समाचार

कास्की प्रसासनमा थानेश्वर गौतम आउने

पोखरा । जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको सरुवा भएको छ । ढकाललाई जिल्ला प्रसासन कार्यालय धादिङमा सरुवा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयबाट कास्कीको प्रमुख जिल्ला अधिकारीमा थानेश्वर गौतमलाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । कास्कीको प्रमुख जिल्ला अधिकारी भएर आउन लागेको गौतम यसअघि गृहमन्त्रालय सिंहदरवारमा कार्यरत थिए । मन्त्रिस्तरिय निर्णयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । पुरा पढौ

तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौँ। काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिए । यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा,… पुरा पढौ

भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० को मृत्यु

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । कोरोनाभाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ८२५ जना पुगेको छ । हाल भारतमा एक लाख ५५ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने १… पुरा पढौ

ओझेलमा पर्यटकीय रामकोट

बलेवा। बाग्लुङको काठेखोला गाउँपालिका–५ को रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा परेको छ । लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्र बनाउने आश्वासन दिए पनि पूर्वाधार निर्माण तथा अन्य क्रियाकलापले प्राथमिकता नपाएका हुन् । देवघाटधामका सञ्चालक ज्ञानानन्द सरस्वतीले लामो समयसम्म रामकोटको संरक्षण गरेका थिए । उनी देवघाट झरेपछि स्थानीय तह, प्रदेश र सङ्घीय क्षेत्रको बजेट तथा कार्यक्रम नपरेको हो । ज्ञानानन्द सरस्वतीका गुरु परमानन्दसमेत यही जन्मेका थिए । बिहुँमा रहेको रामकोट र त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो… पुरा पढौ

५०० ले घट्यो पहेंलो धातुको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो । यसै… पुरा पढौ

बिरामी बोकेको जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन्। मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा ल्याउँदै गरेको जिप दुर्घटना भएको हो। घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि… पुरा पढौ

प्राडा थापालाई पुरस्कार राशीसहित तनहुँ रत्न सम्मान

प्राडा बुद्धिबहादुर थापा बिहीबार तनहुँ रत्न पुरस्कार २०७७ बाट सम्मानित भएका छन्। तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट स्थापना गरेको यो पुरस्कारबाट प्राडा थापा सम्मानीत भएका हुन् । तनहुँ सम्पर्क समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले प्राडा थापालाई १० पुरस्कार राशीसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे। समाजले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषको प्राप्त ब्याजबाट पा्डा थापालाई नगदसहित सम्मान गरेको हो । प्राडा थापा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्। शुक्लागण्डकी ३ वनकेवामा जन्मिएका उनी झण्डै ४ दशकदेखि चिकित्सा क्षेत्रमा क्रियाशील… पुरा पढौ

विप्लव समूहका मुस्ताङ इञ्चार्ज फिल्टर पक्राउ

नेत्रविक्रम चन्द् (विप्लव) नेतृत्वको नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई बिहीबार प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ। म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ। पुन एनसेलको टावर, डोजर लगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ। पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन्। पुरा पढौ

अभिनेत्री मिथिला शर्मालाई लालबहादुर–चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार

अभिनेत्री मिथिला शर्मालाई लालबहादुर–चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार प्रदान गरिने भएको छ। संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित उक्त पुरस्कार नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रसिद्ध नृत्यकलाकार तथा अभिनेत्री शर्मालाई प्रदान गरिने भएको हो। केन्द्रको बुधबार बसेको बैठकले यस वर्ष उक्त पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो। प्रत्येक २/२ वर्षमा उक्त पुरस्कार प्रदान गरिदै आएको छ। केन्द्रका संस्थापक अध्यक्ष स्व.लालबहादुर ढेवाजूको स्मृतिमा धर्मपत्नी चण्डेश्वरी ढेवाजूले २०५५ सालमा एक अक्षयकोष खडा गरी लालबहादुर ढेवाजू स्मृति संगीत पुरस्कार संचालन गर्ने… पुरा पढौ

नेपालका खिमकाजी लामिछानेको फोटो ‘युरोरडिस फोटो अवार्ड’मा दोस्रो

नेपालका खिम लामिछानेको फोटो ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा दोस्रो भएको छ। दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछानेको फोटोले दोस्रो भएको हो। गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन्। विभिन्न ३० मुलुकका ४ सय भन्दा बढी फोटोपत्रकारले खिचेको २ हजार ७३ फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ। प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएको थियो। सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस… पुरा पढौ