समाचार

नेपालगंजमा पोखराको पर्यटन प्रबर्द्धन अभियान ‘जाउँ है पोखरा’

पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवर्द्धन अभियान शुक्रबार बाँकेको नेपालगंजबाट सुरु भएको छ। कोभिड– १९ का कारण थला परेको पर्यटनलाई पुनर्जिवन दिन यो अभियान सुरु गरिएको संघले जनाएको छ। पूर्वी नेपालका विभिन्न शहरमा झण्डै तीन महिना अघि यस्तो अभियान संचालन गरिएकोमा त्यसैको दोश्रो संस्करणको रुपमा पश्चिम नेपालमा पनि अभियानलाई निरन्तरता दिइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। नेपालगंजका अतिरिक्त बर्दिया, कंचनपुर र धनगढीमा पनि अभियानका कार्यक्रम हुने छन्। छलफल, अन्तरक्रिया र पत्रकार सम्मेलन अभियान अन्तरगत… पुरा पढौ

लोकतन्त्र स्वतन्त्र ढंगले चल्नुपर्छ, त्यसका लागि कांग्रेसले भूमिका खेल्छ : कांग्रेस बरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले गाँठो फुकाउन भूमिका खेल्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद बैठकलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले देशमा अहिले देखिएको गाँठो फुकाउन कांग्रेसले भूमिका खेल्ने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेर चुनाव घोषणा गरेपनि सर्वोच्च अदालतले सो कदमलाई बदर गर्दै संसद पुर्नस्थापनाको फैसला गरेको थियो । संसद पुर्नस्थापना भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले यहि फागुन २३ गते संसदको बैठक आह्वान… पुरा पढौ

फुट्न लागेको पार्टी जुटाउन लागिरहेका छौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन् । नोभल कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप भण्डारण गृहको शिलान्यास कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले एउटै पार्टी भएरपनि दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयास भइरहेको बताएका हुन् । संवैधानिक र कानूनी हिसाबले विभाजित नभएपनि मनले विभाजित भइसकेको नेकपालाई एकजुट बनाउन हामी लागिरहेका छौं,उनले भने,‘संवैधानिक र कानूनी रुपमा विभाजित भइनसकेको पार्टीलाई फेरि एक ठाउँमा जुटाउन सकिन्छ कि… पुरा पढौ

सरकार र विप्लव समूहबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर, प्रधानमन्त्रीले दिए विप्लवलाई बधाई

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । सहमतीमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरे । उनले जनताले शान्ति खोजेको भन्दै सो आकांक्षा पुरा भएको पनि बताए । प्रधानमन्त्री ओलीले विप्लवको आन्दोलन… पुरा पढौ

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ५४८ जना पुगेको छ । हाल भारतमा एक लाख ७६ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ३९ हजारभन्दा बढी कोराना… पुरा पढौ

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौँ । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए । माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७… पुरा पढौ

महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ : मन्त्री महतो

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका लागि कानूनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताएकी छिन् । एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रिय आदिवासी महिला महासङ्घले आज आयोजना गरेको ‘आदिवासी महिला र कोभिड–१९’ सम्बन्धी राष्ट्रिय अन्तरक्रियाको उद्घाटन समारोहका उनले महिला हिंसा न्यूनीकरण गर्ने कानून धेरै भएको तर प्रभावकारी कार्यान्वयन नहुने महिला हिंसा न्यूनीकरणका कठिनाइ भएको  सुनाइन्  । नेपालमा संविधान र कानूनले महिला हिंसा नियन्त्रणसम्बन्धी धेरै व्यवस्था गरेको छ”, मन्त्री महतोले भनिन्, “तर प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा हामी… पुरा पढौ

प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

कास्की। पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ भ्याट बाहेक लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।… पुरा पढौ

अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

वासिङ्टन। संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी तुल्याएको छ । लकडाउन र अनेक किसिमका प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो विवरण सार्वजनिक भएको हो । विश्वमै सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दैनिक संक्रमितको संख्या यसै वर्षको जनवरी महिनाका शुरुआती दिनहरुमा दैनिक तीन लाखसम्म पुगेको थियो… पुरा पढौ

तोलामा ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ। पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको… पुरा पढौ