समाचार

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौंँ। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव… पुरा पढौ

डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

कोपेनहेगन। कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । “प्रदर्शनमा सुरुमा झण्डै ६०० सहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए, एक प्रहरीले भने । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाई छ… पुरा पढौ

वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन

काठमाडौँ। लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् । चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीतबाट पुनरागमन गरेका हुन्। सो गीतमा उनलाई युवा पुस्ताकी गायिका प्रविशा अधिकारीले साथ दिएकी छिन् । रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका हुन् । गीतमा सङ्गीतकार तथा गायक प्रभावन जे को सङ्गीत रहेको… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले… पुरा पढौ

गलेश्वर मन्दिर पित्तलले छाइने

म्याग्दी। बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे । मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताए । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २०… पुरा पढौ

तोलामा ५०० ले घट्यो पहेँलो धातुको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको… पुरा पढौ

खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सवमा रमाइलो कार्यक्रम

पोखरा । नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले पोखरामा रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीको अध्यक्षतामा भएको सभामा हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवले स्वागत गरेका थिए । संस्थान प्राङगणमा भएको कार्यक्रममा घैटो फुटाउने, गोलाप्रथाद्वारा कर्मचारीलाई पुरस्कृत गरिने लगायत कार्यक्रम भएको पोखरा शाखाका प्रशासन प्रम्ुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । कर्मचारी केदार धमला र अच्युत घिमिरेले सञ्चालन गरेको कार्यक्रममा… पुरा पढौ

मातृभुमीकालागि नेपाली अभियान पोखरा १३ को संयोजकमा बराल

पोखरा । मातृभुमीका लागि नेपाली अभियान पोखरा १३ को संयोजकमा शिबराज बराल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न भेलाल बरालको संयोजकत्वमा २५ सदस्यिय समिती चयन गरेको हो ।समितिको सह संयोजक राजु क्षेत्री, सचिव बुद्धी प्रकाश बराल , सहसचिव राजन सिग्देल र बिशाल बराल तथा कोषाध्यक्षमा परमेश्वर बराल चयन भएका छन् । यस्तै सदस्यहरुमा सुर्यबहादुर सिग्देल, राजेन्द्र बराल , दिपक अधिकारी, राम बहादुर परियार,बिकाश बराल, जिवन बराल,सुमन अधिकारी, निर्मल बराल,,अमृत बराल,शिब देबकोटा, रबी बराल, सुरज अधिकारी, बिजय सुनार राजेन्द्रप्रसाद बराल,… पुरा पढौ

सेराबेसी खानेपानी समितिमा भण्डारी

तनहुँ । तनहुको शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेसीमा कृयाशिल सेराबेसी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो अधिवेशन तथा छैटौं साधारणसभाले हरिप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा भोलानाथ पन्थी, सचिवमा रामभक्त खनाल, कोषाध्यक्षमा सीता पन्थी रहेका छन् । त्यस्तै समितिका सदस्यहरूमा बन्धुराज भण्डारी, हिमालयराज ढकाल, लक्ष्मीकुमारी भण्डारी, विश्व।राज वाग्ले, तिलादेवी भण्डारी, श्रीप्रसाद तिम्सिना र जुना परियार रहेका छन् । समितिको लेखा समितिमा संयोजक केशवराज पौडेल र सदस्यहरूमा हरिश्चन्द्र पन्थी र विश्वराज भण्डारी छन् ।… पुरा पढौ

जेल ब्रेकर राजु क्षेत्री असहाय : बालकहरुको सहारा बन्दै

आमा मानसिक सन्तुलन गुमाएकी । बुबा सानैमा बिते । ३ छोरा र १ छोरी मध्ये सबैभन्दा जेठी दिदी विवाह भएर गइन् । १३ वर्षिय छोरा मानसिक सन्तुलन गुमाएर घरमै छन् । ९ वर्षिय र ५ वर्षिय नाबालक २ छोरा बिचल्लीमा छन् । यो बागलुङ जिल्लाको विकट क्षेत्र मानिने बडिगाड गाउँपालिका वडा नम्बर २ को टोपबहादुर विकको परिवारको पीडा हो । आर्थिक अवस्था कमजोर रहेका ती २ नाबालक विद्यालय जानबाटसमेत बञ्चित छन् । रेखदेख गर्ने बुबा सानैमा बिते । आमा आफै… पुरा पढौ