प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा गण्डकी प्रदेश सहित ४ प्रदेशमा निर्वाचन हुने बताएका छन्। प्रधानमन्त्री ओलीले वैशाखको १७ गते गण्डकी प्रदेश सहित प्रदेश–२, लुम्बिनी र सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने जानकारी दिएका हुन्। सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने समेत बताए। उनले भने,‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन। कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको…
पुरा पढौ