समाचार

भारतको अवस्थाप्रति डब्लुएचओका चिन्ता

भारतमा लगातार दैनिक ३ लाखभन्दा बढी संक्रमित बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का संगठन प्रमुख डा. टेड्रोस गेब्रेयेससले चिन्ता जनाएका छन्। डब्लुएचओका संगठन प्रमुख गेब्रेयेससले स्थिति नियन्त्रणमा ल्याउन भारतमा रहेका २६ सय कोरोना एक्सपर्टलाई तत्कालै काममा लगाउने कार्य भइरहेको जानकारी दिएका छन्। ‘भारतको अवस्था डरलाग्दो छ, यसले हामीलाई समेत भयभीत बनाएको छ,’ डा. गेब्रेयेससले भनेका छन्, ‘भारतमा रहेका हाम्रा कोरोना एक्सपर्टलाई काममा लगाउने प्रक्रिया अगाडि बढाइएको छ ।’भारतलाई डब्लुएचओबाट चाहिने सबै सहयोग प्राप्त हुने उनले विश्वास दिलाएका छन्। ‘भारतलाई हामी सक्दो सहयोग… पुरा पढौ

बुर्किनाफासोमा ३ युरोपेली पत्रकारको हत्या

अफ्रिकी मुलुक बुर्किनाफासोमा आतंकवादीहरुले ३ जना युरोपेली पत्रकारको हत्या गरेको त्यहाँका अधिकारीहरुले बताएका छन्। हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एकजना आइरिस पत्रकार छन्। बुर्किनाफासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण गरिएको थियो। बुर्किना फासोका संचारमन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी ३ जना पत्रकारको हत्या भएको र १ जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताएका छन्। फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरु ६ जना घाइते भएका छन्। बुर्किना फासोका एक… पुरा पढौ

बेपत्ता सांसद शाहीको कोरोना रिपोर्ट दुई थरी कसरी ?

अविस्वास प्रस्ताव निर्णयार्थ पेस हुने बेला एक्कासी गायब भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चरक अस्पतालको आईसियूमा भेटिएका छन् । शाही अनुपस्थित भएपछि उनकै पार्टी जनमोर्चाले खोजी गरिदिन माग गर्दै संसद सचिवालय निवेदन दिएको थियो । निवेदनमा सांसद शाही नभेटिएसम्म संसद बैठक स्थगित गर्न माग गरिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे । संसद बैठक चलिरहँदा शाही गायब भएपछि अनेकथरी आशंका भए । कसैले उनलाई सत्तापक्षले अपहरण गरेको आशंका गरे भने कसैले प्रलोभनमा परेर… पुरा पढौ

सांसद नै गायब भएपछि अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक गायब भएपछि पूर्व निर्धारित कार्यतालिका अनुसार बुधबार अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन । विहानसम्म सम्पर्कमा रहेका सांसद शाही बैठक शुरु हुनुभन्दा केहिबेर पहिलेदेखि सम्पर्कविहीन् भएपछि उनको खोजीका लागि संसद बैठक नै स्थगित गरिएको हो । कार्यसूची अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने र त्यसमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिने कार्यसूची तय थियो । कार्यसूची अनुसार बैठक चलिरहँदा जनमोर्चाका सांसद शाही र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ… पुरा पढौ

मुख्यमन्त्री गुरुङको सरकार जोगिने संकेत, सांसद मनाङे र जनमोर्चाका सांसद शाही गायब

पोखरा । गण्डकी प्रदेशसभाको जारी वैठकमा दुई सांसद अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही रहेका छन् । मतदानका बेलासम्म उनीहरु उपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने संकेत देखिएको छ । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदैछ । मतदानका लागि केही समयमात्रै बाँकी रहँदा मनाङे र शाहीले फोन पनि स्वीचअफ गरेर बेपत्ता भएपछि कांग्रेस र माओवादीका सांसदहरु सशंकित बनेका छन् । कांग्रेस र माओवादीलगायतका दलहरुले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावका दर्ता गराएका थिए… पुरा पढौ

साढे ५ के.जी.गाँजासहित तालचोकका एक युवक पक्राउ

पोखरा । पोखरामा साढे ५ के.जी. गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा म.न.पा.वडा नं.२७ तालचोकका २० वर्षीय रोशन गुरुङ रहेका छन् । बुधबार बिहान साढे १० बजे गुरुङलाई ईलाका प्रहरी कार्यालय, डाँडाकोनाक कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । गुरुङ भण्डारढिकबाट तालचोक तर्फ मोटरसाइकलमा आउँदै थिए । मोटरसाइकल चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट लागूऔषध गाँजा ५ के.जी. ५ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धानको… पुरा पढौ

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल जारी, आजै मतदान हुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज मतदान हुने भएको छ । सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको आज जारी बैठकमा सांसदहरुले अविश्वास प्रस्तावको पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखिरहेका छन् । सांसदहरुले धारणा राखिसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने कार्यसूची रहेको छ । मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी प्रदेशमा जम्मा ६० जना सांसद रहेका छन् । जसमध्ये एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र… पुरा पढौ

बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

ढाका। बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन्। उनले बुधबार भनेका छन् बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भने हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको… पुरा पढौ

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय कारोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो । “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको… पुरा पढौ

कोभिड त्रासले पर्वतका सबै विद्यालय बन्द

पर्वत। कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसीसिएमसीको समन्वयमा पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण देखिएको र छिमेकी नगरका विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको लक्षण देखिएकाले नगरपालिकाले वैशाख १७ गतेसम्म नगरअन्तर्गतका… पुरा पढौ