समाचार

सामुदायिक सेवा केन्द्र बगरको रक्तदान कार्यक्रम

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सामुदायिक बगरले सामाजिक क्षेत्रमा अग्रपंक्तिमा खटिएर काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका अध्यक्ष बोधराज कार्कीले समाजमा हुने विकृति विसंगति न्यूनिकरण गर्न कास्की जिल्लाका सामुदायिक क्रियाशिल भएर लागेको बताए । कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका महासचिव तथा वगरका निवर्तमान… पुरा पढौ

आईपीएलमा बिकेनन् सन्दीप

पोखरा । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । चेन्नईमा भइरहेको अक्शनमा सन्दीप पर्न नसकेका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्धन नगरेको हो । सन्दीपले यसअघि आईपीएलको तीन सिजन खेलिसकेका छन् । तीन सिजन नै दिल्ली क्यापिटल्सबाट खेलेका उनले ९ खेलबाट १३ विकेट लिएका थिए । पुरा पढौ

क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएपछि नयाँ कार्यतालिकाबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । बुधबार बसेको… पुरा पढौ

पाकिस्तानी राजदूत साहरेलद्वारा आँखा अस्पतालको निरीक्षण

चितवन। नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन्। उनले आज अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । उनले भने, “नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छाै ।” आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उनले प्रशंसासमेत गरे । कार्यक्रममा नेपाल नेत्रज्योति… पुरा पढौ

भारतमा कोभिड–१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

नयाँदिल्ली। भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण… पुरा पढौ

प्रधानमन्त्री ओलीबाट अदालतमा लिखित जवाफ पेश

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफँै लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैैँ उपस्थित भएर उनले लिखित जवाफ पेश गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पेश… पुरा पढौ

फोटोमार्फत विश्वसामु देशलाई चिनाउने लामिछानेको धोको

गण्डकी। विद्यालय क्षेत्रमा तीव्रगति र हर्न बजाउन निषेध लेखिएको छ, विद्यार्थी र शिक्षिका अध्ययन अध्यापनमा व्यस्त छन् । सडकमा भने एउटी महिलाले ह्विलचियरको सहायताले बच्चालाई विद्यालय पुर्याउँदै गरेकी छन् । तस्बिरले त्यही नै सङ्केत गरेको छ । ओस्टिओजेनेसिस इम्परफक्टा (ओआई) सजिलै हाड भाँचिने दुर्लभ रोगबाट ग्रसित भएर जीवनयापन गरिरहेका व्यक्तिको दिनचर्या समेटिएको शीर्षकमा आयोजित विश्वव्यापी फोटो प्रतियोगितामा पोखराका फोटोग्राफर खिमकाजी लामिछानेले खिचेको सो तस्बिर यतिखेर उत्कृष्ट पाँचौँ स्थानमा पर्दै फाइनलमा पुग्न सफल भएको हो । अमेरिकाका वरिष्ठ फोटो पत्रकार मार्कस… पुरा पढौ

म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ । चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए। “पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौँरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उनले भने, “कोरोनाका कारण थलिएको… पुरा पढौ

काँग्रेस नेताहरु देउवा र पौडेल आज सँगसँगै पोखरा आउँदै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आज (बिहीबार) सँगसँगै पोखरा आउँदैछन् । नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका शीर्ष नेता पोखरा आउने भएका हुन् । संसद विघटन भएपछि उनीहरुको यो पोखरा भ्रमण पहिलो हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेश कमिटीले कार्यक्रम राखेको छ । प्रशिक्षण थाल्नुअघि, संघले चिप्लेढुंगाबाट ¥याली निकाल्ने जनाएको छ। पुरा पढौ

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री पुन कोरोनामुक्त

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन कोरोना संक्रमणमुक्त भएकी छन्। १५ औं दिनमा मन्त्री पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो। २१ माघमा संक्रमण पुष्टि भएपछि उनी पोखरा महानगरपालिका ३० मोहरियास्थित प्रदेश सरकारकै संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत् थिइन्। मन्त्री पुनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य उपचारमा खटिएका सरुवा रोग अस्पतालका निर्देशक एवं संपूर्ण टिम, शुभेच्छुक, गण्डकी प्रदेश मुख्यमन्त्री लगायतलाई आभारसहित धन्यवाद प्रकट गरेकी छन्। मन्त्री पुनले फेसबुकमा लेखेकी छन, ‘मेरो स्वास्थ्य उपचारमा दिनरात खटिनु हुने संक्रामक तथा… पुरा पढौ