समाचार

मनाङमा ३३ केभीको प्रसारण लाइन

मनाङ। हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ। यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो । सीमित जनशक्ति, भौगालिक विकटता अत्यधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटकपटकको प्रयासपछि भारतबाट फाइवर इन्सुलेटर झिकाएर… पुरा पढौ

पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि

काठमाडौँ। स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ । त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। सोमवार बिहान नयाँ दिल्लीको एम्स अस्पताल पुगेर मोदीले भारत बायोटेक निर्मित कोभ्याक्सिनको पहिलो डोज लिएका हुन्। कोरोना खोप लिएपछि मोदीले सामाजिक सञ्जालमा आफ्नो फोटो सेयर गरेका छन्। मोदीले खोप लिन योग्य सबैलाई यो कार्यक्रममा सहभागी बन्न र भारतलाई कोरोना मुक्त बनाउन सबै मिलेर लाग्न अपिलसमेत गरेका छन्। पुरा पढौ

अशक्त र ज्येष्ठ नागरिकले अर्को सातादेखि आफ्नै घरमा कोरोनाविरुद्धको खोप लगाउँदै

अशक्त र ज्येष्ठ नागरिकहरुले अर्को साताबाट घरमै बसेर कोभिड–१९ विरुद्धको निःशुल्क खोप लगाउन पाउने भएका छन्। सरकारले आउँदो आइतवारदेखि ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको हो। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको बताए। त्यसअघि सरकारले संघीय संसदका सांसदहरुलाई खोप दिने तयारी गरेको छ। समुदायमा खोप लगाउनुअघि सकारात्मक सन्देश दिन सांसदहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।… पुरा पढौ

भानु जन्मस्थल पुनः संघ मातहत

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः संघीय सरकार मातहत आएको छ। संघीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनःसंघीय सरकार मातहत राखिएको हो। शुक्रबार भएको निर्णयसँगै भानु जन्मस्थल विकास समितिको सम्पूर्ण जिम्मा अब संघीय सरकारले गर्ने तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिएका छन्। ‘स्थानीयस्तरबाट पनि जन्मस्थललाई संघीय सरकार मातहत राख्न माग भइरहेको थियो, लामो समयको प्रयासपछि उक्त कामले सार्थकता पाएको छ,’ श्रेष्ठले भने। संघीयता कार्यान्वयनसँगै स्थानीय… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाका मजदूर आन्दोलित

तनहुँको १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब सुरु भएको छ। शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चीनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चीनियाँ व्यक्तिले ढुंगा प्रहार गर्दा स्काभेटरको सिसा फुटेपछि कर्पोरेशनका व्यवस्थापक र मजदूरबीच तनाब उत्पन्न भएको हो। सोही विषयलाई लिएर मजदूरले विगत लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै करीब ४ सय मजदूर आन्दोलनमा उत्रिएका छन्।… पुरा पढौ

कार्यकर्ता प्रशिक्षणका लागि प्रधानमन्त्री ओली आज पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज पोखरा आउने भएका हुन् । प्रधानमन्त्री ओली गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने नेकपा ओली पक्षका प्रदेश ईञ्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ओली आज पूर्वाह्न ११ः४० बजेको बुद्ध एयरको फ्लाइटबाट पोखरा आउने नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी… पुरा पढौ

फेवातालको गहिराई बढाउन आजदेखि माटो निकालिदै

नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराई बढाइने भएको छ । फेवा बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर सोमबारदेखि फेवातालको गहिराई बढाउन शुरु गरिने भएको हो । यसअघी बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । नागरिक स्तरबाट आवाज उठेसँगै संघसंस्थाले दवाब बढाएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालयलगायतका सरोकारवालाहरुको बैठकले फेवातालबाट माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्ने निर्णय गरेको हो… पुरा पढौ

आवश्यकता पर्यो भने प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी “हिमाल”ले आवश्यकता प¥यो भने प्रदेशको नाम दुई तिहाइले फेर्न सकिने बताएका छन् । नेपाल मगर संघको ३९ औं स्थापना दिवसका अवसरमा मगर संघ, कास्कीले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभामुख अधिकारीले प्रदेशको नामाङ्कनका सन्दर्भमा मगर समुदायको भावना समेट्न नसकिएको भन्दै दुःख व्यक्त गरे । असन्तुष्टिका बीच साझा पहिचान खोज्ने क्रममा प्रदेशको नाम “गण्डकी” राखिएको भन्दै उनले पहिचानका आधारमा भन्दा पनि भौगोलिक र प्राकृतिक आधारमा प्रदेशको नाम राखिएको स्पष्ट पारे ।सभामुख अधिकारीले भने, “मलाई के… पुरा पढौ

सामुदायिक सेवा केन्द्रको उदघोषण तालिम सम्पन्न

सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले आयोजना गरेको त्रिदिवसीय उदघोषण तालिम सम्पन्न भएको छ । पोखरा १५ लक्ष्मीटोल आमा समुहको भवनमा शुक्रबारदेखि शुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दे कार्यक्रमका प्रमुख अतिथि वडानं १५का वडाध्यक्ष प्रकाश पौडेलले तालिममले सहभागिहरुमा आत्मबल बढाउन सहयोग पुगेको बताउनु भयो । संसार प्रस्तुतिकरणमा अडेको भन्दै घर परिवार समाज सवै ठाउँमा बोल्ने कला महत्वपूर्ण हुने उहाँको भनाई थियो । सहभागिहरुलाई तालिममा सिकेका कुरालाई ब्यवहारमा उर्तान अध्यक्ष पौडेलले आग्रह… पुरा पढौ