समाचार

आयोजक शुक्लाण्डकी ‘ए’ फाइनलमा

आयोजक शुक्लागण्डकी ‘ए’ जारी गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरीय मेयरकप पुरुष भलिबलको फाइनल प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउँदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा तय गरेको हो। गाउँफर्कोदय माविको खेलमैदान ढोरफिर्दीमा घरेलु दर्शकको भरपुर साथ पाएको शुक्लागण्डकी ‘ए’ ले २५–१४, २५–२३, २२–२५, १६–२५ र १५–९ले घिरिङलाई हरायो। फाइनलमा शुक्लागण्डकी ‘ए’ बाग्लुङको गल्कोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबीचको विजेतासँग आमनेसामने हुनेछ। आइतबार विहान दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको… पुरा पढौ

मादीमा एकैदिन २ झोलुङ्गे पुल उद्घाटन

कास्की जिलाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन्। गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले उद्घाटन गरे। इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित बनेका छन्। पुलले वारपार गर्न सहज बनेको र समयको बचत भएको बताइन्छ । पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुङ्गे पुल… पुरा पढौ

आज फागु पूर्णिमा मनाइँदै, हिमाली तथा पहाडी जिल्लाहरुमा विदा

आज, फागुन शुक्ल पूर्णिमाको दिन अर्थात विशिष्ट रंगीन पर्व फागु पूर्णिमा। आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली फागु पर्व मनाइँदैछ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । नेपाल सरकारले आज (आइतबार) हिमाली तथा पहाडी जिल्लाहरुमा फागु पूर्णिमाको विदा दिएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज… पुरा पढौ

लेखनाथ पत्रकार मञ्चमा खनाल

लेखनाथ । लेखनाथ पत्रकार मञ्चको दोश्रो अधिवेशनले कविराज खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन सर्वसम्मत गरेको छ । मञ्चको उपाध्यक्षमा सुमन जि.सी., सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्षमा राजन परियार, सह–सचिवमा सचिन रानाभाट चयन भएका छन् । यस्तै सदस्यहरुमा महेन्द्र ढुङ्गाना, रामशरण नेपाली, ज्योति हमाल, कृष्णप्रसाद लामिछाने, विशाल वि.क., सुजित परियार र सञ्जय आचार्य र ऋषिराम रानाभाट रहेका छन् । त्यसैगरी परशुराम आचार्यको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । यस अघि उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका सचिव… पुरा पढौ

थ्री नेसन्स कप फुटबल : नेपाल र बंगलादेशबिच गोलरहित बराबरी

काठमाण्डौं ।नेपाल थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलकोे अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगिसकेको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो । यस्तै नेपाल जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ । नेपालले २ खेलमा २… पुरा पढौ

पोखराका सरोज लागूऔषधसहित कावासोतीबाट पक्राउ

पोखरा । पोखरा–२७ का सरोज बराल लागूऔषध सहित नवलपुर पूर्वबाट पक्राउ परेका छन् । शनिबार पश्चिमबाट पूर्व जाँदै गरेको बसमा प्रहरी चेकजाँचका क्रममा बराल कावासोतीबाट पक्राउ परेका हुन् । नवलपुर वर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका–१६ चालिस किलो जंगल अन्र्तगत पूर्व–पश्चिम राजमार्गमा चेकिङका क्रममा नुर्फिन २५ एम्पुल, फेनारगन २५ एम्पुल र डाईजापाम २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागूऔषध सहित पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पुरा पढौ

पोखराबाट एक केजी गाँजा सहित दुई पक्राउ

पोखरा । लागूऔषध सहित पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौंबाट पोखरातर्फ आउँदै गरेको माइर्कक्रोलाई चेकजाँच गर्ने क्रममा पोखरा–१४ छिनडाँडाका किसान परियार र राजेश परियारलाई लुकाई छिपाई राखेको अवस्थामा एक केजी गाँजासहित नियन्त्रणमा लिइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । शुक्रबार पोखरा–३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पुरा पढौ

मौजाको सेमी हाईअल्टिच्यूड खेल मैदानको शिलान्यास

पोखराको मौजामा निर्माण गर्न प्रस्तावित सेमी हाईअल्टिच्यूड रंगशालाको खेल मैदान सम्याउन शुरु भएको छ । पोखरा महानगरपालिकाको ४० लाखको लागतमा पोखरा महानगरपालिका वडा नम्बर २० मा निर्माण गर्न प्रस्तावित सेमी हाईअल्टिच्यूड रंगशालाको खेल मैदान सम्याउन शुरु गरिएको हो । रंगशालाको विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरेर सेमी हाईअल्टिच्यूड रंगशाला निर्माण गर्ने पक्का भएपछि खेल मैदान सम्याउन शुरु गरिएको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीमबहादुर गुरुङले जानकारी दिए । मैदान सम्याउने कार्यको शनिबार शिलान्यास गरिएको छ । मैदान सम्याउने… पुरा पढौ

महिला मानव अधिकार रक्षक कास्कीमा इन्द्रकुमारी शर्मा

पोखरा । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा इन्द्रकुमारी शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कास्कीको १३ औ साधारण सभा तथा नवौँ अधिवेशनले शर्माको नेतृत्वमा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा केशु भुजेल, सचिवमा शारदा खत्री, सहसचिवमा विना पुन र कोषाध्यक्षमा भिमा पौडेल सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सञ्जालको सदस्यहरुमा ज्ञानुसरा थापा, मिना थापा, सरस्वती कार्की, प्रमिला श्रेष्ठ, इन्दीरा तिवारी, मिना पाण्डे, मञ्जु नेपाली, नाजवुन निशाखान, शान्ति थाउबब मगर, पवित्रा गुरुङ, रविना श्रेष्ठ,क्षमता… पुरा पढौ

खुदी खोलामा मोटरेवल पुल पहल गर्छु : सांसद कोइराला

पोखरा । पोखरा महानगरपालिका वडानं ३० र ३२ जोडने सात मुहाने खुदी खोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले शनिबार स्थलगत अवलोकनसंगै दुवै वडाका जनप्रतिनिधि र स्थानीयहरु संगको छलफलपछि कोइरालाले सो कुरा बताएका हुन् । अर्थ तथा विकास समितिका सभापति समेत रहेका सांसद कोइरालाले महानगर, प्रदेश सरकार विच आफुले छलफल गरेर खुदी खोलामा पुल निर्माण जसरीपनि गर्ने प्रतिवद्धत्ता व्यक्त गरे । दुवै वडाका स्थानीयले राखेका भनाईहरु आ–आफ्नो ठाउँबाट ठिक देखिएपनि खुदी खोलामा… पुरा पढौ