समाचार

शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता

शुभकामना महिला विकास समितिमा सुमिता शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता श्रेष्ठ निर्विरोध चयन भएकी छिन् । सो समितिको निर्देशकमा पूर्व अध्यक्ष राधिका थापा, उपाध्यक्ष ज्ञानु श्रेष्ठ, सचिव इन्द्र श्रेष्ठ, सह–सचिव प्रमिला जोशि, कोषाध्यक्षमा लक्ष्मी गुरुङ्ग तथा सदस्यहरुमा बुद्दीसुब्बा गुरुङ्ग, सावित्रि श्रेष्ठ, पुष्पा श्रेष्ठ, सञ्जु पराजुली रहेका छन् । २०६१ मा स्थानीय महिलाहरुद्धारा महिला क्षमता विकास, शिक्षा, स्वास्थ्य सहित सामाजिक कार्यहरुका लागि स्थापना गरिएको संस्थापक अध्यक्ष तथा निर्वाचन संयोजक तिर्थ श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सल्लाहकार एवं रेडियो सराङ्गकोटका कार्यकारी… पुरा पढौ

ग्यारजाती–पोखरा थापा समाजको अध्यक्षमा रामचन्द्र

सराङ्गकोट ग्यारजातीबाट पोखरामा रहेका थापा क्षत्रीहरुको बृहत भेलाले रामचन्द्र थापाको अध्यक्षतामा पोखरा ग्यारजाती थापा समाज गठन गरेको छ । समाजले लामिछाने थापा क्षत्रीहरुलाई सङ्गठित बनाई, सामाजिक कार्य गर्ने उद्देश्य रहेको थापा समाजका सल्लाहकार तथा क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाले बताए । समाज मार्फत ग्यारजातीको पहिचान कायम गराई सुख दुःखको साथी बनाउन समाजले भूमिका खेल्ने सल्लाहकार भरत बहादुर थापाले बताए । सो समितिको उपाध्यक्षमा नारायण बहादुर थापा, सचिव सुरेश थापा, कोषाध्यक्ष सञ्जय थापा, सदस्यहरुमा विनोद थापा, राजु थापा,… पुरा पढौ

सफलका शेयर सदस्यलाई कोशेली स्वास्थ्य सामग्री

सफल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।पोखरा महानगरपालिका वडा नं. १७ कार्यालय स्थापना गरि सञ्चालनमा आएको सहकारीको आजदेखि शुरु भएको १३ औं साधारणमा शेयर सदस्यलाई कोशेली स्वरुप माक्स र सेनिटाईजन वितरण गरेको हो ।विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चारदिनसम्म साधारण सभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जि.सी.ले जानकारी दिनुभयो ।शेयर सदस्यलाई महामारिबाट जोगिन सरसफाईमा बढी ध्यान दिनुपर्दछ… पुरा पढौ

सपनकुमार राईले जिते उत्कृष्ट गायक अवार्ड

पोखरा । ख्यातिप्राप्त गायक सपनकुमार राईले नेपालमा सर्वोत्कृष्ट गायनको अवार्ड जितेका छन् । नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक अवार्ड गायक राईले पाएका हुन् । सपनले गाएको ‘बाटोको काँडा हटाइदिए।।’ बोलको गीतको लागि यो अवार्ड मिलेको हो । चर्चित संगीतकार ताराप्रकाश लिम्बूको संगीत तथा शब्द रहेको यसको गीतको म्यूजिक भिडियो करिब ६ महिनाअघि बेलायतबाट रिलिज भएको थियो । शनिबार ललितपुरमा सम्पन्न अवार्ड वितरण समारोहमा सोही गीतको म्यूजिक भिडियोसमेत निर्देशन गरेका निर्देशक मिलन चाम्सले सपनको… पुरा पढौ

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशत पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११… पुरा पढौ

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् ।… पुरा पढौ

विशङ्खुनारायणको महास्नान सोमबार गरिँदै

मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार भोलि सो कार्य गर्ने तयारी गरिरहेको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नारायणको प्राकृतिक शिलाको मूर्तिलाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राति देशभर… पुरा पढौ

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने… पुरा पढौ

मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ : मन्त्री फुँयाल

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गर्नुभयो । उहाँले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर कीर्ते भएको बताएको उल्लेख गर्नुभयो । उहाँले कसैलाई मुख्यमन्त्री बनाउन… पुरा पढौ