समाचार

पोखराका शर्मा लागूऔषध सहित पक्राउ

पोखरा । लागू पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नम्वर २ भैरवटोल बस्ने वर्ष २४ का मुक्तान शर्मालाई प्रतिवन्धित लागूऔषध नाईट्रोभ्याट २११ ट्वावलेटसहित पक्राउ गरेको जनाएको छ । वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शर्माबाट उक्त परिमाणमा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ परेका शर्मा विरुद्ध लागूऔषध… पुरा पढौ

पोखरा आउँदै गरेको जीप पर्वतमा दुर्घटना, तीन जना घाइते

पोखरा । म्याग्दीको बेनीबाट पोखरातर्फ आइरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बेनीबाट पोखराका लागि छुटेको ग ३ च १०९ नम्वरको जीप कुस्मा– पोखरा सडकखण्ड अन्र्तगत पर्वतको मोदी गाउँपालिका–५ अम्बोट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका ६५ वर्षिय भिमबहादुर पुन, सोही स्थानका विशाल गर्बुजा र ताराबहादुर गर्बुजा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाइते मध्य ६५ वर्षिय पुनको मध्यम रहेको र बाँकी ३० वर्षिय गर्बुजाको अवस्था सामान्य रहेको… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाका नेपाली कुटपिटबाट गम्भीर घाइते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा कुटपपिटबाट एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गाउँपालिको वडा नम्वर ८ कुटुमका ५६ वर्षका गोरे नेपालीलाई स्थानिय हरि नेपाली (२४) र रबि नेपाली (२८) ले मादक पदार्थ सेवन गरि कुटपिट गरि घाइते बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । कुटपिट गम्भीर घाइते भएका नेपालीको गम्भीर अवस्थामा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रहरी नायव उपरीक्षक राज कुमार थिंङले जानकारी दिए । कुटपिटमा संलग्न दुबै जनालाई नियन्त्रणमा लिएर घटनाका विषयमा… पुरा पढौ

पर्वतमा भएको मोटरसाइकल दुर्घटनामा बाग्लुङका केसीको मृत्यु

बाग्लुङ । पर्वतको जलजला गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार जलजला गाउँपालिका–८ खनियाँघाटमा ध १ प ८९५८ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाग्लुङ नगरपालिका–२ आवारोड बस्दै आएका ३७ वर्षिय बाबुराम केसीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । केसी सवार मोटरसाइकल गाउँपालिकाको साघुरो सडकका कारण अनियन्त्रित भई २२ मिटर तल खोंचमा खसेको थियो । घटनाको बारेमा जानकारी प्राप्त हुन साथ पुगेको प्रहरीले उद्दार गरि उपचारका लागि धवलागिरी अञ्चल अस्पताल बाग्लुङ… पुरा पढौ

अस्ट्रेलियामा खोप अभियान शुरु

क्यान्बेरा।कोरोना भाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ । अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसक्नु भएको छ । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ । अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्य… पुरा पढौ

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो

नयाँदिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ३८५ जना पुगेको छ । भारतमा गत जनवरी १६ देखि कोभिड –१९… पुरा पढौ

बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा

गोरखा। एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले… पुरा पढौ

गलकोटमा सामूहिक किबी खेती

बलेवा। बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् । गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार ३०० किबीका बिरुवा रोपिएको हो । किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु सात… पुरा पढौ

बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कार्यालयले जारी गरेको सूचनामा तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार १६३ ट्याब्लेट, अनार्गन २५… पुरा पढौ

दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान

गलकोट।कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७-७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको ५८७ प्रस्तावनामा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने तथा दुर्गमतालाई आधार मानेर २२१ कृषि फर्म स्वीकृत गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।… पुरा पढौ