समाचार

दुई कोरोना सङ्क्रमितको मृत्यु

गण्डकी। गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको हिजो राति १२ः४५ बजे मणिपाल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२३ पुगेको छ । (रासस) पुरा पढौ

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा… पुरा पढौ

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको अवस्था छ”, पत्रमा भनिएको छ, “त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी… पुरा पढौ

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ। पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो। अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन… पुरा पढौ

निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौँ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैँक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ । जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट… पुरा पढौ

बैंकहरूको नाफा पौने एकाउन्न अर्ब

कोरोना महामारीमा वाणिज्य बैंकहरूको नाफा घट्ने अनुमान विपरीत झनै बढेको छ। चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा २७ वाणिज्य बैंकहरूले पौने ५१ अर्ब रूपैयाँ नाफा गरेका छन्। कोरोना महामारीका कारण अघिल्लो वर्ष बैंकहरूको नाफा घटेकाले यो वर्ष पनि घट्न सक्ने अनुमान थियो। गत वर्ष सोही अवधिमा ती बैंकहरूले करिब ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा गरेका थिए। बैंकरहरूले गत आर्थिक वर्षको तुलनामा अहिले नाफा वृद्धि हुनुमा कोरोनाबाट अनुभव लिएर काम गर्नुलाई लिएका छन्। यस अवधिमा २१ बैंकले नाफा… पुरा पढौ

आजदेखि निषेधाज्ञामा थप कडाइ

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आज (शुक्रबार)देखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ। अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले बताएका छन्। केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ। प्राप्त विवरणअनुसार… पुरा पढौ

‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ को नारासहित ‘तपाईंको मास्क खोइ ?’

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै जाँदा कतै तपाइँहरु मास्क नलगाई हिँड्नुभएको त छैन ? तोकिएको स्वास्थ्य मापदण्ड उलंघन गर्नुभएको त छैन ? सचेत रहनुहोस, मास्क नलगाई हिँड्दा, तोकेको स्वास्थ्य मापदण्ड नअपनाउँदा कतै तपाइँ पनि प्रहरीको होल्डिङ सेन्टरमा बस्नु पर्ने हुन्छ। संक्रामक रोग ऐन अन्तर्गतको कारवाही तथा सँजायमा पर्न सक्नुहुन्छ। बिहीबार मात्रै देशभरबाट मास्क नलगाई हिँड्ने ५८ हजार भन्दा बढीलाई होल्डिङ सेन्टरमा राखेर छाडिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५८ हजार १ सय ५२… पुरा पढौ

फुटबलका ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन्। इराकसँग मेत्रीपूर्ण खेल खेल्न प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जनाएको छ। विश्वकप छनोट खेलको तयारी गरि रहेको नेपालले इराकसँग खेल्न लागेको हो। नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन्। इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल आगामी जेठ १५ (मे २९) मा हुने एन्फाले जनाएको छ। नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ। पुरा पढौ

सांसद अनुपस्थित भएकोप्रति कास्की कांग्रेसको गम्भीर ध्यानाकर्षण

पोखरा । नेपाली कांग्रेस कास्कीले बुधबार प्रदेशसभामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराइएको आरोप लगाएको छ । बुधबार प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको समयमा सांसद अनुपस्थित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको कास्की कांग्रेस सभापति कृष्णबहादु केसीले बताएका छन् । केसीले बिहीबार विज्ञप्ती जारी गर्दै सांसदलाई वदनियतपूर्वक अनुपस्थित गराईएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको बताएका हुन् । उनले अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि हठात्मा संसद… पुरा पढौ