समाचार

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित मेरियट होटलमा भएको वार्ताका विषयमा दुबै पक्षबाट कुनै जानकारी दिइएको छैन । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्त्वका साथ हेरिएको छ । पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको स्रोतले जानकारी दियो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात दबैपक्षबीच संवाद हुन सकेको थिएन ।… पुरा पढौ

पावर लिफ्टिङका खेलाडी सम्मानित

पोखरा । रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ र सर्मिला साहलाई सम्मानपत्र र खादासहित सम्मान गरिएको हो । रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्षदेखि शारीरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरी प्रतियोगितामा पठाइरहेको छ । ‘कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउँदा निकै खुसी लागेको छ’, स्पोर्टस् सेन्टरका संचालक जितेश प्रधानले भने,… पुरा पढौ

राष्ट्रपति बनेको भोलीपल्टै इद्रिस डिबेको मृत्यु

अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डिबेको गोली हानी मृत्यु भएको छ। इस्लामिक लडाकुसँग भइरहेको लडाइँमा सोमबार सेनासँगै पुगेका उनको विद्रोहीका गोली लागेर ज्यान गएको हो। विद्रोहीको गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। विद्रोहीसँगको लडाइँमा सेनालाई साथ दिन राष्ट्रपति डिबे हिजो राजधानी एन जामेनाको सयौं किलोमिटर उत्तरमा फ्रन्ट लाइनमा गएका थिए। आफूलाई फ्याक्ट–चाडमा परिवर्तन र समन्वयको लागि मोर्चा भन्ने समूहका विद्रोहीहरूसँग लडाइँ गर्न उनी त्यहाँ पुगेका बिबिसीले जनाएको छ। राष्ट्रपति डिबेले युद्धको मैदानमा सार्वभौम राष्ट्रको… पुरा पढौ

त्रिदेशीय शृंखला: नेपाल पराजित

त्रिदेशीय शृंखलामा नेदरल्याण्डले नेपाललाई पराजित गरेको छ। उसले नेपाललाई ३ विकेटले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो। सन्दीप लामिछानेले गरेको १८ औँ ओभर नेदरल्याण्डका लागि टर्निङ प्वाइन्ट बन्यो। सन्दीपको एकै ओभरमा पिटर सिलरले ३ छक्का हिर्काएका थिए। नेदरल्याण्डको जितका लागि बास डी लिड नायक बने। उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै सर्वाधिक ८१ रन बनाए। बेन कुपरले ५५ र सिलरले ३१ रनको योगदान दिए। नेपालका लागि सन्दीप… पुरा पढौ

विश्वमा कोरोनाको संक्रमण बढ्दो, सात दिनमै ५२ लाखभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्लो दिन बढ्दो छ। सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ। नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २५७ पुगेको छ। जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३ सय ५३ पुगेको छ। पुरा पढौ

कास्कीमा भेटियो २३ जना कोरोना संक्रमित

कास्कीमा २३ जना कोरोना संक्रमित भेटिएका छन्। मंगलबार मात्रै कास्कीमा कोरोना संक्रमितको यो संख्या देखिएको हो। पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रा.लि.मा परीक्षणबाट कोरोना संक्रमित पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा ३२ कोरोना संक्रमित थपिएका छन्। कास्कीमा २३ जनासंगै गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो। संक्रमितमध्ये लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा २७ जना र मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी (सुस्ता पूर्व)का ५ जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्याक्रमका प्रवक्ता डा. विनोद… पुरा पढौ

कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो । उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल… पुरा पढौ

जेसीआई पोखरा लेडीको शुभकामना, भित्तेपात्रो विमेचन

पोखरा । जेसीआई पोखरा लेडीले सोमबार नयाँवर्ष २०७८ सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचन तथा पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई एक कार्यक्रमको अवसरमा सम्मान गरेको छ। पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथि विमला भण्डारीले भित्तेपात्रो विमोचन गरि कार्यक्रमको उद्घाटन गरेकी थिइन्। विकाश र परिवर्तनका लागि सक्षम नेतृत्व भन्ने मूल नाराका साथ स्थापित भएको जेसीआई पोखरा लेडीले नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई दोसल्ला, टिका र सम्मान पत्रले सम्मान गरेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले अवसरका आधारमा… पुरा पढौ

कोरोना सङ्क्रमणबाट गोरखामा एकजनाको मृत्यु

पोखरा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भने, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।… पुरा पढौ

क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने, परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई पठनपाठनको विधि आफैं रोज्न दिएको छ । सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि विश्वविद्यालयले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धित क्याम्पसलाई नै गर्न दिने निर्णय गरेको छ । क्याम्पसले संक्रमितको अवस्था हेरी वैकल्पिक माध्यमबाट वा भौतिक उपस्थितिमा प्रत्यक्ष कक्षामा पठनपाठन गराउने भन्ने विषय रोजेर पठनपाठन गराउन पाउने त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए । त्यही अनुसार क्याम्पसहरुले विभिन्न तहका कक्षाहरु अनलाइनबाट… पुरा पढौ