समाचार

आदर्श नेपालको रक्तदानमा ४८ युनिट रगत संकलन

पोखरा । ‘बि अ हिरो, गिभ ब्लड’ भन्ने नाराका साथ नव वर्ष २०७८ को अवसरमा आदर्श नेपाल राष्ट्रिय दैनिकको आयोजनामा बिहिबार पोखरामा भएको खुल्ला रक्तादान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननिय सांसद विन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै सञ्चार क्षेत्रले सामाजिक क्षेत्रमा गर्ने यस्ता कार्यहरुले अन्य संघसंस्थाहरुलाई पनि उत्प्रेरणा मिल्ने बताए । नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेण्ट कलेज अन्तर्गतको एन्ट्रप्रेनियर क्लवको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले अहिले रगतको अभाव भइरहेका बेला आयोजित… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वास प्रस्ताव दर्ता गर्दा नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने व्यवस्था बमोजिम मुख्यमन्त्री पदका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदहरुले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङद्वारा प्रदेशसभा अधिवेशन अन्त्यआफूविरुद्ध अविश्वासको… पुरा पढौ

भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक… पुरा पढौ

बागलुङका ३० वनमा आगलागी

गलकोट। गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ३० सामुदायिक वनको ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहितमा आगलागी भएको सो कार्यालयका सहायक वनअधिकृत मदन कँडेलले जानकारी दिए। लामो समयको खडेरी र मानवीय लापरवाहीका कारण… पुरा पढौ

शैक्षिक उन्नयनमा हिमालयन र वाराहीसँगै कुमुदिनीको सहयात्रा

पोखराको गैरापाटनस्थित कुमुदिनी होम्स निजी विद्यालय भएरपनि सामुदायिक विद्यालयहरुको शैक्षिक उन्नयन तथा भौतिक संरचना निर्माणमा सारथी बन्दै आएको छ। केही वर्ष अघिदेखि कुमुदिनी होम्सले कास्कीको पुरुञ्चौरस्थित लप्सीटाकुराको हिमालयन प्रावि र खादर्जुङस्थित वाराही प्राविको भौतिक संरचना निर्माण र ति विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरुको शैक्षिक उन्नयनमा सहयोग गर्दै आएको छ। विद्यालयको कक्षा कोठा तथा शौचालयको निर्माण र फर्निचरका सामग्री, विद्यालय पोशाक, शैक्षिक सामाग्री, दिवा खाजाका लागि होम्सले सहयोग गर्दै आएको हो। त्यतिमात्र होइन, कुमुदिनीले ति विद्यालयहरुमा अध्ययनरत् गरिब तथा जेहेन्दार विद्यार्थी र अभिभावकहरुका… पुरा पढौ

खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु

लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुई जना… पुरा पढौ

त्रिभुवन आर्मी क्लब एएफसीको छनोट चरणबाटै बाहिरियो, बैंगलुरुसँग ५–० ले पराजित

त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ। गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बैंगलुरु एफसीसँग ५–० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो। अब बैंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्ले–अफ फाइनल खेल्नेछ। आर्मीले घरेलु मैदानमा भएको पहिलो चरणमा श्रीलका पुलिसलाई ५–१ ले पराजित गरेको थियो। तर, गोवामा आर्मीको प्रदर्शन उस्तै भएन। नियमित कप्तान भरत खवास, गोलकीपर विकेश कुथु र जर्ज प्रिन्स कार्कीबिनै भारत पुगेको आर्मीले… पुरा पढौ

म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित बनेको छ। वि.सं. २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो। रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक महिनादेखि न्यायाधीशविहीन बनेको हो। रेग्मीको ठाउँमा सर्वोच्चले जनकपुर जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेललाई म्याग्दीमा सरुवा गरेको थियो। मुद्दाको सुनुवाइ, फैसला, मिलापत्रलगायतका सेवा रोकिएको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भेषराज पौडेलले बताए। ‘मुद्दाको पुनरावेदन गर्ने अधिकार स्रेस्तेदारलाई भएपनि पुनःविचार गर्ने अधिकार… पुरा पढौ

साँघुमुखमा उज्यालो बजार अभियान सुरु

नव नर्ष २०७८ को अवसरमा पोखराको महेन्द्रपुलस्थित साँघुमुख टोल समितिले उज्यालो बजार अभियान सुरु गरेको छ। पोखराको ऐतिहासिक बजार साँघुमुख हालको महेन्द्रपुल बजारलाई वातावरणमैत्री, सफा हराभरा भन्ने उद्देश्यका साथ एक समिति गठन गरिएको छ। समितिको संयोजत्वमा दिपक राज छन्। सदस्यहरुमा जगत तामाङ, गोपाल शर्मा, रोशन महर्जन, भरत महर्जन, कुमार गुहारचन छन्। समितिमार्फत पहिलो चरणमा साँघुमुख पोखरा–९ क्षेत्रमा गमलासहितको बिरुवा शुरुवात गरिएको छ। सो को सुरुवात गर्दै पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछानेले महानगरको अभियानमा टोल संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको… पुरा पढौ

अधिकृत विक्रेता संघको शुभकामना आदान-प्रदान

नयाँ वर्ष २०७८ सालको अवसरमा अधिृकत विक्रेता संघ (ड्याप) पोखराले शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गरेको छ। भित्तेपात्रो विमोचन गर्दै संस्थाका अध्यक्ष हरिराज पन्तले उद्योगी व्यवसायीलाई २०७७ सालको जत्तिको पीडा २०७८ सालमा नहोस् भन्ने कामना गरे। कोरोना भाइरस संक्रमण फैलिदाें रुपमा रहेकाले सतर्कता अपनाउन उनको आग्रह थियो। संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले कोरोना कहरले थिलोथिलो व्यवसाय विस्तारै गति लिंदै गर्दा पुनः थिलोथिलो हुने अवस्था आएको बताए। सल्लाहकार ऋषि सापकोटाले उद्योगी व्यवसायीलाई जति पीडा भएपनि राज्यले वेवास्ता गरेको आरोप लगाए।… पुरा पढौ