गण्डकी प्रदेशकै उत्कृष्ट ‘छरछरे’ झरनाको प्रसार प्रसार गरी पर्यटन बिकास गर्ने उद्देश्यले दोस्रो ‘छरछरे झरना महोत्सव–२०७७’ गरिने भएको छ। तनहुँको देवघाट गाउँपालिका वडा नं. १ र २ को सीमानामा रहेको ‘छरछरे’ झरनाको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको हो। ‘छरछरे’ झरना पर्यटन विकास संस्थाले यही फागुन २१ गते (शुक्रबार) र २२ गते (शनिबार) महोत्सवको आयोजना गर्न लागेको हो। जनजातिहरुको बहुल्यता रहेको यस क्षेत्रमा महोत्सवबाट उनीहरुको संस्कृति, परम्पराको पनि प्रसार प्रसार गर्ने अनि नयाँ ठाउँबाट आउने दर्शकहरुका लागि त्यहाँ गिठ्ठा, भ्याकुर, तरुल,…
पुरा पढौ