समाचार

बागलुङ र पर्वतमा रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

गलकोट। वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दिउँसै ठूला उपकरणकै प्रयोग गरेर दोहन भइरहेको छ तर स्थानीय सरकार र सरोकारवाला निकाय मूकदर्शक बनिरहेका छन् । अहिले बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमुनि निर्वाधरूपमा ठूला उपकरणको प्रयोग गरेरै… पुरा पढौ

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

काठमाडौँ। नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो… पुरा पढौ

कृषि समाचारः वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा

गण्डकी। रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेका छन् ।पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनु भएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश गएनन् । त्यसपछि च्याउ खेतीमा लागेका सुवेदी हाल दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लागेका… पुरा पढौ

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौँ। पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए। हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।… पुरा पढौ

तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै… पुरा पढौ

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ। आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहको माग छ। तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्न लागेको हो। पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि… पुरा पढौ

शुक्लागण्डकी नगरपालिकाद्वारा ६५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आइतबार १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ। नगरपालिकामा भएको एकदिने परिचयपत्र वितरण शिविरमा ‘क’ वर्गको ३ जनालाई, ‘ख’ वर्गको ६ जनालाई, ‘ग’ वर्गको ३ जना र ‘घ’ वर्गको १ जनालाई परीचयपत्र वितरण गरेको हो। योसँगै शुक्लागण्डकीमा ६ सय ५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको सामाजिक बिकास शाखाले जनाएको छ। त्यसैगरि, योसँगै १ सय ६० जनालाई ‘क’, २ सय ६५ जनालाई ‘ख’, १ सय ४४ जनलाई ‘ग’ र ८२ जनालाई ‘घ’ वर्गको परीचयपत्र वितरण गरिएको छ। पुरा पढौ

तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई रातो टिका र पछ्यौरा उपहार दिएर सम्मान गर्दै

तनहुँको म्याग्दे गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गाउँपालिकाका एकल महिलाहरुलाई रातो टिका र पछ्यौरा उपहार दिएर सम्मान गर्ने भएको छ। मार्च ८ अर्थात फागुन २४ गते मनाइने दिवस तयारी बैठकले उक्त निर्णय गरेको हो। यस्तै, दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २१, २२ र २३ गते माध्यमिक तह स्तरीय छात्रा फुटबल प्रतियोगिता गर्ने भएको छ। त्यस्तै, फागुन २४ गते एकल महिलालाई सम्मान गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। दिवस तयारी बैठकमा प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले अन्यत्रभन्दा फरक… पुरा पढौ

सरकार–विप्लव नेतृत्वको वार्ता आज

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकाबीच वार्ता आज (बुधबार) हुने भएको छ। हिँजो (मंगलबारं) गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी गरिए पनि विप्लव पक्षले केही सर्त राखेपछि समय सरेको हो। वार्ताको समन्वय गरिरहेका विप्लव नेकपाका एक नेताकाअनुसार आफूहरूले पहिला पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता/कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिँजो (मंगलबार) वार्ता हुन नसकेको हो। तर, हिँजो सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको बताइएको छ।वार्ता गर्न विप्लव… पुरा पढौ

साउदीबाट आएका स्याङ्जाका पुरुष सुन जस्तो धातुसहित पक्राउ

साउदीबाट आएका एक पुरुषलाई प्रहरीले पहेँलो धातुसहित पक्राउ गरेको छ। सुनजस्तो देखिने पहेँलो धातुसहित स्याङ्जा चापाकोट–६ का ४२ वर्षीय नगेन्द्रकुमार रानालाई प्रहरीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। हिमालय एयरलाइन्सको विमानबाट साउदीको रियादबाट आएका रानालाई प्रहरीले चेक जाँच गर्दा अवैध रूपमा ल्याएको ३ थान बाला र २ थान औँठी समेत गरी १ सय ६० ग्राम पहेँलो धातु फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ। रानालाई आवश्यक अनुसन्धानको लागि विमानस्थल भन्सार कार्यालय गौचरमा राखिएको प्रहरीले जनाएको छ। पुरा पढौ