समाचार

१७९ विद्यालय भवन पुनःनिर्माण

गलकोट। बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । भूकम्प गएको छ वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अन्तिम रुप लिन थालेको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेका विद्यालय भवन ठडिएका छन् । बागलुङमा भूकम्पले भत्काएका करिब सबै विद्यालय पुनःनिर्माण भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका… पुरा पढौ

वैशाख १६ देखि भारतसँग जोडिएका सीमा नाका बन्द गरिदैँ

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्री परिषदले जनाएको हो। मन्त्रि परिषदको यस निर्णयबाट भारतमा रोजगारीमा गएकाहरु प्रभावित बन्नेछन्। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु अहिले स्वदेश फर्कन थालेका छन्। पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा… पुरा पढौ

पहाडी जिल्लामा पनि निषेधाज्ञा !

कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २ सय नाघे पहाडी जिल्लामा समेत निषेधाज्ञा जारी हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सक्रिय संक्रमितको संख्या २ सय नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको हो। पहाडी जिल्लामा सक्रिय संक्रमित संख्या २ सय नाघे सम्बन्धित जिल्लाको स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय)ले निषेधाज्ञा जारी गर्न सक्नेछ। पुरा पढौ

अत्यावश्यक बाहेकका राहदानी आजदेखि वितरण हुँदैन

अत्यावश्यक बाहेकका राहदानी आज (मंगलबार) देखि वितरण नहुने राहदानी विभागले जनाएको छ। विभागका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि विभागले हिँजो (सोमबार) सूचना जारी गर्दै आज (मंगलबार)देखि अत्यावश्यक बाहेकका राहदानी वितरण स्थगित गर्ने निर्णय गरेको हो। विभागले सोमबार जारी गरेको सूचनामा अत्यावश्यक सेवाहरु भने जारी राख्ने जानकारी दिएको छ। संक्रमित कर्मचारी अहिले होम आइसोलेसनमा रहेकाले कर्मचारी अभावमा सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको विभागको भनाई छ। पुरा पढौ

आन्तरिक हवाई उडान बन्द हुन्छ कि हुँदैन ? आजै निर्णय आउने

कोरोना महामारी बढेपनि आन्तरिक हवाई उडान बन्द हुन्छ कि हुँदैन ? आम नागरिकमा जिज्ञाशा र चासो छ। सरकारले आन्तरिक हवाई उडानलाई बन्द नगर्ने पक्षमा रहेको बुझिन्छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान बन्द नगर्ने निर्णय गरेको थियो। कोरोना महामारी बढेसँगै जिल्ला प्रशासन कार्यालय, कास्कीले भोली वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको अवस्था छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका… पुरा पढौ

कास्कीमा बुधबारदेखि एकसातासम्म निषेधाज्ञा आदेश जारी

कोरोना संक्रमण न्युनिकरणको लागि जिल्ला प्रशासन कार्यलय, कास्कीले बुधबारदेखि एकसाता लामो निषेधाज्ञा आदेश जारी गरेको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासन कार्यालयले सोमबार साँझ जारी गरेको सूचना अनुसार अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र हिँडडुल गर्नसमेत रोक लगाइएको छ। यस्तै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार संचालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस… पुरा पढौ

सिद्ध माविमा एक लाखको गंगारानी विप्लव अक्षयकोष स्थापना

पोखरा–१५, फलेपाटनस्थित सिद्ध माविमा १ लाख ५ रुपैयाँको गंगारानी विप्लव अक्षयकोष स्थापना गरिएको छ। फलेपाटनका समावसेवी राजेश भण्डारी र बिन्दु भण्डारीले आफ्नो स्वर्गीय छोरा विप्लव भण्डारीको वार्षिक पूण्यतिथिमा सिद्ध माविलाई अक्षयकोषका सो रकम प्रदान गरेका हुन्। प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको एकमात्र सामुदायिक सिद्ध माध्यामिक विद्यालयमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय प्रशासन मात्र नभई वडा नं १५ पनि लागी परेको उल्लेख गरे। समाजका सहयोगी एवं समाजसेवीहरुको सहयोगद्धारा… पुरा पढौ

गण्डकी प्रदेशमा १०१ जनामा कोरोना भाइरस पुष्टि, ४० कोरोनामुक्त

पोखरा । गण्डकी प्रदेशमा सोमबार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले सोमबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो ।निर्देशनालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कास्की सहितका सात जिल्लामा १०१ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ६९, नवलपरासी पूर्वका १२, तनहुँ, म्याग्दी र पर्वतका ५–५ जना, स्याङ्जका ३ र लमजुङका… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन कोरोना संक्रमणबाट ४ को मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा कास्कीका दुई सहित गण्डकी प्रदेशमा ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीका २, स्याङ्जा र म्याग्दीका एक–एक जनाको संक्रमणबाट मृत्यु भएको हो । पोखरा महानगरपालिका–२५ का ९१ वर्षिय वृद्धको सोमबार बिहान ५ः४९ बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ । यही बैशाख ११ गते कोरोना संक्रमित भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै सोही अस्पतालमा उपचाररत पोखरा–१ की ५५ वर्षिया महिलाको सोमबार… पुरा पढौ

अपाङ्गता भएका व्यक्तिलाई कुखुराका चल्ला वितरण

पोखरा । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा विउ पुँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवम् गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलो पटक अति बिपन्न एवम् असक्त १५ परिवारलाई कूल ३०० वटा चल्ला वितरण गरिएको हो । सामाजिक विकास मन्त्रालयको रु.एक लाख ६० हजार आर्थिक सहयोगमा खुकुराको खोर सुधार, दाना सहित प्रत्येक परिवारलाई २०/२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा संघका केन्द्रीय… पुरा पढौ