समाचार

आगलागीबाट रु ४० लाख बराबरको क्षति

तनहुँ। जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । होटलको पहिलो… पुरा पढौ

बालबालिकालाई बन्धक बनाइ यातना दिने मादीका शिक्षक ईन्द्रबहादुर थापा पक्राउ

बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादिका एक शिक्षकलाई कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनि आश्वासन दिई ल्याईएका वालवालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादिका ४५ वर्षीय शिक्षक ईन्द्रबहादुर थापालाई कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शिक्षक थापालाई बालबालिकालाई यातना दिएको अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । स्थानीय भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका थापाले… पुरा पढौ

पत्रकार महासंघ बागलुङद्धारा निर्वाचन समिति गठन

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर बागलुङमा निर्वाचन समिति गठन गरिएको छ। महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार बसेको बैठकले अग्रज पत्रकार हिराबहादुर केसीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो। जसको सदस्यमा नेपाल बारका तर्फबाट अधिवत्ता राम शर्मा र जिल्ला अदालतका नायब सुब्बा ऋषिराम रिजाल छन्। निर्वाचन समिति संयोजक रहेका केसी पत्रकार महासंघका तत्कालीन धौलागिरी शाखाका सचिव समेत हुन्। पत्रकार महासंघको आगामी चैत्र पहिलो साता निर्वाचन गर्ने अन्तिम तयारी छ। यसपटक नयाँ संघीय अभ्यासमा पहिलो पटक… पुरा पढौ

तनहुँको सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि काम शुरु

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज–२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ। सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो। शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिट्टिँदा चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट स्काभेटरको सिसा फुटेपछि सिनो हाइड्रो र मजदुरबीच विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएका थिए। सिनो र मजदुरबीच… पुरा पढौ

तनहुँ कारागार अध्ययन गर्न छानबिन समिति गठन, २५ कैदीबन्दी स्थानान्तरण

जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ। कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। प्रशासन कार्यालयले प्रेस विज्ञप्तिमार्फत ३ सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ। विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको संपूर्ण स्थिति सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए। कारागार कार्यालयभित्र रहेको ब्लक ‘बी’मा आन्तरिक प्रशासनको… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौं । नेपाल आयल निगमले सोमबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेलमा समान २/२ रुपैयाँका दरले मूल्य समायोजन गरेको जनाएको छ । त्यस्तै आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर… पुरा पढौ

नेकपाको वैधानिकता र चिन्ह हामीले नै पाउँछौँ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने दाबी गरेका छन् । उनले भने “त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी छ ।” नेकपा निकट पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणासभालाई आज काठमाण्डौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , “कोही भ्रममा पर्नुपर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।” निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको दाबी गर्दै उनले आयोगले केही… पुरा पढौ

फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर मन्त्रिपरिषद् बाट स्वीकृत

काठमाण्डौं । सरकारले पोखराको फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर कायम गरी चार किल्ला र सिमाना स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् । मन्त्रिपरिषद्बाट फेवातालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको सिफारिस बमोजिम फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर (११ हजार २५५ रोपनी ११ आना १ पैसा) कायम गरी चार किल्ला र सिमाना स्वीकृत गर्ने निर्णय भएको हो । बैठकले नेपाल न्याय… पुरा पढौ

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताएकी छन् । सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उहाँले नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनिएको उल्लेख गर्दै पूराना स्रष्टाको सिर्जना जगेर्ना गर्नु आजको आवश्यकता हो भनिन् । उनले नातिकाजी नेपाली साङ्गीतिक क्षेत्रको उज्ज्वल नक्षत्र भएको… पुरा पढौ

अविश्वासको प्रस्ताव ल्याउनु भन्दा गलहत्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर भन्दा गलहत्याएर निकाल्ने प्रयास भइरहेको बताएका छन् । नेकपा ओली समूहको गण्डकी प्रदेश स्तरिय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विधि, पद्धती र प्रक्रिया भन्दा बाहिरबाट गलहत्याउने प्रयास भइरहेको बताएका हुन् । तर आफू गलहत्याउँदैमा बाहिर ननिस्कने भन्दै प्रधानमन्त्रीबाट राजिनामा नदिने अडान व्यक्त गरे । प्रधानमन्त्री ओलीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौतिसमेत दिए । उनले सक्ने भए कुस्ती खेलेर आफूलाई हटाउनसमेत उनले चुनौति दिए । ‘कमसेकम कुस्तीमा जसले जित्छ,… पुरा पढौ