समाचार

आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ । महाप्रभुधाम संरक्षण समितिका… पुरा पढौ

सिमरा आज पनि कफ्र्यु आदेश जारी,युवा कुटेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ

बारा जिल्लाको सिमरा क्षेत्र नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको पटक पटकको झडपका कारण आज पनि तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सिमरा विमानस्थल आसपास र राजमार्गका केही क्षेत्रमा दोस्रो दिन पनि कफ्र्यु आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार दिउँसो १ देखि जारी कफ्र्यु बेलुका ८ बजेसम्म रहने छ ।सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति थप बिग्रन नदिन कफ्र्यु लगाइएको आदेशमा उल्लेख छ । कफ्र्यु अवधिमा उक्त क्षेत्रमा कुनै पनि… पुरा पढौ

म्याग्दीको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप

दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले गलेश्वर मन्दिर विकास कोषको निर्णय र स्वीकृति लिएर रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर ९सुनौलो० रङ र गजुरमा सुनको जलप लगाएका हुन् । कोषका उपाध्यक्षसमेत रहेका उनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योर्तिरलिङ्गमा चाँदीको मुकुटले छोपेका थिए । जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर… पुरा पढौ

फिस्टेल आईभिएफ एण्ड फर्टिलिटि सेन्टर दोश्रो वर्षमा प्रवेश

फिस्टेल आईभिएफ एण्ड फर्टिलिटि सेन्टरले आफ्नो स्थापनाको पहिलो एक वर्ष सफलतासाथ पूरा गरेको छ । फिस्टेल आईभिएफले स्थापनाको एक वर्ष पूरा गरेको उपलक्ष्यमा वार्षिक प्रगति र आगामी लक्ष्यका बारेमा एक कार्यक्रम आयोजना गरी जानकारी दिएको छ । आधुनिक प्रविधि, अनुभवि चिकित्सक र सेवामा समर्पित टिमसहित निःसन्तानपनका बारेमा अन्तराष्ट्रिय सेवाहरु दिईरहेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा अनु हिराचनले बताईन् । ‘निःसन्तानपनको समाधान सधैं आईभिएफ नै हुनुपर्छ भन्ने होईन । उनले भनिन्, तर प्रत्येक दम्पनीको समस्या फरक हुन सक्छ । यसको… पुरा पढौ

अनलाइनबाट ठगी हुने क्रम बढ्दो,प्रहरीद्वारा सात बुँदे अनुरोध

पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम ९राजस्व०… पुरा पढौ

स्थानीयको सहयोगमा पोखरा–१७ को वडा कार्यालय पुनःसञ्चालन

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ । जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो । वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले प्रदान गरेका छन् । पोखरा–१७ आँखा अस्पताल चोक निवासी गोमादेवी श्रेष्ठले खानेपानीको डिस्पेन्सर, जार र गिलास बोकेर वडा कार्यालयमा आएको जानकारी दिँदै वडाध्यक्ष शाहीले त्यसपछि ४६ सङ्घसंस्था र… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । महाधिवेशनको मिति तोक्ने विषयमा विवाद बढेपछि सहमतिका लागि भन्दै गत बिहीबार पनि सूचना टाँसेर बैठक आजका लागि सारिएको थियो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा… पुरा पढौ

प्रतिभा माविमा स्पोर्टस् मीट शुरु

पोखरा, मंसिर ३ पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०८२ सुरु भएको छ । स्पोर्टस् मीटको प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुदले विद्यार्थीलाई सामुहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । उनले प्रतिभा माविले शिक्षासँगै खेलकुदलगायतका क्षेत्रमा गरेको प्रगतिको प्रशंसासमेत व्यक्त गरे । विद्यालयका प्राचार्य किरण सापकोटाले स्वागत मन्तव्य राख्दै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पोख्त बनाउन प्रत्येक वर्ष स्पोर्टस् मीट आयोजना गर्ने गरेको… पुरा पढौ

खानेपानी संस्थानमा मिटर मापन तालिम

पोखरा, ३ मंसिर । नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानका विभिन्न शाखाका कर्मचारीलाई २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम प्रदान गरेको छ । तालिम शाखा प्रमुख ई.बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा २२ प्रशिक्षार्थीलाई जलेश्वर शाखाका निमित्त प्रमुख सुरेन्द्रकुमार साह, नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख लक्ष्मण पाण्डे र पोखरा शाखाका सिमिरि विमल तिल्सिनाले प्रशिक्षण दिएका थिए । जाईकाका प्रतिनिधि मियो सानले समेत प्रशिक्षण दिँदै प्राविधिकरुमा कर्मचारीलाई दक्ष बनाउन सकेमात्र उपलब्धी हुनेमा जोड दिएका थिए । तालिम… पुरा पढौ

खानेपानीका कर्मचारीलाई मिटर मापन तालिम

नेपाल खानेपानी संस्थानले संस्थानका विभिन्न शाखाका कर्मचारीलाई २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम प्रदान गरेको छ । तालिम शाखा प्रमुख ई.बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा २२ प्रशिक्षार्थीलाई जलेश्वर शाखाका निमित्त प्रमुख सुरेन्द्रकुमार साह, नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख लक्ष्मण पाण्डे र पोखरा शाखाका सिमिरि विमल तिल्सिनाले प्रशिक्षण दिएका थिए । जाईकाका प्रतिनिधि मियो सानले समेत प्रशिक्षण दिँदै प्राविधिकरुमा कर्मचारीलाई दक्ष बनाउन सकेमात्र उपलब्धी हुनेमा जोड दिएका थिए ।तालिम समापन समारोहमा प्रशिक्षक सुरेन्द्रकुमार साहले तालिममा सिकेको… पुरा पढौ