समाचार

घरदैलो सहकारीको रक्तदानमा ६३ युनिट संकलन

पोखरा । पोखराको बुद्धचोकमा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६३ युनिट रगत संकलन गरिएको छ । रक्त सञ्चार केन्द्र पोखराको सहयोगार्थमा सहकारीले पहिलो पटक आयोजना गरेको रक्तदानमा उल्लेख्य सहभागिता रहेको थियो । पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारीका सदस्य लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजकत्व भने सहकारीका कोषाध्यक्ष रुद्रबहादुर कार्की रहेका थिए । कोभिडको महामारीले त्रासकै बीचमा अस्पतालमा उपचाररत विरामीलाई रगतकै अभावमा उपचारमा समस्या सृजना नहोस भन्ने… पुरा पढौ

कान्छी बराह महिला सहकारीको भवन उद्घाटन

पोखरा । गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलोघुम्ती नेपालद्वारा संचालित सामुदायिक विकास परियोजना अन्तरगत अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा नवनिर्मित कान्छी बराह महिला विकास वचत तथा ऋण सहकारी संस्था लि. को भवन मंगलबार उद्घाटन गरिएको छ । चार कोठाको २३ लाख रुपैयामा निर्माण भएको उक्त भवनको लागि नौलो घुम्ती नेपालले १० लाख, सहकारीको ११ लाख, खड्कबहादुर मगरले २ लाख आर्थिक सहयोग गरेका थिए भने समाजसेवी मानबहादुर गुरुङले १४ लाख मुल्य पर्ने जग्गा निशुल्क प्रदान गरेका थिए । गुड नेवर्स इन्टरनेसनल… पुरा पढौ

बक्यौता रकम भुक्तानी

काठमाडौँ। चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। उनकाअनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी… पुरा पढौ

निर्वाचन समाचारः पर्वतमा साढे सात हजार मतदाता थप

आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ । निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् । पर्वतमा पुस ५ गतेसम्मको… पुरा पढौ

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा… पुरा पढौ

गण्डकी खोप अभियानः मुख्यमन्त्रीबाट कोरोना खोप शुभारम्भ

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम शुभारम्भ गरेका छन्। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गर्नुभपछि गण्डकी प्रदेशमा मुुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट खोप कार्यक्रमको शुभारम्भ गरेका छन् । बिहान १०ः३० बजे मुख्यमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यलाई खोप सामग्री हस्तान्तरण गर्नुभएपछि प्रदेशका ११ वटै जिल्लामा खोप अभियान शुरुआत भएको घोषणा गरिएको थियो । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड–१९ महामारीविरुद्धको लडाइँमा… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांग्रेसले गत पुस १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ । यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाका निर्देशनमा महामन्त्री खड्काले… पुरा पढौ

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

बेइजिङ। चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित हुने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन् । यसरी वर्षदिन पुगिसक्दा पनि यस भाइरसको नियन्त्रण हुन सकेको छैन । तर चीनले भने छ महिनाभन्दा अघि… पुरा पढौ

सांसदको तलव भत्ता सामाजिक काममा खर्चिदै सांसद विन्दुकुमार थापा

गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले आफूले पाएको तलब भत्ता सामाजिक काम र विकास निर्माणमा खर्चिएका छन् । नेपाली कांग्रेसबाट टिकट पाएर कास्की क्षेत्र नम्बर २ को (ख)बाट निर्वाचित प्रदेश सांसद थापाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुरुप आफूले सांसदको रुपमा प्राप्त गर्ने तलव भत्ता विकास निर्माण र सामाजिक काममा खर्चिएका हुन् । सांसद थापाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा प्राप्त गरेको ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँसहित कुल १२ लाख ४७ हजार ४० रुपैयाँ सामाजिक काम तथा विकास… पुरा पढौ

बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

म्याग्दी। पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गलबारदेखि सवारी साधनको अस्थायी रुट परमिट जारी गर्न थालेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको २०७७ मङ्सिर ८ गतेको सचिवस्तरीय निर्णयअनुसार म्याग्दी र पर्वतस्थित पूर्वाधार विकास कार्यालयबाट अस्थायी (पटके) रुट परमिट जारी गर्ने निर्णय भएको थियो । सो निर्णयअनुसार बेनीस्थित पूर्वाधार कार्यालयले मङ्गलबारदेखि पटके रुट परमिट जारी गर्न शुरु गरेको कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । इजाजत पाएको भन्दा बाहिरी क्षेत्रको सडक प्रयोग गर्दा सवारी साधनले प्रतिकिलोमिटर रु दुईका दरले पटके रुट… पुरा पढौ