेरी परेमा यहाँका यी शक्तिपीठहरूमा सामूहिक पूजाआजा, भजनकीर्तन सहित पानी माग्ने प्रचलन रहेको उनले बताइन्। पूजाआजा सहित पानी मागेका… पुरा पढौ

तनहुँको कारागारमा कैदीबन्दी भेटघाट बन्द

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ। कारागार प्रशासनले गत वर्ष पनि कोरोना संक्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो। कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्ण रूपमा बन्द गरिएको तनहुँ कारागारले जनाएको छ। पुरा पढौ

आज मध्यरातिदेखि आन्तरिक हवाई उडान पनि बन्द हुँदै

आज (सोमबार) मध्यरातिदेखि आन्तरिकतर्फका सबै हवाई उडान पनि बन्द हुँदै छ। हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आज वैशाख २० (सोमबार) राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशन समितिले समेत आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। यस्तै मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ। पुरा पढौ

कृषिमन्त्री पद्मा अर्याल गण्डकी प्रदेश कोरोना नियन्त्रण समन्वय समितिको संयोजक

कृषिमन्त्री पद्मा अर्याल कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशको संयोजकमा चुनिएकी छन्। संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेशको संयोजकमा कृषिमन्त्री अर्याललाई तोकेको हो। संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने सामग्री लगायतका सहयोगका लागि संघीय सरकारले संयोजक तोकेको हो। बैठकले प्रदेश १ को संयोजकमा भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङफेलाई… पुरा पढौ

विश्व प्रेस स्वतन्त्रता दिवस

आज मे महिनाको ३ तारिक अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस। हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइदै आएको छ। त्यस्तै, संचारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा वहस पैरवी गर्दै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झनासहित र सम्मान गर्दै यो दिवस मनाइन्छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ। युनेस्कोको आयोजनामा अफ्रिकी… पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा वैशाख मसान्तसम्म लम्बाउने प्रशासनको निर्णय (विज्ञप्ती सहित)

पोखरा । कास्कीमा जारी निषेधाज्ञा थप कडाई गर्दै वैशाख मसान्तसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबार बसेको बैठकले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको फैलावट रोकथाम तथा नियन्त्रणका लागी भन्दै यस्तो निर्णय गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आइतबार बसेको बैठकले जारी निषेधाज्ञालाई बैशाख ३१ गते राती १२ बजेसम्मलाई कास्की जिल्लाभर कडाई गरिने निर्णय गरेको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रशासनले सो अवधीमा… पुरा पढौ