समाचार

युनाईटेड क्लवद्वारा वैदाममा पर्यटकीय क्षेत्रको पहिचान गराउने होडिङ वोर्ड स्थापना

पोखरा । युनाईटेड क्लवको साताब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन पर्यटकीय क्षेत्र लेकसाइडको वैदाममा पोखराको पर्यटन क्षेत्रको पहिचान झल्किने होडिङ वोर्ड राखिएको छ । पोखराको पर्यटकीय क्षेत्रहरुलाई समावेश गरेर तयार गरिएको उक्त वोर्डको क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले उद्घाटन गरे । होडिङ वोर्डको उद्घाटन गर्दै संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखराको पोखरा आफैमा पर्यटकीय क्षेत्र भएतापनि पोखरा भित्र गुमनाम रहेका पर्यटकीय क्षेत्रहरुलाई समेत होडिङ वोर्ड मार्फत प्रचार प्रसार गर्नुपर्ने बताए । पोखरा महानगर भित्रका हरेक वडाहरुमा अझैपनि प्रचार प्रसार हुन बांकी रहेको… पुरा पढौ

बाराही सहकारीको भित्तेपात्रो विमोचन

पोखरा । पोखरा १७ स्थित बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित भित्तेपात्रो विमोचन गरेको छ । संस्थाका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकार बाबुराम बरालबाट संयुक्त रूपमा नयाँ बर्षको भित्तेपात्रो विमोचन गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष दिनबन्धु गौतमले स्वागत्, लेखा संयोजक प्रेमनारायण अधिकारी, निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गा बहादुर गुरूङ र सल्लाहकारहरू बाबुराम बराल,प्रकाश चन्द्र गुरूङ, गोबिन्द कुमार श्रेष्ठ, मुकुन्द राज अर्याल र संचालक… पुरा पढौ

टेबल टेनिसका ‘विन्दास’ विनेश

पोखरा । टेबल टेनिस खेलाडी विनेश खनियाँ (२७) नेपाल प्रहरीमा आबद्ध छन् । गत वर्ष १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा उनले टिम इभेन्टमा रजत र मेन्स डबल्सतर्फ कास्य पदक जित्न सफल भएका थिए । साथै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गोल्डसहित ३ पदकधारी उनै विनेश नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६÷७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधाको मनोनयनमा परेका छन् । आफू मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै नवीनले अहिलेसम्म खेले पनि त्यस्तो अवसर प्राप्त… पुरा पढौ

कुस्माका बिदुर लागूऔषधसहित पोखरामा पक्राउ

पोखरा । पोखराबाट १४८ एम्पुल लागूऔषधसहित कुस्माका २२ वर्षिय बिदुर नेपाली पक्राउ परेका छन् । पर्वतको कुस्मा नगरपालिका–१३ सिस्नेपानी बस्दै आएका नेपालीलाई प्रहरीले चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । भैरहवाबाट पोखरा आइरहेका नेपालीलाई पोखरा–३० पावरहाउस नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीको साथबाट प्रहरीले डाईजापान– ५० एम्पुल, फेनेरागन– ४८ एम्पुल, नुर्फिन– ५० एम्पुल गरी जम्मा १४८ एम्पुल र मोबाईल १… पुरा पढौ

पोखरामा पहिलोपटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुँदै

पोखरा । पोखरामा पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । भाषा संघ नेपालको आयोजनामा बैशाख दोस्रो साता प्रतियोगिता हुन लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । जापानी भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुमा जापानी भाषा तथा सांस्कृतिक ज्ञानको विकासका लागि बैशाख ९ गते प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिए । पोखराका विभिन्न भाषा स्कुलहरुमा अध्ययनरत १९ जना विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संस्थाका महासचिव मोतिप्रसाद श्रेष्ठले बताए… पुरा पढौ

योगमय बन्दै म्याग्दी:बजारदेखि गाउँगाउँसम्म योग

गलेश्वर। कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास शुरु गरेपछि योग सिक्नका लागि म्याग्देलीहरुको आकर्षण बढ्दै गएको हो । सदरमुकाम बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि यहाँ योग गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन… पुरा पढौ

भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” एक सरकारी उच्च अधिकारीले आइतबार भने । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख… पुरा पढौ

तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ। तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ छ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरेका थिए । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । सो अवसरमा २३ मत बदर भएको थियो । अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो ।… पुरा पढौ

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाण्डौं । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि… पुरा पढौ

नवलपुरमा यात्रुबाहक बस दुर्घटना, ३१ घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आज साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई सडकबाट तल खसेको हो । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नंको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय,… पुरा पढौ