समाचार

कोरोनाबिरुद्धको पहिलो खोप लगाएका डा.थापाले भने : सुरक्षित महशुष गरेँ

गण्डकी प्रदेशमा पहिलो खोप लगाएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.बुद्धिबहादुर थापाले कोरोनाबिरुद्धको खोप लगाउँदा सामान्य दुखाई बाहेक अन्य समस्या नआएको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.थापालाई लगाएर गण्डकी प्रदेशमा ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ गरिएको थियो । गण्डकी प्रदेशमा कोरोनाबिरुद्धको कोभिशिल्ड खोप लगाउने पहिलो व्यक्ति डा.बुद्धिबहादुरले खोप सुरक्षित भएकाले नडराउन सबैमा आग्रह गरेका छन् । खोपप्रति आश्वास्त बनाउनका लागि नै आफूले खोप लगाएको बताउँदै उनले भने,‘विश्व स्वस्थ्य संगठनबाट सर्टिफाईड भएको र यो… पुरा पढौ

पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा

कास्की। नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी वैशाख २१ गते गत वर्ष र यस वर्षको गरी दुवै अवार्ड ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ नाममा आयोजना गर्ने निर्णय मञ्चको बैठकले गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए। खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा आफ्नो प्रतिभा… पुरा पढौ

बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने

गलकोट। बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् ।… पुरा पढौ

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

काठमाडौँ। आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।उनले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत… पुरा पढौ

बेलायतमा कोरोनाका कारण थप एक जना नेपालीको मृत्यु

बेलायतमा कोरोना संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ। ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा बस्दै आएका भूपू गोर्खा सैनिक प्राडा.चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कोरोना संक्रमण भइ उपचारकै क्रममा मस्तिष्काघात भएपछि उनको मृत्यु भएको हो। कोरोना संक्रमण भई यही माघ ५ गते अस्पताल भर्ना भएका लक्सम्बा पछिल्लो समय बेलायतको स्थायी बसाइ टुंग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका थिए। उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत… पुरा पढौ

जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट, २ दर्जन चौपाया मरे

जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन्। मंगलबार राति ७ बजेबाट सुरु भएको आगलागीमा २ दर्जन जति पशुचौपाया मरेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। क्षतिको अन्य विवरण भने आउन बाँकी छ। आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्नसम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। पुरा पढौ

व्यूटिसियन चिनुले खोलिन सिजी ब्राउज एण्ड नेल्स ट्रेनिङ इन्ष्टिच्यूट

पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ । गुरुङ ब्युटी पार्लर एण्ड एकाडेमिक प्रालिमार्फत्् सौन्दर्यको क्षेत्रमा बेग्लै पहिचान बनाई सौन्दर्यपारखीको मन जित्दैआएकी सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्स्टिच्युट संचालनमा ल्याएकी हुन् ।सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् ।सो शाखाको एक समारोहबीच अभिनेत्री आँचल शर्माले रिबन काटेर उद्घाटन गरिन् ।विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको माग भएकाले पनि इष्टिच्यूट खोलिएको संचालक… पुरा पढौ

इटलीका प्रधानमन्त्री कोन्टेको राजीनामा स्वीकृत

रोम । इटलीका प्रधानमन्त्री जुसेप कोन्टको राजीनामा स्विकृत भएको छ । प्रधानमन्त्री कोन्टेले सरकार प्रमुखबाट राजिनामा दिने इच्छालाई राष्ट्रपति सर्जियो मातारेलाले स्विकृत गरेको सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजिनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ । गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गरेका छन्, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ । यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह… पुरा पढौ

नेकपाको आधिकारिकता हामीसँग छ : नेपाल

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताए । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताउँदै भने, “निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।” चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो । पूर्वप्रधानमन्त्री नेपालले संविधानको… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाका महिलालाई लोकसेवा कक्षाको तयारी

कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब्सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी… पुरा पढौ