समाचार

विनाजानकारी पत्रकार महासङ्घको भवनमा डोजर

डडेल्धुरा । नेपाल पत्रकार महासङ्घ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पु¥याएको छ । महासंघलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पु¥याइएको घटनाप्रति महासङ्घले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासङ्घका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् । महासङ्घले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण… पुरा पढौ

पूर्वमहारानी कोमल आइसीयूमा

काठमाण्डौं । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ । उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य… पुरा पढौ

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाख नजिक

ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका ती नागरिकको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाख नजिक पुगेको छ । प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप… पुरा पढौ

संसदीय काम स्वभाविक प्रकारले सञ्चालन गर्न जनमोर्चाको आग्रह

राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ । सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएकामा त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा भए पनि पार्टीलाई त्यसबारे… पुरा पढौ

तनहुँमा स्कुटर दुर्घटना २ को मृत्यु

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु… पुरा पढौ

चन्द्रागिरिले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने

काठमाण्डौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार बसेको नगरस्तरीय सुरक्षा समितिको बैठकले काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ र १४ गते निर्णयलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । यस्तै सम्पूर्ण नगरबासीलाई मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर… पुरा पढौ

उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाण्डौं । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गरिएको छ । आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन,… पुरा पढौ

निषेधज्ञाका कारण पोखरा स्पोर्टस अवार्ड स्थगित

पोखरा । पोखरा स्पोर्टस अवार्ड निषेधज्ञाका कारण स्थगित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २० गतेका लागि तय भएको अवार्ड कास्की सहित विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण स्थगित भएको मञ्चले विज्ञप्ती मार्फत जनाएको छ । मञ्चले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न ७ विधामा अवार्ड वितरणको तयारीलाई अन्तिम चरणमा पुर्याएको भएपनि विश्वभर फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको चेन ब्रेकका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण पूर्व निर्धारित कार्यक्रमलाई हाललाई स्थगित गरिएको मञ्चद्वारा जारी… पुरा पढौ

धारापानीमा स्कुटर दुर्घटना:दुवै जनाको मृत्यु

दमौली। तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको… पुरा पढौ

टी–२० नयाँ बरियताको ब्याटिङमा ३ नेपाली खेलाडी

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको नयाँ टी–२० को ब्याटिङ बरियतामा नेपालका ३ खेलाडी समावेश छन्। जसमा कुशल भुर्तेल, पारस खड्का र ज्ञानेन्द्र मल्ल छन्। नयाँ बरियतामा त्रिकोणात्मक टी –२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल ६१ औं स्थानमा छन्। यस्तै पारस खड्का ८८ औं स्थानमा छन् भने कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन्। कुशलको ४ सय ४२ रेटिङ गरेको छ। यस्तै पारस खड्काको ३ सय ६२ तथा ज्ञानेन्द्र मल्लको ३ सय ५७ रेटिङ छ। बलिङमा सन्दिप लामिछानेको बरियता… पुरा पढौ