समाचार

जेनजी मुभमेन्टद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग, प्रमुख स्वकीय सचिवलाई तत्काल पदमुक्त गर: रक्षा बम

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारले भ्रष्टाचार, पक्षपात र कुशासन नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै मुभमेन्टले सुशीला कार्की नेतृत्वको बर्तमान सरकारको राजीनामा मागेको हो । साथै बर्तमान सरकारको ‘राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको भन्दै उसले सार्वजनिक अवज्ञा गर्न सबैलाई आह्वान गरेको छ । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट… पुरा पढौ

कालाञ्जर हम्पालको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको… पुरा पढौ

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

पोखरामा क्लब स्तरिय पुरुष महिला भलिबल प्रतियोगिता हुने

पोखरा, ७ मङ्सिर । पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले केन्द्रको नवौं वार्षिकोत्सव तथा क्लब स्तरीय पुरुष–महिला भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए । छन्त्याल ब्रदर्श पोखराको विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता खेलकुदको माध्यमबाट… पुरा पढौ

मंसिर लागेसँगै पोखरामा महोत्सव सिजन शुरु

सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा महोत्सव सिजन शुरु भएको छ । पर्यटकीय नगरी पोखरामा मंसिर शुरु भएलगत्तै महोत्सव सिजन शुरु भएको हो । महोत्सव सिजन मानिने मंसिरदेखि माघसम्ममा पोखरामा ५ वटा ठूला महोत्सव तथा मेला आयोजना हुने गरेका छन् । त्यसबाहेक अन्य साना आधा दर्जन भन्दा बढी मेला तथा महोत्सवहरु आयोजना हुने गर्छन् । उसो त पोखरा आसपासका क्षेत्रहरु मादी गाउँपालिकाको सिक्लेस, माछापुच्छ«े गाउँपालिकाको तातोपानी, अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकलगायतका ठाउँहरुमा पनि महोत्सवहरु आयोजना हुने गरेका छन् । पोखरामा भने उस्तै प्रकृतिका… पुरा पढौ

राष्ट्रिय मावि पोखराका तत्कालीन ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय, पोखराका तत्कालीन ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सामुदायिक विद्यालयको भवन कानुन विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।अख्तियारले राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलको करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष शाहारा प्रधान,व्यवस्थापन… पुरा पढौ

‘पिसिएम जब फेयर–२०२५’सम्पन्न, विद्यार्थी र व्यवसायी उत्साहित

पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा ‘पिसिएम जब फेष्ट–२०२५’सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च, पोखरासंगको सहकार्यमा कलेज प्राङ्गणमा सम्पन्न फेष्टमा विविए, विसिएस आइटीतर्फ सातौं तथा आठौं सेमेष्टरमा अध्यायनरत तथा भर्खरै पास आउट समेत झण्डै २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । फेष्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट,पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित कम्पनीहरुको स्टलहरु रहेका थिए । कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी र व्यवसायीक घरानाविच सम्बन्ध कायम गराउने सेतुको भुमिंका निर्वाह गर्दै… पुरा पढौ

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, संयोजकमा सुदन किराँती

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।आइतवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक रुपमा घोषणा गरे । डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । सो पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए… पुरा पढौ

कालिकामा प्रतिभा प्रस्फुटन प्रतियोगिता

पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्थापन गरेका थिए ।प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै आधारभूत तह ९कक्षा १–३० तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय… पुरा पढौ

२१ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने,९ करोड बरावरको कारोबार गर्ने लक्ष्य

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल… पुरा पढौ