समाचार

मदन–आश्रित स्मृतिपार्कमा वृक्षरोपण

गण्डकी। पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित मदन आश्रिम स्मृतिपार्कमा आज वृक्षरोपण गरिएको छ। पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको सो जग्गामा मानगोट्रीका १० वटा बिरुवा रोपिएको हो ।स्थानीयवासीको सक्रियतामा बिरुवा रोप्ने खाल्टा खनिएको थियो भने आवश्यक पर्ने बिरुवा सोही स्थानमा निर्माण गरिएको नेपाल बञ्जीले उपलब्ध गराएको थियो । स्थानीय मदन आश्रित टोल विकास संस्थाद्वारा आयोजित सो कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वृक्षरोपण गर्दै वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिँदै आएको बताए । निर्वाचित जनप्रतिनिधिको साढे तीन वर्षको अवधिमा… पुरा पढौ

ने.रा.भू.पू.सैनिक तथा प्रहरी संगठन कास्कीको अध्यक्षमा शेरबहादुर

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन कास्कीको पाचौं अधिवेशनले वेलायती सैनिकका पूर्व नायक शेरबहादुर गुरुङको अध्यक्षतामा ३० सदस्यीय नया कार्य समिति चयन गरेको छ । अधिवेशनले ब्रिष्ठ उपाध्यक्षमा क्याप्टेन डेलबहादुर गुरुङ, उपाध्यक्षमा नायक शुकबहादुर खत्री, सचिवमा हवल्दार खमबहादुर केसी, सहसचिव वीरमाया गुरुङ, कोषाध्यक्षमा हवल्दार धीरबहादुर गुरुङ र सह–कोषाध्यक्षमा हवल्दार भक्तबहादुर गुरुङलाई चयन गरेको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज लालकाजी गुरुङले भूपू सैनिक तथा प्रहरीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।… पुरा पढौ

लौसीबोट सहकारी कृषि क्रान्तिमा

कृषिमा आत्मनिर्भर बन्ने उद्देश्यले ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था गठन सुरु भएको छ । पर्वत जिल्ला मोदी गाउँपालिका १ ताङले, लौसीबोट र मोहोरीया क्षेत्रका करिव १ सय २ घर परिवारले कृषिमा आत्मनिर्भर बन्ने, कृषि पेशालाई मर्यादित बनाउने, स्थानीय उत्पादनलाई बजारीकरण गर्ने योजनाले अघि बढेको महासचिव राम गुरुङले जानकारी दिए । सहकारीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको प्रारम्भिक भेलाले बाँझो रहेको करिव २० हजार रोपनी जमीनमा प्याकेजमा खेती गरिने जनाएको हो । ज्येष्ठ सेयर सदस्य क्याप्टेन रामबहादुर गुरुङको प्रमुख आथित्यतामा भएको… पुरा पढौ

एभरेस्ट एफएमकर्मी दीलप्रसाद गुरुङ सम्मानित

एभरेस्ट एफएमकर्मी दीलप्रसाद गुरुङ सम्मानित भएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जका प्राविधिक प्रमुख गुरुङ तमु सञ्चारकर्मी संघ नेपालद्वारा सञ्चालित ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार २०७७’बाट सम्मानित भएका हुन् । तमु सञ्चारकर्मी संघले पोखरामै आएर आईतबार एक कार्यक्रमकाबीच गुरुङलाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशीसहित फेटा, खादा र सम्मानपत्र प्र्रदान गरेको हो । उक्त पुरस्कारबाट पहिलोपटक रेडियो प्राविधिक सम्मानित भएको बताइएको छ । पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, ९ अर्बको कारोबार

काठमाण्डौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार… पुरा पढौ

प्रतिनिधिसभा विघटनका मुद्दा ः रिट निवेदकको बहस सकियो

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३औँ दिन आज रिट निवेदकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक १३ जना थिए । उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गरे । सोमबारदेखि विपक्षीको बहस शुरु हुनेछ । रिट निवेदकका तर्फबाट आज गोपाल पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल र खडानन्द कँडेलले बहस गरे । त्यस्तै रिट निवेदक लोकेन्द्रबहादुर ओली र केशरजङ्ग शाहीका तर्फबाट खेमानन्द अधिकारी र पूर्णप्रकाश बस्नेतले तथा रिट निवेदक कमलबहादुर खत्रीका तर्फबाट… पुरा पढौ

घाँस काट्ने क्रममा स्याङ्जाकी ६४ वर्षिया वृद्धाको मृत्यु

स्याङ्जा । स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धाको मृत्यु भएको छ । स्याङ्जाको हरीनास गाउँपालिका–५ बसन्तडाँडाकी ६४ वर्षिया सेती कमिनीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । शनिबार दिउँसो ४ बजे घाँस काट्नका लागि निस्केकी उनि नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा उनलाई सोही स्थानमा बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको अवस्थामा मृत अवस्थामा आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरा पढौ

कोरोनाबाट थप तीन नेपालीको निधन

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।… पुरा पढौ

ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप

मस्कट। खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ।भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिए । “भारतमा बनाइएको कोरोना विरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत रहेको परिणामस्वरुप हो,” विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित… पुरा पढौ

कालोपत्र सडक निर्माण शुरु

कास्की। कास्कीको माछापुच्छे गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ । ‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार समृद्ध माछापुच्छ«ेको आधार’को नारासहित अघि बढेको गाउँपालिकाले हालै पालिकाका तीन वडालाई जोड्ने गरी पक्की कालोपत्र सडक निर्माण शुरु गरेको छ । वडा नं ४ लाहाचोकको भिरकटेराबाट वडा नं ३ को घाचोक र वडा नं १ को साविक माछापुच्छ«े… पुरा पढौ