समाचार

तनहुँकी फरार प्रतिवादी ज्ञानुमाया पक्राउ

तनहुँ प्रहरीले मंगलबार बिहान ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको निर्णयले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको जिल्ला शुक्लागण्डकी नगरपालिका–८ ढोरफीर्दी निवासी ६० वर्षीया ज्ञानुमाया नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। नेपालीलाई तनहुँस्थित उनकै घरबाट मंगलबार विहान पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिएका छन्। पुरा पढौ

गण्डकी प्रदेशका तीन जिल्ला कोरोनामुक्त, अब २१७ जना आइसोलेसनमा

पोखरा । गण्डकी प्रदेशमा अब २१७ जना कोरोना भाइरस संक्रमणमुक्त हुन बाँकी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १४ जना कोरोना भाइरस संक्रमणमुक्त र थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २१७ पुगेको हो । पछिल्लो क्रममा थपिने सबै पोखरा महानगरपालिकाका नागरिक भएको निर्देशनालयले मंगलबार प्रदेशको कोभिड–१९ सम्बन्धि विवरण अध्यावधिक गर्दैे जानकारी दिएको छ । निर्देशनालयका अनुसार सबैभन्दा धेरै कास्कीका १९३ जना आइसोलेसनमा छन् । कास्कीमा संक्रमण… पुरा पढौ

तनहुँको सनसाइन होटलमा आगलागी

तनहुँ । तनहुँको व्यासमा एक होटलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।व्यास नगरपालिका–४ मा जीवन शाहीले सञ्चालन गर्दै आएको सनसाइन होटलमा अचानक आगलागी हुँदा सो क्षति भएको हो । लागलागीबाट भूई तल्लामा रहेको होटलको डेकोरेशन लगायतका सामानहरु पूर्णरुप जलेर नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । मंगलबार दिउँसो १ : ४५ बजेको समयमा विद्युत सर्ट भएर आगलागि हुँदा अन्दाजी ४० लाख रुपैयाँ बराबरको क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । आगलागीको खबर… पुरा पढौ

स्याङ्जामा मोटरसाइकलको ठक्करबाट १७ वर्षिय यूवती घाइते

स्याङ्जा । स्याङ्जामा मोटरसाइकलको ठक्करबाट एक यूवती घाइते भएकी छिन् । मंगलबार दिउँसो सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका– ३ नयाँबजारमा लु ६ प २६४ नम्वरको मोटरसाइकले ठक्कर दिँदा गल्याङ ८ की अस्मिता श्रेष्ठ (१७ ) घाइते भएको प्रहरीले जानकारी दिएको छ । चिन्नेपानीबाट वल्फुकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । घाइते श्रेष्ठलाई उपचारका लागि मिसन अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । पुरा पढौ

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडाध्यक्ष शंकरप्रसाद बास्तोला, वडा सदस्यहरुले अविर तथा माला लगाएर स्वागत गरेको हो । कार्यक्रममा मेयर जिसीले विकाशका लागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरुसँग सहकार्य गर्नु अपरिहार्य रहेको बताए । पोखरा नगर क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाईामाकसरी प्रवद्र्धन गर्ने भन्ने कुरामा महानगर र वाणिज्य संघ बसेर छलफल गर्नुपर्ने… पुरा पढौ

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित

पोखरा । चितवन क्रिकेट क्लव र सुपर जनरल पोखराले पोखरा रंगशालामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा जित हाँसिल गरेका छन् । चितवनले काठमाण्डौको बालुवाटारलाई तथा आयोजक पोखराले स्याङ्जा क्रिकेट क्लवमाथि जित निकालेको हो । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मंगलबारको पहिलो खेलमा चितवन ४ विकेटले विजयी भएको हो । पहिला व्याटिङ्ग गरेको बालुवाटारले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो जसमा कप्तान सुमन उदयले २९ रनको… पुरा पढौ

बढ्ला त फेवातालको गहिराई ? आशंकाकाबीच माटो निकाल्न शुरु

के पोखराको पर्यटकीय केन्द्र फेवातालको गहिराई साँच्चिकै बढ्ला ? अहिले सर्वत्र चासो बढेको छ । फेवातालको पानी सुकाउँदा अतिक्रमण हुन्छ कि भनेर झस्किएका पोखरेलीले फेवातालको गहिराई बढ्नेमा आशंका व्यक्त गरेका छन् । यस्तो बेला फेवातालको गहिराई बढाउने भनेर माटो निकाल्न शुरु गरिएको छ जतिबेला फेवातालको १ हजार ६ सय १९ रोपनी हराएको भन्दै खोजी भइरहेको छ । फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको बास्तविक क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग… पुरा पढौ

हेमराज पहारी स्मृति पुरस्कार झरना साहित्यिक परिवारलाई प्रदान

पोखरामा स्थापित हेमराज पहारी स्मृति पुरस्कार बकैया मकवानपुरको झरना साहित्यिक परिवारलाई प्रदान गरिएको छ । हेमराज पहारीको स्मृति दिवसको अवसरमा सोमबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।कार्यक्रममा मुख्यमन्त्री पौडेलले पछिल्लो समयमा साहित्यप्रति युवा पुस्ताको रुचि हराउँदै जान थालेको भन्दै… पुरा पढौ

ताप्लेजुङ दोभान बजारमा आगलागी : ३५ घर जलेर नष्ट

फुङलिङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका - ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ । ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए… पुरा पढौ

एक हजार ७०० ले घट्यो पहँेलो धातुको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।… पुरा पढौ