समाचार

तनहुँमा हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति

तनहुँ । शनिबार साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो । हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा… पुरा पढौ

सिसीएमसी बैठक : स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सुझाव पेश

काठमाण्डौं । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोनाको नयाँ प्रजाति रोकथाम, नियन्त्रण र उपचार गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी राय, सुझावसहित परिमार्जन गरेको छ । कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमण अलि भिन्न र छिटो फैलन सक्ने भएकाले रोकथामलाई कसरी व्यवस्थित र चुस्त तुल्याउने भन्ने सन्दर्भमा मन्त्रालयको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल गरी राय, सुझाव दिएको सचिव खगराज बरालले जानकारी दिए। उनले भने, “अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालनालाई बढी प्रभावकारी तुल्याउन आवश्यक छ, रोकथाम र नियन्त्रणका लागि जनचेतना… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पोखरा । शनिबार मध्यरातबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले मध्यरात बाट लागू हुने गरि पेट्रोल र डिजेल÷मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपाध्ययाका अनुसार एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै रहेको छ । यस्तै आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ… पुरा पढौ

मौजा विकास कोषको नवौं वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न

पोखरा । कास्कीको साविक मौजा गाविसमा शिक्षा र कृषिमा काम गर्दै आइरहेको मौजा विकास कोषको नवौं वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को साविकको मौजा गाविस अन्तर्गतका गाउहरुमा शिक्षा र कृषिको क्षेत्रमा काम गर्दै आइरहेको मौजा विकास कोषको नवौं वार्षिकोत्सव तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले गुरुङले मौजा बिकास कोषले साविकको मौजालाई मात्र नभइ आगामी दिनमा वडा नम्बर २० का… पुरा पढौ

छात्र भलिवलमा शान्त मावि छात्रा तर्फ भने जनप्रिय माविलाई उपाधि

पोखरा । पोखरा महानगरपालिका, १८ स्थित भकुण्डेमा आज (शनिबार) सम्पन्न भएको बिद्यालय स्तरीय छात्र तर्फको शान्त मावि र छात्रा तर्फ भने जनप्रिय माविले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा शान्त माविले कृष्तीको भविश्य निर्माण माविलाई ३—० को सोझो सेटमा पराजित गर्दै उपाधि सहित १८ हजार हात पारेको हो । उपविजेता भएको भविश्य निर्माण माविले १२ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्तै शान्त माविको भलिवल कोर्टमा भएको छात्रा तर्फको फाइनल खेलमा जनप्रिय माविले धार्दिङको… पुरा पढौ

एकै दिन पोखराका ९४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । शुक्रबार गण्डकी प्रदेशमा एकैदिन ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेमा कास्कीका सबैभन्दा धेरै ९४ जना छन् । त्यस्तै बाग्लुङका १०, स्याङ्जाका ५, तनहुँ र नवलपुर वर्दघाट सुस्ता पूर्वका ३–३, गोरखा, पर्वत र म्याग्दीका एक–एक जना छन् । कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका भएको निर्देशनालयद्वारा शुक्रबार अध्यावधिक विवरणमा उल्लेख छ । यो… पुरा पढौ

चितुवा नियन्त्रणका लागि पोखरी निर्माण

तनहुँ। चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले उक्त अभियानकै रुपमा अघि बढाइएको डिभिजन प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौँतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति… पुरा पढौ

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए । कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा… पुरा पढौ

हार्डवेयर पसलमा आगलागी

गलकोट। बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पछिल्लो… पुरा पढौ

सङ्क्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान अपिल

काठमाण्डौ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ । संक्रमणदर बढ्दै गएपछि मन्त्रालयलले कास्की सहित सङ्क्रमण अति प्रभावित १४ जिल्ला घोषणा गरेको हो । “ती जिल्लाका बढी… पुरा पढौ