समाचार

संसद विघटनविरुद्ध आज देशभरीका ६७४३ वटै वडामा काँग्रेसको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज (बिहीबार) देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ। असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कँंग्रेसले जनाएको छ। काँग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ। अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटः विभागीय आर्मी र पुलिसको जित

विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो। आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सम्पन्न सबै तीन खेलमा प्रदेश–१ ले नतिजा सुम्पिएको छ। पुलिसले जारी प्रतियोगितामा लगातार पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ। कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको… पुरा पढौ

नेपालका युवा लेग स्पिनर सन्दीपलाई दिल्लीद्वारा ‘रिलिज’

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई आइपीएल टिम दिल्ली क्यापिटल्सले रिलिज गरेको छ। सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आवद्ध भएका थिए। सन्दीपले पहिलो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए। २०१९ को सिजन भने सन्दीपले ६ खेलमा मौका पाए। तर, एकनासको प्रदर्शन गर्न नसक्दा सन्दीपलाई गत सिजन नियमित टिममा स्थान बनाउन मुस्किल बन्यो । सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिएका थिए। कुनैपनि खेलमा मौका नपाउँदा सिजन २०२० भने सन्दीपका लागि बिर्सनलायक बन्यो। सन्दीप… पुरा पढौ

महिला फुटबल लिग : विभागीय डर्बीमा आर्मी र पुलिसले बराबरी खेल्यो

राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन्। बुधबार, दशरथ रंगशालामा भएको यस संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेलेका हुन्। बराबरी खेलेसँगै दुवै टोलीले समान १/१ अंक बाँडेका छन्। आर्मी, पुलिस दुबै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएपछि अंक बाँड्न बाध्य भए। बिहीवार (आज) एपीएफले चन्द्रपुर तथा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकासँग खेल्नेछन्। सात टोलीको सहभागिता रहेको महिला लिगको विजेता टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै, दोस्रो हुनेले… पुरा पढौ

दर्शकसहितको दशरथ रंगशालामा नेपालले विश्वकप छनोटका ३ खेल खेल्ने

फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा दर्शकसहित खेल्ने भएको छ। गत मार्च–अप्रिलका लागि तय भएका खेलहरू कोरोना भाइरसका कारण स्थगित भएका थिए। नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने कार्यक्रम छ। यस्तै जोडर्नसँग जेठ १२ मा खेल्ने तय छ। तीनै खेलको मिति पक्का भएपनि कोरोनाका कारण नेपालमा हुने वा नहुने पक्का भएको थिएन।… पुरा पढौ

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचार छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ। यता, बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ। विश्व स्थास्थ्य… पुरा पढौ

दक्षिण कोरियामा नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क

दक्षिण कोरिया सरकारले त्यहाँ रहेको नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ। दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको हो। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुंग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन्। यसअघि, आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताएपनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो। यससँगै यहाँ रहेका ५०… पुरा पढौ

प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा प्रचण्ड–माधव समूहले बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएकाले प्रधानमन्त्रीसँग संसद् विघटन गरी जनतामा जानुको विकल्प नभएको बताएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मध्यनेपाल नगर कमिटिद्वारा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उनले पार्टीको अन्तरिम विधानमा सहमतिका साथ अघि बढ्ने भने पनि बहुमतका नाममा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर मुलुकमा सरकारविहीन बनाउँदै अराजकतातर्फ धकेल्ने खेल खेलेपछि प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प नभएको… पुरा पढौ

सिद्धि सेतुली स्मृति पुरस्कारबाट हिरा भट्टराई र सानिमा स्मृति पुरस्कारबाट प्रमिला थकाली सम्मानित

“सिद्धि सेतुली स्मृति पुरस्कार–२०७७” बाट महिला उद्यमी हिरा भट्टराई र “सानिमा स्मृति पुरस्कार–२०७७” बाट अपाङ्गताको क्षेत्रमा रही काम गर्दै आउनुभएकी गण्डकी बहिरा संघकी उपाध्यक्ष प्रमिला थकाली सम्मानित भएका छन् । सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा बुधबार पोखरामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा त्रिभूवन विश्वविद्यालय पश्चिमाञ्चल सह परीक्षा नियन्त्रक मीना गुरुङ, सिद्धि सेतुली स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रतिभा छनौट समितिका अध्यक्ष नारायण कार्कीलगायतले सम्मानितहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालय पश्चिमाञ्चल सह परीक्षा नियन्त्रक… पुरा पढौ

युवा उद्यमी मञ्च पोखराद्वारा आमा एग्रोलाई सहयोग

नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा उद्यमशीलता प्रवद्र्धनमा जुटेको छ । युवा तथा महिलाहरुलाई उद्यमशीलता प्रवद्र्धनका लागि मञ्च लागिपरेको हो । जसका लागि मञ्चले आर्थिक सहयोगसमेत गर्ने गरेको छ ।पछिल्लोपटक मञ्चले आमा एग्रो प्रोडक्ट प्रा.लि.लाई उद्यमशीलता प्रवद्र्धनका लागि २ लाख रुपैया सहयोग गरेको छ । मञ्चले बुधबार महिला उद्यमशिलताको नमूना मानिने आमा एग्रो प्रोडक्ट प्रा.लिलाई सो रकम हस्तान्तरण गरेको हो । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष पुनित वैद्यले आमा एग्रो प्रोडक्टकी अध्यक्ष गीता विष्टलाई हस्तान्तरण गरे ।संस्थाको ‘बनौं… पुरा पढौ