समाचार

सोमबार गण्डकी प्रदेशमा ७४ जनाले जिते कोरोना

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । १९३ जनामा गरिएको परीक्षणमा कास्कीका ३६, मनाङका ५, स्याङ्जाका ४, तनहुँ र लमजुङका ३–३, गोरखाका २ र पर्वतका एक जनामा छन् । आज थपिएका मध्य ३३ पुरुष र २१ जना महिला छन् । योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ७५३ पुगेको छ ।… पुरा पढौ

पोखराको लेकसाइडमा ढलान बाटो शिलन्यास

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले पोखरा महानगर वडा न ६ स्थित नहरमार्ग ढलान बाटो सोमबार शिलान्यास गरेका छन् । उनले पर्यटकीय गन्तब्य लेकसाइडलाई हर हिसाबले सिगार्नु पर्ने भन्दै त्यसकालागी अझै उत्तरदायी भएर आफू लागि परेको बताए । पाहारी गुणस्तरिय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानियलाई आग्रह गरे । उनले विकास बाहेक आफ्नो कुनै सपना नभएको भन्दै आफ्नो निर्बाचन क्षेत्र उदाहरणिय बनाउन लागि परेको बताए । सो अबसरमा पाहारीले आफ्नो गण्डकी प्रदेश निर्वाचन क्षेत्र कास्की ३(ख) मा संचालित… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट स्याङ्जाका एक वृद्धको मृत्यु भएसंगै प्रदेशमा मृतकको संख्या बढेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । गत पुस १३ गते कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाको चापाकोट नगरपालिका–६ का ७७ वर्षिय वृद्धको उपचारका क्रममा सोमबार विहान ५ः४५ बजे पोखराको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा मृत्यु भएको निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । उनमा कोभिड निमोनिया, उच्च रक्तचाप लगायतका समस्या थियो । पुरा पढौ

पोखराको भलाममा एक मृत भेटिए

पोखरा । पोखराको भलाममा एक पुरुष मृत भेटिएका छन् । पोखरा महानगरपालिका–२० भलामस्थित अम्मर बहादुर क्षेत्रिको टिनको छाप्रोमा अन्दाजी ५०–५१ व्र्षिय पुरुष मृतअवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । ज्यामी काम गर्दै आएका मृतक पुरुषको हालसम्म नाम, ठेगना खुल्न नसको सकेको छैन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

गण्डकीमा हिमाल आरोहण प्रवद्र्धन गरिँदै

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण पहिलोकोे सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन । हिमाल आरोहणको इतिहास बोकेको गण्डकी क्षेत्रमा हिमाल आरोहण पर्यटनलाई अघि बढाउने उद्देश्यका साथ नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशले यतिखेर प्रवद्र्धनको कार्यक्रमलाई अघि बढाउन लागेको सङ्घका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो । मौरिस हर्जाेगको… पुरा पढौ

नागढुङ्गाबाट रु डेढ करोडसहित पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा… पुरा पढौ

बूढीगण्डकी तर्ने क्रममा बेपत्ता

चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो । सो दिन बिहान करीब १० ः ३० बजे गाउँपालिका–४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् । बूढीगण्डकीमाथि दुई मुढा तेस्र्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिनुभयो । “काठे पुलमा एकैचोटि दुई… पुरा पढौ

बङ्गलादेशबाट मल आउन ढिलाइ

बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन । सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन… पुरा पढौ

नमूना घलेगाउँमा पर्यटकको चहलपहल

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमूना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोभिडका कारण यहाँका समितिलेसमेत घरबास बन्द गरे पनि गत भदौ १ गतेदेखि घलेगाउँ घरबास पर्यटकका लागि खुला गरेको थियो । घरबास खुला गरिएको केही… पुरा पढौ

विशङ्खुनारायणको महास्नान रोक

चार नारायणमध्येका एक विशङ्खुनारायणको महास्नान रोकिएको छ । विशङ्खुनारायणका पुजारी परिवारलाई सुत्केरो परेसँगै आज उक्त महास्नान रोकिएको हो । सदियाँै वर्षअघिदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका थिए । प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आजका दिन महास्नान गरिएको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछाँै तर कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ ।” सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट… पुरा पढौ