समाचार

अध्यादेशबारे सहमति नजुट्दा संसदमा शीर्ष नेताहरुको सम्बोधन रोकियो

काठमाण्डौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बैठक सुरु भएर शोक वक्तव्य पारित भएलगत्तै बैठक स्थगित भएको हो । शीर्ष नेताले सम्बोधन गर्ने भनी सभामुख अग्निप्रसाद सापकोटाले दलहरुसँग नाम पनि मागेका थिए । तर बुधबारको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेश पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद भएपछि शोक प्रस्तावमात्र पारित गरेर स्थगित भएको हो । प्रतिनिधि सभाको बैठक अब चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने छ । बैठक सुरु हुनु १५ मिनेट… पुरा पढौ

माओवादी केन्द्र कास्कीले राख्यो कार्यालयमा आफ्नै बोर्ड

पोखरा । नेकपा माओवादी केन्द्र कास्कीले शिवालयचोकस्थित कार्यलयमा आफ्नै साइन बोर्ड राखेको छ । पार्टीले बुधबार पार्टी कार्यालयमा उक्त बोर्ड राखेको हो । नेकपा एमालेसँग एकीकरण हुनुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोे पोखरा नगर कमिटीको कार्यालय बनाइएको सो कार्यलयमा नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको बोर्ड राखिएको हो । सो कार्यालय एकीकरण अघिपनि माओवादी केन्द्र कास्कीकै कार्यलय रहेको थियो । बोर्ड राख्ने क्रममा नेकपा माओवादी केन्द्र कास्की इञ्चार्ज राजकाजी गुरुङ ‘करण’, गण्डकी प्रदेश सांसद दीपक कोइराला, रामजी बराल ‘जीवन’, गायत्री गुरुङ, नेता… पुरा पढौ

सहारा क्लबलाई जन्मोत्सवमा सहयोग

पोखरा । सहारा क्लव हङकङका आजीवन सदस्य, संगम क्लव, एल.जी. एशोसियसन पोखराका सल्लाहकार हाल युके निवासी राजेन्द्र गुरुङले आफ्नो छोराको जन्मोत्सवको अवसरमा सहारा एकेडेमी सहित १९ औं संस्करणको आहा रारा गोल्ड कपको लागि सहयोग गरेका छन् । राजेन्द्रका छोरा रेगन गुरुङको १० औ जन्मोत्सवको अवसरमा सहारा एकेडेमीमा सामुहिक भोजन सहित आहा रारा गोल्डकपका लागि नगद ३० हजार रुपैँया सहयोग गरेका हुन । क्लवका अध्यक्ष केशव बहादुर थापालाई क्लवका सल्लाहकार सुनिल गुरुङ सहितको टोलीले उक्त रकम सहयोग हस्तान्तरण गरेको महासचिव रामजी… पुरा पढौ

तेस्रो डायमण्ड रनिङ सिल्ड जारी

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको तेस्रो दिन पनि भलिबल, क्रिकेट तथा टेवल टेनिसका विभिन्न विधाका खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् । तेस्रो दिनको खेलहरुमा भलिबल तर्फ सेमिफाईनलका खेलहरु सम्पन्न भएका छन्, स्कुल समुह ए ले कक्षा ११ विज्ञान समुहलाई २—०को सेटमा हराउदै फाईनलको यात्रा तय… पुरा पढौ

हिमालय मावि गोर्खाको नव निर्मित भवनको उद्घाटन

पोखरा । गोरखाको हिमालय मा.वि.को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गोरखाको सहीद लखन गाउँपालिका वडा नं ६ स्थित धैरुम बाँसकोटमा रहेको हिमालय माविको नवनिर्मित भवनको बुधबार पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र भारतीय दुतावासका प्रथम सचिव अरुम बंशलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बुधबार उद्घाटन गरिएको भवन भारतीय दुतावासको सहयोगमा बनेको हो । सो भवन ४ करोड ८२ लाखको लागतमा निर्माण भएको जनाइएको छ । भवन निर्माणका लागि भएको खर्च मध्ये बाँकी… पुरा पढौ

महाशिवरात्रीको अवसरमा शिवसेनाले पोखरामा साँस्कृतिक महोत्सव गर्ने

पोखरा । महाशिवरात्रीको अवसरमा शिवसेना नेपाल पोखराले एकदिने धार्मिक तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ । महाशिवरात्रीको दिन अर्थात् २७ गते बिहीबार पोखराको बागलुङ बसपार्कमा उक्त महोत्सव गर्न लागिएको शिवसेना नेपाल कास्कीका अध्यक्ष प्रदिप खड्गीले जानकारी दिए । बिहान ११ बजे उद्घाटन हुने उक्त कार्यक्रममा विभिन्न भेषभुषासहितको मौलिक नृत्य, शिव ताण्डव, लाखे नाँच प्रदर्शन गरिनुका साथै आमा समूहद्वारा भजनकीर्तन पनि गरिने उनले जानकारी दिए । साथै राष्ट्रिय गितहरुको सांगीतिक प्रस्तुतीसँगै हेलीकप्टरबाट पुष्पवृष्टि समेत गरिने आयोजकले जनाएको छ । साँझ ६… पुरा पढौ

मित्र कुञ्ज पोखराद्वारा नारीहरुलाई दोसल्ला ओढाएर सम्मान

पोखरा । मित्र कुञ्ज पोखरा च्याप्टरले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्ना सदस्य तथा सदस्यका दम्पती नारीहरुलाई दोसल्ला ओढाई फुलमालाले सम्मान गरेको छ । उक्त अवसरमा संस्थाका अध्यक्ष डा. अशोक चौरसियाले सबै नारीहरुलाई सम्मान गरी बधाई दिंदै नारी दिवसको बारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव डा. राजन शर्माले गरेका थिए । मित्र कुञ्ज पूर्व सोभियत संघबाट अध्ययन गरेर फर्किएका डाक्टर तथा इन्जीनियरहरुको संस्था हो । साथै संस्थाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।… पुरा पढौ

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी

साओ पाउलो। ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको कोभिड–१९ को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको… पुरा पढौ

भेरी नगरपालिकामा बर्ड फ्लु

काठमाडौँ। जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए ।योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो । बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई… पुरा पढौ

काठमाडौंको स्वाद दिन पोखरामै डल्ले मःमः रेष्टुरेण्ट सञ्चालनमा

काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’को स्वाद अब पोखरामै लिन पाइने भएको छ । काठमाडौंकैजस्तो ‘डल्ले मःम’को स्वाद दिनेगरी पोखराको मानवअधिकार चोकमा ‘डल्ले मःम’ रेष्टुरेण्ट सञ्चालनमा आएको हो । काठमाडौंको ‘डल्ले मःम’कै फ्रेञ्चाइज लिएर पोखरामा शाखा खोलिएको डल्ले मःम रेष्टुरेण्टको पूर्व मिस नेपाल अनुस्का श्रेष्ठले बुधबार रिबन काटेर उद्घाटन गरिन् । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान गर्दै आएको मःमको पोखरामा ११ औं शाखा हो । डल्ले मःमःको पोखरा शाखा चेन पर्यटन व्यवसायी तथा सञ्चार उद्यमी सुनिल भट्टराई र… पुरा पढौ