समाचार

धौलागिरि चक्रीय पदमार्गको यात्रा सहज बन्दै

म्याग्दी। म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो । आधार शिविरसम्म व्यवस्थित पदमार्ग निर्माण भएपछि आवतजावतसहज हुनाका साथै पर्यटक आगमन बढ्न थालेको धवलागिरि–४ खाम्लाका यामलाल शर्माले बताए । सो आधार शिविरको पर्यटन विकासका लागि गाउँपालिका, सङ्घीय र प्रदेश सरकारको साझेदारीमा पदमार्ग, सूचना केन्द्र र मोबाइल फोन सेवा विस्तारको लागि… पुरा पढौ

सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने

काठमाडौँ। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक विविधताको संरक्षणका लागि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउनुपर्नेमा जोड दिए।सिमसार क्षेत्र संँगसँंगै चुरे संरक्षण क्षेत्रको पनि दोहन भइरहेकाले चुरे संरक्षणमा ध्यान दिन जरुरी रहेकामा जोड दिँदै उनले सिमसार क्षेत्र तथा तराई चुरे संरक्षणका लागि मन्त्रालयले अहंम भूमिका खेलिरहेको बताए… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

नयाँ दिल्ली।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ । यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका थिए ।… पुरा पढौ

वनमा आधारित उद्योग सञ्चालन गर्दै प्रदेश महासङ्घ

गण्डकी। सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासङ्घको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौँ पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।गण्डकी प्रदेश सरकार, प्रदेशअन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गइरहेका वन पैदावारको उपयोग गरी आयआर्जनसहित रोजगारी सिर्जना गर्ने खालका उद्योग गर्ने भएको हो । सामुदायिक वन क्षेत्रमा रहेको काठ र गैरकाठलाई आधुनिक प्रविधिको माध्यमबाट बजारको आवश्यकतानुसारका विभिन्न कच्च पदार्थलगायत तयारी फर्निचर उत्पादन गरी… पुरा पढौ

सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु

कास्की। कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ«ेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको पहिलो सातादेखि विद्युत्गृह ९पावर हाउस० निर्माण शुरु गरिएको आयोजनाले जनाएको छ । सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृत्गृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विद्युत्गृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा… पुरा पढौ

भाँडा व्यवसायी संघको अध्यक्षमा आचार्य

पोखरा भाँडा व्यवसायी संघको शनिवार सम्पन्न १४ औं साधारण सभा र सातौं अधिवेशनले आगामि २ वर्षका लागि नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्ष वलराम तिमिल्सिना, उपाध्यक्ष कविन्द्रमान पालिखे, सचिव लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ र सहसचिव सुनकुमारी गुरुङ छन् । सदस्यमा रञ्जना मानन्धर, दिलमाया प्रजापति, मनोहरी भण्डारी, विक्रम पालिखे, कृष्ण श्रेष्ठ, सुवाष कटुवाल, किशोर भण्डारी, अशोक गोशेली, मोहन पुरी, निरा आचार्य, रामजी बराल र शिव लामिछाने छन् । त्यस अवसरमा वरिष्ठ व्यवसायी सम्मानबाट भुवन… पुरा पढौ

अधिकारकर्मीको विरोधपछि फेवाताल किनारमा रेलिङ लगाउने काम रोकियो

पोखराको पर्यटकीय केन्द्र लेकसाइडको फेवाताल किनारमा निजी कम्पनीले लगाउन लागेको रेलिङको काम रोकिएको छ । पोखरा महानगरपालिका वडा नं. ६ ले वाराही घाटदेखि पहारी घाटसम्मको करिब २ सय मिटरमा रेलिङ लगाउन स्लास प्लस प्रालिलाई अनुमति दिएको थियो । वडा कार्यालयले पुस ७ गते प्रालिलाई सुरक्षा, सूचना र विज्ञापन झल्किने सामग्री राख्न पाउने गरी रेलिङ लगाउन अनुमति दिएको हो । रेलिङ निर्माण गर्ने कार्य रोक्न माग गर्दै मेयरलाई ज्ञापन पत्र बुझाउँदै अधिकारकर्मी प्रालिले रेलिङ लगाउन थालेपछि स्थानीयले विरोध गरेका थिए ।… पुरा पढौ

विद्यालयमा स्वास्थ्य सामग्री प्रदान

नेलम्बो नेपालले पोखराका ३ विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।संस्थाले कोभिड १९ को विषम् परिस्थितिलाई मध्येजनर गर्दै सामग्री हस्तान्तरण गरेको हो। पोखरा–२५, हेमजा स्थित ग्रामप्रकाश आधारभूत विद्यालय, पोखरा ३० को त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालय र पोखरा २६ को लक्ष्मी माध्यमिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो। संस्थाले मास्क, सेनिटाइजर, स्प्रे बोतल, के.एन ९५ माक्स, फेस सिल्ड, हात धुने साबुन, थर्मल गन लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हो।हेमजा स्थित ग्रामप्रकाश आधारभूतमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज पौडेल र… पुरा पढौ

पहुँचको आधारमा हुने विकासको अन्त्य गरी आवश्यकताको आधारमा विकास हुनुपर्छः सांसद बराल

गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले पहुँचको आधारमा हुने विकासको अन्त्य गरी जनताको आवश्यकताको आधारमा विकास हुनु पर्ने बताएका छन्। कास्की क्षेत्र नम्बर ३ (क) मा यस बर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत पोखरा १ र ३ को सिमानामा पर्ने तुल्सीघाट सडक निर्माण योजनाको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै सांसद बरालले अझैपनि पहुँचको भरमा बजेट दुरुपयोग भएकोले जनताको आवश्यकताको आधारमा मात्र विकास हुनु पर्ने बताए । उनले भने “ विकास निर्माणमा जो कसैले राजनीतिक… पुरा पढौ

मादी गाउँपालिकाको केन्द्र वेत्याहनीमा सार्न प्रदेश सरकारको सिफारिस

कास्कीको मादी गाउँपालिकाको केन्द्र वेत्याहनीमा सार्न प्रदेश सरकारले संघ सरकारमा सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले मादी गाउँपालिकाको गाउँसभाले पहिलो विकल्पका रुपमा अघि सारेको वेत्याहनीलाई पालिकाको केन्द्र बनाउन संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको हो । वेत्यानीमा केन्द्र सार्ने गाउँसभाले गरेको निर्णयलाई संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको गण्डकी प्रदेशका प्रमुख सचिव हरि पोखरेलले जानकारी दिए । वेत्यानी केन्द्र बनाउने निर्णय प्रदेश सरकारको होईन,‘उनले भने,‘गाउँपालिकाको निर्णय अनुसारै प्रदेशले संघ सरकारलाई सिफारिस मात्र गरेको हो ।’ मादी… पुरा पढौ