समाचार

तनहुँमा सहिद चन्द्रबहादुर नेपालीको सालिक बन्दै

तनहुँका सहिद चन्द्रबहादुर नेपाली सार्कीको सालिक निर्माण गरिने भएको छ। व्यास नगरपालिका–१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सहिद चन्द्रबहादुर नेपाली छात्रवासको परिसरण्मा निर्माण गर्ने सालिकको शिलान्यास गरिएको छ । २००७ साल माघ–१ गते बन्दीपुरको अड्डा कब्जा गर्ने क्रममा नेपाली सहिद भएका थिए ।गण्डकी प्रदेशका सदस्य डोबाटे विकले शिलान्यास गरेका हुन् । सो अवसरमा सांसद विकले काँग्रेसको नेतृत्वमा भएको आन्दोलमा ६ जनाले सहादत प्राप्त गरेको र तिमध्ये नेपाली पनि सहि दबनेको उल्लेख गरे । नेपालमा प्रजातान्त्रिक आन्दोलनमा सहिद चन्द्र नेपाली जस्ता… पुरा पढौ

ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ

ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद्सम्बन्धी सूचना एकीकृत रुपमा आदान–प्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको हो। नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली अन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ। सोही बमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले मंगलबारदेखि उक्त पोर्टलको शुभारम्भ गरेको जनाएको छ। यस पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्यांक र सूचना लिन सहज हुने ब्यास नगरपालिकाका विपद्… पुरा पढौ

बहुप्रतिक्षित निशान म्यागनाइट पोखरामा सार्वजनिक

इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ। बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो। नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ। ‘मेक इन इण्डिया, मेड फर द वल्र्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू रहेको कम्पनीले जनाएको छ। जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ। समृद्ध अनुभव… पुरा पढौ

पोखरा महानगरका कर्मचारीलाई सकारात्मक सोंचको अभिमुखीकरण

पोखरा महागनरपालिकाले कर्मचारीहरुलाई सकारात्मक सोंच राख्न सिकाइएको छ। महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा भएको आवासीय अभिमुखीकरणमा ५० जना कर्मचारीको सहभागिता छ। ३ दिने कार्यक्रमको मेयर मानबहादुर जिसीले उद्घाटन गरेका थिए। सो अवसरमा उनले नागरिकको करबाटै सुविधा लिएका कर्मचरीहरुले नागरिकबाट गुनासो नै नआउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमका सहजकर्ता एवं पोखरा महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डाक्टर आरसी लामिछानेले महानगरका कर्मचारीहरुबीच योग्यतामा कुनै कमी नभएको तर शैली बदल्नुपर्नेमा बताए। पुरा पढौ

सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड–माधव पक्षले विघटित प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपा प्रचण्ड–माधव समूहले साँझमा पोखराको पृथ्वी चोकमा द्वीप प्रज्वलन गरेको हो । नेकपा प्रचण्ड–माधव समूह कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण), नेकपा केन्द्रीय सदस्यहरु श्रीनाथ बराल, सीता गिरी ओली, कास्की सचिव बखानसिंह तमु, नेकपा प्रचण्ड–माधव समूह पोखरा नगर कमिटी सचिव विश्वप्रकाश लामिछानेलगायतको नेतृत्वमा भएको कार्यक्रममा सहभागिहरुले सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई, सर्वोच्च अदालत विकेन, केपी ओली… पुरा पढौ

सर्वोच्च अदालतद्वारा संसद पुर्नस्थापनाको पक्षमा फैसला, १३ दिनभित्रै बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला सुनाएको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराले आज संसद पुर्नस्थापना गर्ने आदेश दिइएको फैसला सुनाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा… पुरा पढौ

अष्ट्रेलियाको ब्रिसबेनमा ब्लु पार्टीको तयारी

महाशिवरात्रिको छेको पारेर क्विन्स्ल्यान्ड इन्टरनेसनल इन्स्टिच्युटले ब्रिसबेनमा ‘ब्लु पार्टी, शिव डान्स स्प्रिट’ को तयारी पूरा भएको जानकारी दिएको छ । प्राचीन कालदेखि नै नेपालीले महाशिवरात्रि पर्वलाई महत्व दिँदै आएको हुँदा घरदेश बाहिर रहेका नेपाली र भारतीय समुदायलाई लक्षित गरी महाशिवरात्रि उत्सव मनाउन लागिएको हो ।उत्सवमा डिजे उरी र डिजे रूजालले नेपाली, बलिउड र इलेक्ट्रोनिक डान्स र म्युजिकको दमदार प्रस्तुति दिने जनाइएको छ । उक्त उत्सवमा कोरोना कहरपछिको नवसामान्य अवस्थामा सहभागीहरूले भरपुर मनोरञ्जन लिने विश्वास आयोजक क्युआइआइले जनाएको छ ।उत्सवलाई ‘ब्लु… पुरा पढौ

एक महिने ट्रेकिङ गाइड सम्बन्धी तालिम सुरु

जनप्रिय बहुमुखी क्याम्पस र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजना एवम् माछापुच्छ«े मोडेल ट्रेकको व्यवस्थापनमा स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विषय (बिएमटिएम) का विद्यार्थीलाई एक महिने ट्रेकिङ गाइड सम्बन्धी तालिम सुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले बिएमटिएम क्याम्पसको पहिचान भएकाले व्यवहारिक तालिकमलाई व्यवसायिक जीवनमा लागु गर्न अनुरोध गरे । पर्यटन प्रवद्र्धनका लागि राज्यले गर्नुपर्ने काम समुदायस्तरको क्याम्पसले सञ्चालन गर्नु गौरव भएको गिरीले बताए ।स्वागत मन्तव्यसहित कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले त्रिभुवन… पुरा पढौ

अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

काबुल । अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो । अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ । राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए । अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको… पुरा पढौ

फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

सिड्नी। प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो । फेसबुकले संचार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो । अस्ट्रेलिया सरकारले संचार माध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी… पुरा पढौ