समाचार

आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण

पोखरा । आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको हो । उपाधि विजेता टोली संकटाका गोलरक्षक समेत रहेका राजुबावुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कूटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति थियो । राजुबाबुले… पुरा पढौ

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत अवस्थामा फेला

पोखरा । तनहुँमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा स्याङ्जा घर भई हाल तनहुँको ब्यास नगरपालिका–५ मोचाबारी डेरा गरी बस्दै आएका १८ वर्षीय रमेश बि.क. रहेका छन् । वि.क. गत शनिबार दिउँसो साढे १२ बजे पटेनी स्थित मादी नदीमा ग १ त ६१७० नं.को ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका थिए । सोही क्रममा मादी नदीमा पौडी खेल्न गएका उनी हराएर बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा सोमबार (आज) बिहान… पुरा पढौ

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव टेबुल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव टेबुल भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गरेका हुन् । गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २८ प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् । आफुविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन… पुरा पढौ

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग

नयाँ दिल्ली। दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन् “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’’ उनले भनेका छन् । यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक… पुरा पढौ

‘सरल, शालीन र सादगी जीवन मनमोहनका गुण’

काठमाडौँ। प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उपप्रधानमन्त्री एवं नेकपा एमाले का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जलि व्यक्त गरे । कोभिड–१९ को महामारीका कारण उनको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन।सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गरेका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताए । “सरल, शालीन र सादगी… पुरा पढौ

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

साओ पाउलो। ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २०५ जना सङ्क्रमित… पुरा पढौ

कोरोना नियन्त्रणका योजना कागजमै सीमित

म्याग्दी। कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउँछन् तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन । कालीपुलको नाकामा एक जना नेपाल… पुरा पढौ

व्यास नगरपालिकाले जित्यो तनहुँको राष्ट्रपति रनिङ शिल्ड

तनहुँको व्यास नगरपालिकाले जिल्लाको राष्ट्रपति रनिङ शिल्ड जितेको छ। जिल्लाको दमौलीमा सम्पन्न प्रतियोगितामा व्यासले १२ स्वर्ण, ९ रजत र ३ काँस्य गरी रनिङ शिल्ड जितेको हो। प्रतियोगितामा दमौलीकै सत्यवती मावि ६ स्वर्ण, ३ रजत र ३ काँस्य गरी १२ पदकसहित पहिलो बनेको छ। त्यस्तै, आँबुखैरेनीको मित्रता माविले ५ स्वर्ण, २ रजत र २ काँस्य जित्दै दोस्रो बनेको छ। शुक्लागण्डकीको पञ्चमुनीदेव माविले ३ स्वर्ण, २ रजत र १ काँस्य जित्दै तेस्रो बनेको छ। फाइनलमा सर्वाधिक पदक हात पारेको व्यास नगरपालिकालाई शिल्ड… पुरा पढौ

गण्डकी प्रदेश कोरोना नियन्त्रण उच्चसमितिको संयोजकमा डा.लोहनी र डा. शाह

कोरोना भाइरसको संक्रमण तीब्र फैलिएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि डा गुणराज लोहनी र डा प्रकाश शाहलाई गण्डकी प्रदेशको कोरोना नियन्त्रण उच्चस्तरिय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा उच्चस्तरीय समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा उच्च स्तरीय टोली गठन गरिएको जानकारी दिएका हुन्। समितिमा संयोजकको जिम्मेवारीमा हरेक प्रदेशमा २/२ जना खटाइएको छ। जसमध्ये गण्डकी प्रदेशका लागि डा गुणराज लोहनी र डा प्रकाश शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खटाएको… पुरा पढौ

नेपाल सुपर लिग: पहिलो खेलमै पोखरा थन्डर्सको हार

नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले पहिलो खेलमै हार खेपेको छ। आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग ०–२ गोलले पराजित बनेको हो। बुटवलका विदेशी खेलाडी अर्मान्डले खेलको ४२ औं मिनेटमा सुरुवाती गोल गरे। पहिलो हाफमा १–० गोलले अघि रहेको बुटवललाई पोखरा थन्डर्सले दोस्रो हाफमा आत्मघाती गोलको उपहार दिलायो। खेलको ७७ औं मिनेटमा पोखराका अजित भण्डारीले आफ्नै पोस्टमा बल छिराउँदा बुटवललाई फाइदा दोहोरो गोलले अगाडि बढायो। यसअघि दिनको पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई… पुरा पढौ