समाचार

प्रधानमन्त्रीद्वारा सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशन उद्घाटन

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ । नेपालमा विद्युत्को एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको… पुरा पढौ

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५४ हजार नाघ्यो

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४२७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ५७ हजार ६१० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड… पुरा पढौ

अर्मला कोटमा कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगर पालिका १६ स्थित रमणिय अर्मला कोटमा दुई दिने कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं १६ को आयोजनामा अर्मला कोटका महिलाहरुलाई लक्षित गरी महिला शसक्तिकरणका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिकाकी उप प्रमुख मञ्जुदेवी गुरुङले महिला शसक्तिकरणका लागि महिलाहरुलाई कानुनी ज्ञान आवश्यक रहेको बताइन । पोखरा महानगर पालिका न्यायिक समितीको संयोजक समेत रहेकी उनले भनिन–“२१ औं शताव्दीमा महिलाहरु कानुनी ज्ञानको प्रयाप्त… पुरा पढौ

सहिद तथा बेपत्ता परिवारलाई सम्मान र बिमा

पोखरा । विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा कास्की रुपा गाउँपालिकामा मात्र १८ जना सहिद तथा बेपत्ता भए । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेलनेल खेपेका छन् । गाउँपालिकाले तिनै सहिद तथा बेपत्ता, घाइते, द्वन्द्व पीडित र जेल जीवन भागेको व्यक्तिका परिवारलाई सम्मान तथा विमा गरेको छ । गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर कोभिड–१९ का कारण रोकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । ‘गएको वर्ष नै… पुरा पढौ

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

पोखरा । पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रा.लि.ले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देबघाटधाम तीर्थयात्रा गराएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाको दोस्रो वर्षका अवसरमा बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । यस अघि संस्था स्थापनाको पहिलो वर्षमा संस्थाका तर्फबाट सोही बृद्धाश्रममा पुगी केक काट्नुका साथै ज्येष्ठ नागरिकलाई भोजन गराउँदै संस्थाका पदाधिकारीले पनि ज्येष्ठ नागरिकसँगै सहभोजन गरेका थिए । कोरोना महामारीका कारण समग्र… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् । त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले… पुरा पढौ

मुलुकलाई स्थायित्व दिन निर्वाचन गर्न लागिएको हो : उपप्रम पोखरेल

नुवाकोट।उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । “तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन”,… पुरा पढौ

गाउँपालिकामा पहिलोपटक पुग्यो केन्द्रीय विद्युत्

गलकोट। बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ । पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा गाउँमा विद्युत् सेवा पु¥याएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । लामो समयदेखि लघु जल विद्युत्को भरमा गुजारा गर्दै आएका वडावासी पहिलोपटक केन्द्रीय विद्युत् बलेपछि हर्षित भएको स्थानीय तिलक छन्त्यालले बताए । “बिहान बेलुका सामान्य बत्ती मात्रै बाल्न पुग्थ्यो”, छन्त्यालले भने, “बर्खाको समय घरेलु विद्युत्मा… पुरा पढौ

घरघरमा नमूना सङ्कलन

काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिरामीको घर–घरमा पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलन शुरु गरेको छ । स्थानीय टोखामा रहेको उक्त अस्पतालले बिरामीको सुविधाका लागि प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म बिरामीको घर–घरमै पुगेर नमूना सङ्कलन शुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अशक्त बिरामीको सजिलोका लागि अस्पतालले बिरामीको घरघरमै पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलनको व्यवस्था मिलाएको जानकारी दिए। । रोगले थला परेका बिरामीलाई घरमै पुगेर रगत, दिशापिसाबको रिपोर्ट लिँदा सहज हुने भएकाले ग्राण्डी अस्पतालले उक्त व्यवस्था शुरु गरेको हो,”उनले… पुरा पढौ

‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

कास्की।कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षणलगायतका गतिवधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा फागुन पहिलो साता ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता हुने… पुरा पढौ