समाचार

हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन ”,उनले भने । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य… पुरा पढौ

तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : उपसभामुख शर्मा

गण्डकी। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सङ्घीयता कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहने बताएकी छिन् । नेपाल कानून समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय गर्न बनेको ऐनसम्बन्धी प्रतिवेदनमाथिको जुममार्फत् भएको छलफल कार्यक्रममा उनले कानून निर्माणसँगै कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी हुन् । निर्माण गरिएको कानूनले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उपसभामुख शर्माले यसबाट मुलुकमा सुशासन कायम गर्दै समृद्धिको अभिायनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नयाँ संविधानले… पुरा पढौ

रु १,१०० ले उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार… पुरा पढौ

कुमुदिनी होम्सका विद्यार्थीद्वारा ब्रोन्ज सेक्सन पूरा

पोखराको गैरापाटनस्थित कुमुदिनी होम्सका विद्यार्थीद्वारा ब्रोन्ज सेक्सन पूरा गरेका छन्। विद्यार्थीले विश्वको प्रतिष्ठित ड्युक अफ एडिनवर्गको अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत ब्रोन्ज सेक्सन पूरा गरेका हुन्। झण्डै १ वर्ष अवधिसम्मको सहभागितामा विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ जना विद्यार्थीले आवश्यक मापदण्ड पूरा गरेका हुन्। विद्यार्थीहरुले सोको लागि ७ घण्टा साहसिक यात्रा, १२ घण्टा शारीरिक मनोरञ्जन, १२ घण्टा कौशल र २६ घण्टासम्म स्वयंसेवा गरी सक्रिय सहभागिता जनाएका थिए। विद्यालयका निर्देशक कुशल पालिखेले पोखराबाट प्रतिष्ठित सो अवार्डमा ब्रोन्ज सेक्सन पार गर्नु आफैमा खुसीको विषय… पुरा पढौ

बागलुङ गलकोटको ३ सामुदायिक वनमा आगोलागी

बागलुङ जिल्लाको गलकोटस्थित ३ सामुदायीक वनमा ठ्ूलो आगलागी भएको छ। सोमबार दिउँसोदेखि तीनवटै सामुदायीक बनमा आगलागी भएको हो। आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित छन्। गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायिक वनमा आगलागी हुँदा करोडौको क्षति भएको स्थानीयले बताएका छन्। भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको जनाइएको छ। आगलागीको कारण दानसिङडाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको छ। दिउँसोदेखि इलाका प्रहरी… पुरा पढौ

‘व्यास पराशर’ र ‘आध्यात्मक रामायण’ कृतिको विमोचन

‘व्यास पराशर’ र ‘आध्यात्मक रामायण’ कृतिको दमौलीमा विमोचन गरिएको छ। व्यासका अध्येता काशीनाथ न्यौपानेले ‘व्यास पराशर’ कृति लेखेका हुन्। स्वर्गीय श्री १००८ स्वामी डा. गिरीजी महाराजले ‘आध्यात्मक रामायण’ कृतिको नेपाली भाषामा अनुवाद गरेका हुन्। साहित्यकार न्यौपानेद्धारा लिखित कृति व्यास नगरपालिकाले प्रकाशन गरेको हो। साहित्यकार न्यौपाने यसअघि ११ वटा पुस्तक प्रकाशित भइसकेका छन्। साहित्यकार न्यौपाने व्यास नगरपालिका–४ दमौली निवासी हुन्। पराशर आश्रम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा दुवै कृतिको महेश गुरुकुल आश्रम देवघाटका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरी महाराज, अभय… पुरा पढौ

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नम्बर ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो। कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले १ हजार २ सय ७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए। ‘उकालोमा १.५ मिटर चौडाइमा ढुंगा चिनेर र तेर्सोमा ढुंगा बिछ्याइएको छ’, उनले भने, ‘उपभोक्ता समितिले ३९ लाख २० हजार भुक्तानी लगेका छन् ।’… पुरा पढौ

नेकपा विवादले देशमा संकट निम्त्यायो : महामन्त्री सिंह

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्याले देशमा संकट निम्त्याएको प्रतिक्रिया दिएका छन्। (नेकपा) मा आएको राजनीतिक समस्या सो दलमा मात्र सीमित नभएको सिंहले उल्लेख गरेका छन्। प्रगतिशील पत्रकार सङ्घ बागलुङले बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए। ‘यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्’, उनले भने, ‘नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै संकटमा पुग्यो।’… पुरा पढौ

फागुनको दोस्रो सातादेखि पोखरामा क्लब क्रिकेट प्रतियोगिता

पोखरामा फागुनको दोस्रो हप्ताबाट क्लबस्तरिय सुपर जनरल टी–२० क्रिकेट लिग प्रतियोगिता हुने भएको छ। के.एन. स्पोर्ट्स प्रालिको आयोजनामा पोखरा रंगशालामा फागुनको १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता संचालन भएको हो। प्रतियोगितामा विभिन्न जिल्लाका ८ टिमको प्रतिस्पर्धा रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा के.एन. स्पोर्ट्स प्रालिले जानकारी गराएको छ । प्रतियोगितामा सुपर जनरल पोखरा–११, चितवन क्रिकेट टिम, प्यालिगन्स तनहुँ, वाग्लुङ क्रिकेट क्लब, स्याङजा त्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, मिक्समाण्डु क्लब र स्टन एकेडेमी चितवनले गर्नेछ । प्रतियोगितावारे जानकारी दिदैँ प्रतियोगिता संयोजक कमल थापाले… पुरा पढौ

प्रतिनिधिसभा पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छः प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागभण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो । ‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’, उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।’ आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा… पुरा पढौ