समाचार

बाह्र दिनदेखि किशोरी सम्पर्कविहीन

तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए। “घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो”, उनले भने, “घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।” बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले… पुरा पढौ

एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई साहसी महिला पुरस्कार

एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनले अमेरिकी प्रतिष्ठित साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिने राजदूत ¥याण्डी बेरीले जनाएका छन्। हाल १५ औं संस्करणमा रहेको… पुरा पढौ

तनहुँ प्रहरीद्वारा फरार १३ जना प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मुद्दाका फरार प्रतिवादी सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तरगत उनीहरुलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ। तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा बिगत २७ बर्षे देखी फरार रहेका तनहुँ भानु–१० बस्ने बर्ष ५२ को कुमार पन्थ भन्ने कुमार देव पन्त उपर तनहुँ जिल्ला अदालतको वि.सं. २०५५… पुरा पढौ

मिडिया नेपालको अध्यक्ष पदमा सुबेदी र बस्तोलाको दौड

राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला भोलिबाट बुटवलमा हुँदै छ। नयाँ कार्यसमितिको चयनका लागि अध्यक्ष पदमा श्रीधर सुबेदी र सुर्य बस्तोला चुनावी दौडमा २ प्रतिस्पर्धि मैदानमा उत्रदै छ्न। मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष श्रीधर सुवेदी र सूर्य बास्तोला गण्डकी प्रदेश संयोजक हुन्। दुबै प्रतिस्पर्धी लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छ्न। पश्चिमका श्रीधर सुवेदीले र गण्डकी प्रदेशका सूर्य बास्तोलाले देशभरबाट आफूलाई साथ र समर्थन रहेको दाबी गरेका छन्। भोलि (शनिबार) सम्म हुने भेलाको सबै तयारी पूरा भएको विहिबार पत्रकार… पुरा पढौ

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा क्रमिक सुधार

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्बन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै गएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ। उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो। झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाई छ। लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई… पुरा पढौ

फेदीखोला गाउँपालिकाले ल्यायो मजदुर संचित कोष कार्यान्वयनमा, मजदुरलाई परिचयपत्र वितरण शुरु

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अपठ्यारो परेको बेला कोही नहुने तथा आर्थीक अवस्था कमजोर हुने मजदुर वर्ग लाई लक्षित गरि गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको हो । दैनिक ८ सय देखि १५ सयसम्म आम्दानी गर्ने भएता पनि न्युन बचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगाएतका मानवीय एवम् सामाजिक विकासको अवस्था न्यून भएका मजदुर वर्गका लागी यो कोषको स्थापना गरिएको हो ।गाउँपालिकाले बिहीबार… पुरा पढौ

स्वरेकको एम्वुलेन्स अक्षयकोषमा शर्मा दम्पतीद्वारा १ लाख सहयोग

स्याङ्जा स्वरेकमा सञ्चालित एम्वुलेन्स सञ्चालानार्थ निर्माण गरिएको अक्षयकोषमा नारायण शर्माले नगद १ लाख सहयोग गर्नुभएको छ ।पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोग समाज कतार र नमुना स्वरेक सहयोगी समाज स्याङ्जाले संयुक्तरुपमा संचालन गरेको एम्वुलेन्स अक्षयकोषमा शर्माले एक लाख नगद सहयोग गर्नुभएको हो । एम्वुलेन्सलाई दिगो रुपमा संचालन गर्न सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषमा सहयोग गरेको शर्माले बताउनु भयो ।स्याङ्जा जिल्लाको काफलडाँडा जन्म घर भई वालिङमा बस्दै आउनुभएका शर्मा हाल कतारमा ब्यवसाय गर्दे आउनु भएकोछ । कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको… पुरा पढौ

प्रेस संगठनका नेता रेग्मीलाई पितृशोक

प्रेस संगठनका नेता तथा अग्रज पत्रकार पदम रेग्मीलाई पितृशोक परेको छ । पत्रकार रेग्मीका बुबा शेषकान्त रेग्मीको विहीबार पूर्वाह्न १०ः३० बजे ९० वर्षको उमेरमा निधन भएको हो । स्वर्गिय रेग्मीको विहीबारै पोखराको रामघाटमा अन्त्येष्टी गरिएको छ । यसैबीच, प्रेस संगठन कास्कीले प्रेस संगठनका नेता तथा अग्रज पत्रकार पदम रेग्मीका बुबा शेषकान्त रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रेस संगठन कास्कीका सह–संयोजक सन्देश श्रेष्ठले विज्ञप्ती जारी गर्दै स्वर्गिय रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तीमा शोक सन्तप्त… पुरा पढौ

सम्झना बोहोराको हत्यामा संलग्न आरोपी २० दिनपछि सार्वजनिक

गुल्मी । रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भाडगाउँ निवासी ४७ वर्षका लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयले आज प्रहरीले सार्वजनिक गरेको हो । उनले गत माघ २९ गते राती आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर उनको हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयानको क्रममा बताएका छन् । घरबाट बेपत्ता भएको १७ दिनमा लालबहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोज… पुरा पढौ

गैँडाको आक्रमणबाट मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एकको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उनले बताए । पुरा पढौ