समाचार

गण्डकी प्रदेशसभाको बैठक आज बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज (बुधबार) बस्दैछ। विशेष अधिवेशनको बैठकमा मंगलबार सत्तारुढ नेकपा एमालेकै सांसदले विरोध जनाएपछि संसद् बैठक स्थगित भएको थियो। बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सबै सांसदहरुको कोरोना पीसीआर परीक्षण माग गरेपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए। पीसीआर परीक्षणको माग गर्दै सत्तारुढ सांसदहरुले बैठक अवरुद्ध पारेका हुन्। हिँजो (मंगलबार) नै गण्डकी प्रदेश सांसदहरूले पीसीआर परीक्षण गरेको श्रोतले बताएको छ। संसदीय कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले सांसदहरूको परीक्षण गर्ने निर्णय गरेको थियो। आजै पीसीआर परीक्षणको… पुरा पढौ

कास्कीमा आजदेखि निषेधाज्ञा

कोरोना संक्रमण फैलिएपछि आज (बुधबार)देखि कास्कीमा निषेधाज्ञा लागू गरिएको छ। कोरोना संक्रमण न्युनिकरणको लागि जिल्ला प्रशासन कार्यलय, कास्कीले आजदेखि एकसाता लामो निषेधाज्ञा आदेश जारी गरेको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले आज बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासन कार्यालयले सोमबार साँझ जारी गरेको सूचना अनुसार अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र हिँडडुल गर्नसमेत रोक लगाइएको छ। यस्तै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार संचालन गर्न,… पुरा पढौ

आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) बस्दै छ। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसीआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो। आज बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ। पुरा पढौ

आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्दै

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सर्वोच्च अदालतले आज (बुधबार)देखि सेवा प्रवाहमा कटौती गर्दैछ। कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि अदालतले सेवा कटौती गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतको मंगलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो। कोभिड–१९ को संक्रमण अवधिभर (वैशाख १५–३१ गतेसम्म) बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ… पुरा पढौ

सिद्ध माविमा ‘गङ्गारानी विप्लव अक्षयकोष’ स्थापना

पोखरा । सिद्ध मावि पोखरा १५ फलेपाटनमा गंगारानी विप्लव अक्षयकोष स्थापना गरिएको छ । पोखरा १५ फलेपाटन निवासी समाजसेवी राजेश भण्डारी र बिन्दु भण्डारीले आफ्नो स्वर्गीय छोरा विप्लव भण्डारीको वार्षिक पुण्यतिथिमा सिद्ध माविलाई रु. १ लाख ५ अक्षयकोषका निमित्त प्रदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको एकमात्र सामुदायिक विद्यालय सिद्ध माविमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय प्रशासन मात्र नभई वडा नम्बर १५ पनि लागी… पुरा पढौ

सत्तापक्षले नै संसद अबरुद्ध गरेपछि सांसद कोइरालाले भने : ‘कठैबरा हाम्रो लोकतन्त्र’

कार्य व्यवस्था परामर्श समितिले गरेको निर्णय विपरित संसद अबरुद्ध गरेकोप्रति सांसद दीपक कोइरालाले आपत्ति जनाएका छन् । नेकपा माओवादीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कोइरालाले मन्त्री र दलका प्रतिनिधिको सहभागितामा कार्यव्यवस्था परामर्श समिति बैठकमा सर्वसम्मत कार्यसूची बनेपनि एमालेले कोभिडको बहानामा संसद अबरुद्ध गरेको भन्दै आपत्ति जनाएका हुन् । सत्तापक्षले त्योपनि कार्यव्यवस्था परामर्श समिति बैठकले सर्वसम्मत बनाएको कार्यसूची अनुसार बैठक चल्न नदिनू अचम्म भएको उनको टिप्पणी छ । उनले भनेका छन्,‘संसद सञ्चालन गर्न सजिलो होस् भनेर सभामुखको अध्यक्षतामा एउटा कार्य व्यवस्था… पुरा पढौ

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

काठमाडौँ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारवहनका रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।… पुरा पढौ

सत्तापक्षकै अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा(एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैैठक अझै सञ्चालन हुन सकेको छैन । बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताब… पुरा पढौ

भारतमा एक दिनमा तीन लाख २३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली। भारतमा गत २४ तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ७७१ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । यसरी भारतमा… पुरा पढौ

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

काठमाडौँ। गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै… पुरा पढौ