समाचार

बागलुङमा बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने

बाग्लुङ । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन्… पुरा पढौ

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाण्डौं । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । छविसपाथिभेरा—३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मङगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसले जनाएको छ ।… पुरा पढौ

पुलिस क्लबलाई पराजित गर्दै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

काठमाण्डौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो । एपीएफका लागि शङ्कर रानाले… पुरा पढौ

बरिष्ठ पत्रकार शर्मालाई रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार अर्पण गरिने

राष्ट्रपतिका पूर्व प्रेस सल्लाहकार माधव शर्मा रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट पुरस्कृत हुने भएका छन् । पोखरा लेकसाईडका स्व। रूद्रबहादुर भट्टराई तथा पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिद्वारा सञ्चालित सो पुरस्कार प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार शर्मालाई प्रदान गरिने भएको हो । महासंघ गण्डकी प्रदेशको हालै बसेको बैठकले पत्रकार शर्मालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए । महासंघ प्रदेश समितिका सल्लाहकार रवीन्द्रनाथ बाँस्तोलाको संयोजकत्वमा पोखरा स्वास्थ्य… पुरा पढौ

प्रधानमन्त्री हटाउने प्रयास गलत : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दावी गरे । गृह जिल्ला पुगेका मुख्यमन्त्री गुरुङले नेकपा राइनाश नगर कमिटीद्वारा नगरको वडा नं ५ तीनपिप्लेमा आज आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा मुख्यमन्त्री गुरुङले भने, “ओली नेतृत्वको सरकारले वर्षौं वर्षसम्मको मिचेको देशको भू–भागसहितको नयाँ नक्सा बनाउने काम, भारतले लगाएको नाकाबन्दीमा देशलाई… पुरा पढौ

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको… पुरा पढौ

घरदैलो सहकारीको रक्तदानमा ६३ युनिट संकलन

पोखराको बुद्धचोकमा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६३ युनिट रगत संकलन गरिएको छ । रक्त सञ्चार केन्द्र पोखराको सहयोगार्थमा सहकारीले पहिलो पटक आयोजना गरेको रक्तदानमा उल्लेख्य सहभागिता रहेको थियो ।पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारीका सदस्य लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजकत्व भने सहकारीका कोषाध्यक्ष रुद्रबहादुर कार्की रहेका थिए ।कोभिडको महामारीले त्रासकै बीचमा अस्पतालमा उपचाररत विरामीलाई रगतकै अभावमा उपचारमा समस्या सृजना नहोस भन्ने उद्देश्यले सहकारीले रक्तदान आयोजना… पुरा पढौ

पार्टी एकता गराएरै छाड्छु : उपाध्यक्ष गौतम

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताए । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । उनले भने, “पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।” तीन वर्ष पहिले कम्युनिष्ट पार्टी एकीकृत हुँदा संसारलाई तरङ्गीत बनाएको तर आज फुटको अवस्था सिर्जना हुँदा ज्यादै पीडा महसुस भइरहेको उनको भनाइ थियो । झण्डै दुई तिहाइ बहुमत प्राप्त… पुरा पढौ

बुधबार थप २८३ मा कोरोना पुष्टि, तीनको मृत्यु

पोखरा । नेपालमा बुधबार थप २८३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय चार हजार ३८२ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म देशभर तीन हजार २८६ सक्रिय सङ्क्रमित छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ५७ हजार ६९ पुगेको छ । पछिल्लो समय थप तीन कोरोना सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या… पुरा पढौ

मूलधारमा फर्कन अध्यक्ष ओलीको आह्वान

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताए । कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको… पुरा पढौ