समाचार

स्थानीय सरकारद्वारा २९ सडक कालोपत्र सम्पन्न

लमजुङ।लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि २०६६-७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो । नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने, “हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब रु चार… पुरा पढौ

बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौँ। बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार यस प्रणाली सक्रिय नभएकाले ठूलो हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै प्राप्त मात्रमा जलवाष्युक्त बहनु पर्छ । हाल देशको उच्च… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने पार्टी कार्यालयले जनाएको छ ।… पुरा पढौ

मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ७० कविता छनोट

मातृभाषा राष्ट्रिय कविता महोत्सवका लागि ७० वटा कविता छनोटमा परेका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय राष्ट्रिय कविता महोत्सव गर्ने भएको हो। फागुन ९ गते प्रतिष्ठानकै हलमा महोत्सव हुनेछ। विभिन्न ५७ भाषाका ७० जना कविले कविता वाचन गर्ने सूची तयार भएको प्रष्ठिान मातृभाषा तथा साहित्य विभागले जनाएको छ। विभागका अनुसार विगतका वर्षहरुमा जस्तै यस वर्षपनि विभिन्न मातृभाषाका कविताहरु छनोट गरी प्रस्तुत गर्ने सूची तयार पारिएको हो। दिवसको असरमा प्रतिष्ठानले फागुन १० गते मातृभाषाका विभिन्न पक्षबारे विचार… पुरा पढौ

अमेरिकामा हिमआँधी आयो, अहिलेसम्म २० जनाको मृत्यु

अमेरिकामा शक्तिशाली हिमआँधी आउँदा अहिलेसम्म २० जनाको ज्यान गएको छ। टेक्सास, केन्टुकी, नर्थ क्यारोलिना र मिजौरीलगायत राज्यहरूमा आँधीले निकै असर गरेको छ। विद्युत प्रवाह, फोन नेटवर्क र यातायात सेवा ठप्पप्रायः भएको छ। स्थानीय मिडियाहरूले गरेको अपडेटअनुसार हिमआँधीमा परी अहिलेसम्म २० जनाको मृत्यु भएको छ। लाखौं मानिसहरू सञ्चार सम्पर्कविहीन भएकाले उनीहरूको अवस्था थाहा लाग्न सकेको छैन। अत्यधिक चिसो बढेको, तर हिमआँधीका कारण विद्युत कटौती हुँदा निकै सकस परेको बताइएको छ। सडकदेखि घरसम्म जताततै आँधीमा आएको हिउँ थुप्रिएको छ। एजेन्सी पुरा पढौ

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३ सय जनाको जिवितै उद्दार

कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। कंगोको मानवीय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुष्टि गरेका हुन् । माइ नोम्बे प्रान्तको लङगोला नजिकै ७ सय जना सवार डुंगा दुर्घटना भएको हो। उद्दारकर्ताहरुले ३ सय भन्दा बढीलाई जिवितै उद्दार गरेको बताइएको छ। रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन्। अत्याधिक भार… पुरा पढौ

बंगलादेशमा ५ जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। ६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा संलग्नमध्ये एक दोषीलाई भने जन्मकैदको सजाय सुनाइएको छ। सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने थुप्रै लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो। त्यसक्रममा सबैभन्दा पहिला अभिजित रोयको हत्या भएको थियो। अभिजित रोयले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए। यसअघि, केही दिनअघि मात्रै अभिजित रोयको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या… पुरा पढौ

श्री केदारेश्वरमा सरस्वती पूजनोत्सव वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता

श्री केदारेश्वर छात्र परिषद्को आयोजनामा सरस्वती पूजनोत्सव वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। केदारेश्वर महादेवमणी सेवाआश्रमको सहयोग तथा केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमको संयोजनमा भएको हाजिरीजवाफ प्रतियोगितामा उत्तम दुवाडीको समुह प्रथम, माधव गौतमको समुह द्धितिय, कृष्ण ढकालको समुह तृतीय र गणेश भण्डारीको समुहले सान्त्वना स्थान प्राप्त गरे। वक्तृत्वकला प्रतियोगितामा कृष्ण ढकाल प्रथम, उत्तम दुवाडी द्धितिय, प्रल्लाद दवाडी तृतीय र गणेश भण्डारी सान्त्वना भए। कार्यक्रमा सरश्वती माताको विधिपुर्वक विशेष पुजा समेत गरिएको थियो। सोही कार्यक्रममा विद्यालयमा अध्ययरत उत्कृष्ठ अंक प्राप्त गर्न… पुरा पढौ

विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठे पक्की छात्रावास निर्माण

पोखरास्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्रावास भवन निर्माण गरिएको छ। १८ कोठासहितको तीनतल्ले भवनको मंगलबार आयोजित एक कार्यक्रमकाबीच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले उद्घाटन गरे। कार्यक्रममा अध्यक्ष प्राडा सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा जोड दिए। एनले संस्कृत शिक्षालाई समयसापेक्ष रुपमा जीवनोपयोगीका साथै समाजोपयोगी बनाउनेतर्फ कृयाशिल बन्नुपर्ने बताए। उनले संस्कृत भाषा, साहित्य र पम्परा हाम्रो जन्मदेखि मृत्युपर्यन्त जोडिदै आएको उल्लेख गरे। संस्कृत प्रदत्त ज्ञानको सदुपयोगका लागि भाषा जीवन्त हुनुपर्ने उनको भनाई थियो। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद… पुरा पढौ

शिक्षासेवी क्षेत्रबहादुर कुुँवरको ‘जीवन कथा’ पुस्तक लोकार्पण

पोखराका शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ पुस्तक लोकार्पण गरिएको छ। कुँवरको ७५ औं जन्मोत्सवको अवसरमा उनको पोखरा–१४ स्वर्गद्वारी निवासमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो। प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले पुस्तक विमोचन गर्दै पुस्तकबाट उनलाई अझ नजिकबाट चिन्ने अवसर मिल्ने बताए। वरिष्ठ फिजिसियन समेत रहेका प्राडा थापाले कुँवरको नियमित स्वास्थ्य जाँच गरेको स्मरण गर्दै साहित्यिक कर्ममा अझै लाग्ने उत्प्रेरणा मिलोस् भनी दीर्घायुको कामना गरे। पोखराको शिक्षा, साहित्य, पत्रकारिता, राजनीतिक तथा समाजसेवामा योगदान पु¥याएका… पुरा पढौ