समाचार

विद्युत् डिमाण्ड शुल्कमा छुट दिने निर्णयको होटल संघद्वारा स्वागत

पोखरा । होटल प्रतिष्ठानहरुलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने संघीय मन्त्रिपरिषद्को निर्णयलाई पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले विहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘होटल संघले गरेको बारम्बारको आग्रहमा होटल उद्योगहरुलाई २०७६ चैत्र ९ गतेदेखी २०७७ भाद्र मसान्त सम्मको विद्युत माग शुल्कमा शत प्रतिशत र २०७७ असोज १ गते देखी माघ मसान्त सम्मको माग शुल्कमा पचास प्रतिशत छुट दिने मन्त्रीपरिषदको निणर्यलाई स्वागत गर्दै नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।’ कोभिड– १९… पुरा पढौ

तनहुँमा मतदाता नामावली संकलन सुचारु, २० हजार २४ मतदाता थपिए

तनहुँमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुरु भएको छ। निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली संलन तथा अद्यावधिक कार्य तनहुँमा पुनः शुरु भएको हो। सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली संकलन स्थगन गरेको थियो। सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै आयोगले नामावली संकलनलाई अगाडि बढाएको हो। जिल्ला निर्वाचन अधिकारी महेश शर्माले चैत ५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक शुरु गरिएको जानकारी दिए। कार्यालयले नागरिकता बनाउन… पुरा पढौ

देशकै सर्वोत्कृष्ट नगरपालिका, वालिङ

स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट भई पुरस्कृत भएको छ। शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो। नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेका हुन्। सर्वोत्कृष्ट नगरपालिका घोषणा भएसँगै प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए। ‘वालिङ नगरपालिका… पुरा पढौ

भुर्जुङखोलादेखि घलेखर्क, सिक्लेससम्मका पैदलयात्री पर्यटनकर्मीहरु तारा हिलटप पुगे

भुर्जुङखोलादेखि सिक्लेसम्मको पैदलमार्गको प्रबद्र्धन गर्न निस्केको पैदलयात्री पर्यटनकर्मीहरु बुधबार तारा हिलटप पुगेका छन्। दोस्रो पुनहिलको चिनिएको तारा हिल टपबाट पोखरा बजारको केही भाग, काहूँ धरहरा, पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको सुन्दर दृश्य समेत देखिन्छ । त्यसैगरी, त्यस स्थानबाट अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमशृंखलाका हिउँ चुचुरोहरुको मनमोहक दृश्य देख्न सकिन्छ । लज/होटल, रेस्टुरेन्ट र होमस्टे जस्ता संरचना नभएकोले पाल तथा बन्दोबस्तीका सामानहरुसहित त्यहाँ पुगेको संयोजक प्रकाश ढुंगानाको भनाई छ । यस पदमार्गमा छत्रे उन्यू, विभिन्न प्रजातिका लालिगुराँसको घना जंगल, फलाँट, लेकाली… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसमा लगाइएको ताला खोलियो

पृथ्वीनारायण क्याम्पस शिक्षा संकाय विभागमा लागेको ताला बुधबार खोलिएको छ। अनेरास्ववियुले राखेको माग पूरा गर्ने क्याम्पस प्रमुखले प्रतिबद्धता जनाएपछि ताला खोलिएको पीएन क्याम्पस अनेरास्ववियुका संयोजक बिष्णु पोखरेलले जनाए। बिगत केही समय अगाडिबाट शिक्षा संकाय बिहानी र दिवा दुबै सिफ्टमा अध्ययन–अध्यापन हुनुपर्ने माग राख्दै अनेरास्ववियुले आन्दोलन गरेको थियो। देशकै ठूलो र उत्कृष्ट क्याम्पस मध्येको पीएन क्याम्पसमा अध्ययन गर्ने गरीब तथा मध्यमबर्गिय विद्यार्थीको माग पूरा गर्न क्याम्पसमा ताला लगाउनु परेको विद्यार्थी नेता पोखरलले बताए । पुरा पढौ

कार्यकारी सम्पादक श्रेष्ठ प्रेस संगठन कास्कीको संयोजक

एभरेस्ट एफएम तथा एभरेस्ट आवाजका कार्यकारी सम्पादक सन्देश श्रेष्ठ प्रेस संगठन नेपाल कास्कीका संयोजकमा चयन भएका छन्। महेश्वर दाहाल नेतृत्वको प्रेस संगठन नेपालको केन्द्रीय कमिटीले श्रेष्ठलाई कास्कीक संयोजक तोकेको हो । प्रेस सेन्टरसँग आवद्ध जिल्लामा अन्य सबै सदस्यहरु छन्। विगत लामो समयदेखि पोखरामा रहेर संचारकर्ममा क्रियाशील श्रेष्ठ हाल एभरेस्ट एफएम तथा एभरेस्ट आवाजका कार्यकारी सम्पादक तथा नागरिक पत्रिकाका पोखरा सम्वाददाता हुन्। पुरा पढौ

कोरोना भाइरस संक्रमण : गण्डकी प्रदेशमा निको हुनेभन्दा थपिने बढी

पोखरा । बुधबार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुनेभन्दा थपिने धेरै भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधीमा ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका १३ जना र बाग्लुङमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।३१२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको थियो । निर्देशनालयले बुधबार मध्यान्ह कोभिड–१९ सम्बन्धी विवरण अनुसार… पुरा पढौ

मध्य पहाडी लोकमार्गको कास्कीको मादीमा काम शुरु

पोखरा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्य पहाडी लोकमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ । गाउँपालिकाका बिभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान,काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिए । । मादी गाउँपालिका खण्डमा कूल १६ किलोमिटर दुरी रहने बताउँदै उनले लोकमार्ग अन्तर्गतका बिभिन्न ठाउँमा कामहरु तिब्ररुपमा अघि बढेको उल्लेख गरे । । उनका अनुसार लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भई सकेको छ । यस खण्डको बिभिन्न… पुरा पढौ

नवलपुरमा बसको ठक्करबाट ३ वर्षिय बालको मृत्यु

पोखरा । नवलपुर वर्दघाट सुस्ता पूर्वमा बसको ठक्करबाट एक बालको मृत्यु छ । बुधबार दिउँसो साढे एक बजे लु १ क ३९९९ नम्वरको बसको ठक्क्रबाट हुप्सेकोट–२ दम्मरकी सुकमाया परियारका तीन वर्षे छोरा कृष परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही ठाउँको भित्री सडक खण्डको चोरमाराबाट हुप्सेकोटतर्फ जाँदै गरेको बसको ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पुरा पढौ

सृजना कप छात्र\छात्रा भलिबल प्रतियोगिता शुरु

तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता बुधबारदेखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन छात्रतर्फका १२ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जित हात पार्दै मेश्रम वराह मावि घान्द्रुक, भद्रकाली मावि, शान्ता मावि, महेन्द्र मावि, कालिका मावि (बी), अमरसिंह मावि, जनप्रिय मावि र वराही… पुरा पढौ