समाचार

गण्डकी प्रदेश प्रमुख शेरचन–बेपत्ता आयोगका अध्यक्षबीच भेटघाट

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसँग बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले शिष्टाचार भेट गरेका छन्। मंगलबार भएको शिष्टाचार भेटका क्रममा आयोगका अध्यक्ष सुवेदीले बेपत्ता छानविनका सम्बन्धमा आयोगले गरेका कामबारे प्रदेश प्रमुख शेरचनसमक्ष ब्रिफिङ गरेका थिए। सो अवसरमा अध्यक्ष सुवेदीले विगतमा द्वन्द्वरत पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको छानविन र पीडितका बारेमा नीतिगत रुपमा सम्बोधन हुनुपर्ने धारणा राखे। त्यस्तै, प्रदेश प्रमुख शेरचनले आयोगले गरेका कामबारे आफू सन्तुष्ट भएको र बेपत्ता छानविनमा आयोगलाई अझै सक्रिय भएर लाग्न सुझाव दिए। पुरा पढौ

शुक्लागण्डकी सेरावेशी स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य सामाग्री सहयोग

समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेसीमा यही पुसदेखि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करिब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका छन् । स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच आज महिला स्वास्थ्य स्वयं सेविका मधुमाया पन्थीले हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा प्रमुख अतिथि एवम् शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज पहुँचका लागि सेराबेसीमा विशेष स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए। केन्द्रबाट हाल हप्तामा दुई… पुरा पढौ

सरकारले कोरोना विरुद्धको खोप अग्रिम भुक्तानी गरेर खरिद गर्ने

काठमाण्डौँ । सरकारले कोरोना विरुद्धको खोप अग्रिम भुक्तानी दिन सक्ने गरि खरिद गर्ने भएको छ । भारतले निर्माण गरिरहेको कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रिम भुक्तानी गर्ने गरि निर्णय मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले गरेको एक मन्त्रिले जानकारी दिए । सरकारले भारतको सिरम इन्स्टिच्यूटले तयार गरिरहेको २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको जनाइएको छ । पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौ । मूल्य बढाएको एक साता नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमको आज बसेको बैठकले राती १२ : ०० बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको साबिकको खुद्रा बिकि मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो । पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई ईन्धनको आन्तरिकतर्फको नयाँ खुद्रा विक्रि मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् । विज्ञप्तिमा मूल्य समायोजन पश्चात् पनि… पुरा पढौ

पछिल्लो २४ घण्टामा पोखरामा ५.२ मिलिमिटर वर्षा

पोखरा । पश्चिमी वायुको प्रभावका कारण पोखरा सहित देशका उच्च पहाडी तथा हिमाली भू भागहरुमा आंशिक तथा सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यता, जल तथा मौसम विज्ञान कार्यालय, पोखराले दिएको जानकारी अनुसार आज दिउँसोबाट पोखरासहित आसपासका स्थानमा वर्षा भएको छ । कार्यालयका अनुसार मंगलबार साँझसम्म पोखरामा ५.२ मिलिमिटर वर्षा भएको छ । यस्तै स्याङ्जामा २५.५ मिलिमिटर, लुम्लेमा २३.७ मिलिमिटर र खैरनीटारमा १४.९ मिलिलिटरवर्षा मापन गरिएको छ । यस्तै कार्यालयका अनुसार आज पोखराको न्यूनतम तापक्रम ८.२ डिग्री… पुरा पढौ

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

काठमाण्डौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफका लागि रविना गोलेले एउटा गोल गर्नुभएको थियो । पुलिस क्लबले एपीएफका लागि एउटा आत्मघाती गोल गरेको थियो । पुलिस क्लबका लागि भने एक मात्र गोल अमृता जैशीले गरिन् ।… पुरा पढौ

गङ्गामायाको जीवन रक्षा गर्न सरकारलाई आयोगको निर्देशन

काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्र्रप्रसाद… पुरा पढौ

पोखरामा आजबाट मुख्यमन्त्री कप भलिबल शुरु, स्याङ्जासंग कास्की पराजित

पोखरा । पोखरामा आजबाट शुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कास्की स्यङ्जासंग सोझो सेटमा पराजित भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा स्याङजाले कास्कीमाथि २५–१९, २५–१८ को सेटको नजिता निकालेको हो । पुरुष तर्फ नै अर्को खेलमा तनहुँले मुस्ताङमाथि सहजै पराजित गर्यो । सोझो सेटमै पराजित गर्ने क्रममा तनहुँले मुस्ताङमाथि २५–१७, २५–९ को सेटले पन्छाएको थियो । सोही प्रतियोगितामा महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा… पुरा पढौ

बिन्दवासिनी संस्कृत विद्यापीठमा छात्रावास भवन उद्घाटन

पोखरा । पोखरास्थित बिन्दवासिनी संस्कृत विद्यापीठमा छात्रावास भवन निर्माण गरिएको छ । अठार कोठासहितको तीन तले पक्की भवनको आज आयोजित एक कार्यक्रमका बीच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष प्रा डा सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा जोड दिँदै संस्कृत शिक्षालाई समयसापेक्ष रुपमा जीवनोपयोगीका साथै समाजोपयोगी बनाउनेतर्फ क्रियाशील बन्नुपर्ने बताए । संस्कृत भाषा, साहित्य र पम्परा हाम्रो जन्मदेखि मृत्युपर्यन्त जोडिँदै आएको उल्लेख गर्दै उनले संस्कृतप्रदत्त ज्ञानको सदुपयोगका लागि भाषा जीवन्त हुनुपर्ने आवश्यकता… पुरा पढौ

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतद्वारा वसन्त श्रवण

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन् । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो । समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो । समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले ‘गीत गोविन्द’ महाकाव्यको दोस्रो अध्यायमा संस्कृत भाषामा रहेको वसन्त श्रवण गराएका थिए । सो… पुरा पढौ