समाचार

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

काठमाण्डौं । सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने भन्ने विषय विवादमा भएपछि प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनको आजको बैठकको कार्यसूचीमा रहेको अध्यादेश प्रस्तुत गर्ने विषय अघि बढाउनासाथ दाहाल–नेपाल समूहले उठेर विरोध जनाएपछि सभामुखले नेता भीम रावललाई बोल्न समय प्रदान गरे । नेता रावलले सदन प्रारम्भ भएको पहिलो बैठकमा सांसद र पूर्वसांसदले गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा पु¥याएको योगदानको सम्मान गर्दै सदनले शोक प्रस्ताव पारित गरी बैठक अन्त्य गर्नुपर्नेमा अध्यादेशलगायत… पुरा पढौ

प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकालाई लिएर प्रधानमन्त्री असन्तुष्ट

काठमण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको आजको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाउनुभएको सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए। प्रतिनिधिसमाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुपर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको नेता भट्टराईले बताए । बैठकपछि नेता भट्टराईले भने, “संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श समितिको… पुरा पढौ

प्रचण्ड –माधव समूहको स्थायी कमिटी बैठक भोलि

काठमाण्डौं । प्रचण्ड –माधव समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो । पुरा पढौ

शिक्षा र स्वास्थ्य निजि क्षेत्रलाई दिनुहुँदैनः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो जनतासँग प्रत्यक्ष जोडिएका विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन पछि आयोजित सभालाई सम्वोधन गदै उनले विपत्का वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनिय रहेको बताउदै, निजि स्वास्थ्य संस्थाले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै गुनासो गरे । ‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका देखिएन‘ मुख्यमन्त्री गुरुङले भन्नुभयो– ‘राज्यलाई आवस्यक परेको वेला सेवा… पुरा पढौ

शिवालय बाल क्लबमा निश्चल

पोखरा । शिवालय माध्यमिक विद्यालय, रुपा गाउँपालिका(२, थुम्कीमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ । निश्चल ओझाको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा करिना ओझा, सचिवमा धिरज सुनार, कोषाध्यक्षमा अलिका सुवेदी र सहसचिवमा प्रशान्त ओझा सर्वसम्मत चयन भएका छन् । समितिका सदस्यहरूमा सौरभ अधिकारी, दिलबन्धु ओझा, सागर आले, आयाम ओझा, राजेश सुर्खाली, ममता गुरुङ र सोनिया सुवेदी रहेका छन् । क्लबको शिक्षक संयोजकमा रस्मिला खनाल र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी रहेका छन् । त्यसै गरी निवर्तमान अध्यक्ष पुरुषोत्तम ओझा र… पुरा पढौ

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेटको सेमिफाइनल समिकरण पुरा

पोखरा । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्रिकेट एशोसिएसन अफ चितवन र पेलिगेण्ट्स क्रिकेट क्लव भिड्ने भएका छन् । दोश्रो सेमिफाइनलमा आयोजक सुपर जनरल पोखरा र जनकपुर क्रिकेट क्लव आमने सामने हुने पक्कापक्की भएको हो । समुह‘बि’को अन्तिम खेलमा जनकपुरले मिक्समाण्डु क्लव काठमाण्डौलाई ५ विकेटले पराजित गरेपछि समुहमा ६ अंकका साथ शिर्षस्थान कायम गर्दै सेमिफाइनलमा स्थान बनाएका हो… पुरा पढौ

गुप्तेश्वर महादेव गुफाको संयुक्त साधारण सभा उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २४ र २५ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गरिएको छ । साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि केदारेश्वर महादेवमणि मन्दिर वैदामका पिठाधिश डा. लेखनाथ आचार्यले उद्घाटन गर्दै गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थानको रुपमा विश्वमा प्रख्यात भएको र वार्षिक लाखौं आम्दानी शिक्षा र स्वास्थ्यमा लगानी भइ समाज परिवर्तनमा सकरात्मक भूमिका खेलेकोमा खुशी व्यक्त गरेका थिए । सो अवसरमा गण्डकी प्रदेश सभाका सदस्य सचिव हरिराज पोखरेल, जनप्रतिनिधि पोखरा… पुरा पढौ

‘एल्लो रोज डे’को अवसरमा जोन्टा क्लव अफ पोखराद्वारा ३ नारी सम्मानित

जोन्टा क्लव अफ पोखराले अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा ३ जना नारीलाई सम्मान गरेको छ । क्लवले अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर हरेक वर्ष मनाउँदै आएको ‘एल्लो रोज डे’ को अवसरमा महिलाको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने ३ जना नारीलाई सम्मान गरेको हो । शनिबार दिनभर आयोजित कार्यक्रममा क्लवले सेन्ट मेरिज स्कुलमा प्राध्यापनरत सिस्टर क्लोटिल्डो, महिला प्रशिक्षक ईश्वरी गुरुङ र फोहोरमैला ब्यबस्थापनमा भूमिका खेल्दै आएकी पार्वती अधिकारी पौडेललाई सम्मान गरेको हो । सिस्टर क्लोटिल्डोलाइ जीवनभर बालिका शिक्षामा समर्पित भएको, ईश्वरी गुरुङलाई महिला… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । देशका पहाडी भूभागमा… पुरा पढौ

‘नेपाल कम्युनिष्ट पार्टी’ कट्टेलको पक्षमा

काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो । रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट… पुरा पढौ