समाचार

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान आज, ७ः१५ बजेदेखि शुरु हुने

पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा रक्तदान कार्यक्रम हुन लागेको हो । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहनेछ । एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेका… पुरा पढौ

नेपाल प्रहरीलाई नेपाल लाईफ इन्स्योरेन्सको सहयोग

पोखरा, ५ मंसिर ।जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल प्रहरीलाई कम्प्युटर र सन्देशमुलक बोर्ड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच कम्पनीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा, कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीलाई ती सामाग्री हस्तान्तरण गरेको हो ।कम्पनीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडालाई ७५ थान ट्राफिकसंग सम्बन्धीत सूचनामुलक बोर्ड र जिल्ला प्रहरी कार्यालय कास्कीका लागि ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) प्रवीणरमण पराजुलीले ती… पुरा पढौ

एभरेस्ट एफएमको रक्तदान भोलि, तयारी पुरा

पोखरा, मंसिर ५ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा भोलि पोखरामा बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा भोलि रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा रक्तदान कार्यक्रम हुन लागेको हो । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित विहान ७ बजे शुरु हुने रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने जनाइएको छ । एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक… पुरा पढौ

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका सदस्य मेहले पार्कीले शुक्रबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको पाँचौ वार्षिक प्रतिवेदन पेस गरे । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दैँ प्रदेश प्रमुख भट्टले दलित समुदायको हक, अधिकार र समानताका लागि राष्ट्रिय दलित आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।गत कार्तिक २१ गते मात्रै गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा… पुरा पढौ

परिवार नियोजनको अभियान भारती भवन र इन्द्रराज्यलक्ष्मीमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १९ को भारती भवन मा.वि र पोखरा महानगरपालिका वडा नं १६ को इन्द्रराज्य लक्ष्मी मा.विमा अभियान संचालन गरिएको छ ।अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिने छ । भारती भवनमा मा.विमा आयोजित कार्यक्रम… पुरा पढौ

एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वयंसेवक फोर्स ९एनभिएफ० केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरे । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल,… पुरा पढौ

संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचन अपरिहार्य: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा पौडेलले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचनको मिति घोषणा गरिएको बताए । निर्वाचन परिणामले मुलुकको सुशासन,विकास र समृद्धिको… पुरा पढौ

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितले दिए धर्ना

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरु आज धर्नामा बसेका छन् । विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले दुवै आयोग कार्यालय अगाडि साङ्केतिक विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन् । ‘आम द्वन्द्वपीडित समुदाय’को आह्वानमा भएको धर्नामा सहभागी पीडित राम भण्डारीले आयोगप्रति आफूहरुको विश्वास नभएको उल्लेख गर्दै दुवै आयोगका पदाधिकारीको राजीनामा माग गरे । आयोगमा वास्तविक पीडितको… पुरा पढौ

मतदाताको उमेरको कट अफ डेट निर्धारण

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय कट अफ डेट निर्धारण गरेको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेभसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने… पुरा पढौ