समाचार

सामाजिक विकासमा कोभिड १९ को महामारीका कारण उत्पन्न आर्थिक शिथिलताको प्रभाव : मन्त्री पुन

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण उत्पन्न आर्थिक शिथिलताको प्रभाव सामाजिक विकासका हरेक क्षेत्रहरुमा परेको बताएकी छिन् । आफ्नै मन्त्रालयमा आयोजित “अपाङ्गता भएका विद्यालयहरुको शिक्षण सिकाइमा प्रविधिको प्रयोग, प्रबोधिकरण तथा सामाग्री हस्तान्तरण” कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, “अघिल्लो साल जस्तै यसपटक बजेट पाउने सम्भावना अलि कम छ, किनभने अहिले कोरोनाको कारणले गर्दा आर्थिक शिथिलता आएको छ, गण्डकी प्रदेश सरकारले कति बजेट पाउँछ, र त्यसभित्र पनि सामाजिक… पुरा पढौ

पाल्पाली समाज पोखरामा रेशम

पोखरा । पाल्पाली समाज पोखरा अध्यक्षमा रेशम थापा रचक सर्वसम्मत अध्यक्ष चयन भएका छन् । समाजको शनिबार १८ औं साधारणसभा तथा १० औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समाजको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय आत्रेय, सहसचिव युमाया पचभैया, कोषाध्यक्ष उमा सापकोटा, सहकोषाध्यक्ष गिरिराज पोख्रेल छन् । यस्तै, सदस्यमा रेनुका बज्राचार्य, गीतादेवी शर्मा, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, पदमप्रसाद पोख्रेल, वर्षा… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टि विहिन दौड सम्पन्न

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टि विहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ । “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल चियर पुरुषतर्फ शुरेस गौली प्रथम भएका छन भने भरत अधिकारी दोस्रो र भरत विक्रम वानियाले तेश्रो स्थान हात पारेका छन । उनीहरुले क्रमश नगद ७, ५ र ३ हजार सँगै मेडल तथा प्रमाणपत्र प्राप्त गरे । ह्विल चियर महिला दौडतर्फ अन्जु बराल प्रथम भइन भने… पुरा पढौ

ओटेफद्वारा महिला बन्दीलाई सामग्री हस्तान्तरण

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले संस्थाको १११औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कास्की कारागारका महिला बन्दीलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । मञ्चले कारागार परिसरमा महिला बन्दी चौकीदार बिन्दु कुँवर र निमित्त कारागार प्रमुख तप रमणमालाई राइसकुकर पङ्खा र स्यानिटरी प्याडलगायत सामग्री वितरण गरेको हो । निमित्त प्रमुखले पोखरेलले विसं २०२१ मा स्थापना भएको कारागार आजसम्म आइपुग्दा जुनरूपमा स्तरोन्नति हुनुपर्ने हो सोअनुसार हुन नसकेको बताए । अरु निकायमा जस्तो कारागारको पूर्वाधार विकासमा राज्यले ध्यान दिन नसक्दा समस्या रहेको बताउँदै… पुरा पढौ

प्रधानमन्त्रीबाट कृषक सूचीकरण अभियान शुभारम्भ

काठमाण्डौं । मुलुकमा पहिलोपटक किसान सूचीकरण व्यवस्थापन अभियानको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीमा एक समारोहका बीच सातै प्रदेशमा एकैसाथ उक्त अभियान शुरुआत भएको घोषणा गरेका हुन् । उक्त समारोहको भर्चुअल विधिबाट सातै प्रदेशमा एकैसाथ प्रसारण गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभियान कृषिको व्यवसायीकरण र आधुनिकीकरणको महत्वपूर्ण प्रयासका रूपमा रहेको बताए । सरकारले लिएको कृषि रणनीति कार्यान्वयनको एउटा चरण कृषक सूचीकरण अभियान रहेको उल्लेख गर्दै उनले त्यसले कृषि क्षेत्रलाई आकर्षित र सम्मानित… पुरा पढौ

वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् । प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको छ बताए । मुख्यमन्त्री पौडेलले पत्रकारको हकहितका लागि बागमती प्रदेश सरकार सकारात्मक रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट रु पाँच लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पुरा पढौ

अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम

पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीका ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएका हुन् । मर्निङ ग्लोरी एकेडेमी स्कूलका सुषान तिवारी, स्मृति अधिकारी, रचित सापकोट र आयुषा गिरीको समूह द्वितीय भए । कास्की मोडनाइज्ड एकेडेमीका विज्ञान गुरुङ, सेरोन गुरुङ, सोहन सुवेदी र कृष्टीना सापकोटाको समूह तृतीय भए भने अञ्जुली वोर्डिङ स्कूलका मिनष पुन, प्रमिस अधिकारी, प्रेजन अधिकारी र सन्तोषी ढकाल सान्त्वना… पुरा पढौ

खानेपानी र एनआइसिबीच मैत्रीपूर्ण फुटसल

पोखरा । नेपाल खानेपानी संस्थान र एनआइसि एसिया बैंकमा कार्यरत कर्मचारीबीचका भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा एनआईसी एशिया विजयी भएको छ । पोखरामा शनिबार भएको मैत्रीपूर्ण खेलमा एनआईसि एसिया टोलीले नेपाल खानेपानी संस्थानलाई ५–० गोलले पराजित गरेको हो । एनआईसीको जितमा सगुन पौडेलले २, नरबहादुर गुरुङ, आमुश राईले र मिलन क्षेत्रीले एक–एक गोल गरेका थिए । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको अगुवाईमा भएको मैत्री पूर्ण फुटसल प्रतियोगितामा खानेपानी संस्थानका बिक्रम बरुवाल र एनआइसि एसिया न्युरोड शाखाका नरबहादुर गुरुङको… पुरा पढौ

खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयास : मन्त्री त्रिपाठी

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्‍याउन जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पुर्‍याउने प्रयासमा छौँ ।”… पुरा पढौ

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

म्याग्दी । प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बन्दाबन्दी हुनुअघिकै सङ्ख्यामा पाहुना स्नानका लागि आउन थालेको बताए । “दश महिना बन्द भएको तातोपानी कुण्ड अहिले पुरानै अवस्थामा फर्किएको छ”, उनले… पुरा पढौ