समाचार

बादलसँग तस्वीर खिच्न हाँडीकोट

समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचारप्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर वर्षौं बितायो । बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो । उक्त प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने बताइएको छ । काठमाडौँमा आज बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात… पुरा पढौ

शुरु भयो माछापुच्छ्रे गाउँपालिकाको आठौँ गाउँसभा

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आठौँ गाउँसभा शुरु भएको छ।गाउँपालिका अध्यक्ष कर्ण बहादुर गरुङको अध्यक्षतामा शुरु भएको गाउँसभामा तीन वटा विधेयकहरु प्रस्तुत भएका छन्।गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एव्ं वन, वातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक हरिश्चन्द्र ढुंगानाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र माछापुच्छ्रे गाउँपालिका स्थानीय जलस्रोत विधेयक, २०७७ गाउँसभामा प्रस्तुत गरे।यसैगरी, वडा नं. ३ का वडा अध्यक्ष एवं विधायन समितिका संयोजक सूर्यप्रसाद लम्सालले गाउँ युवा परिषद् सञ्चालनसम्बन्धी विधेयक, २०७७ सभामा… पुरा पढौ

विद्यालय, जिमखाना र सिनेमा हलहरु खुल्दै

कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो। सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरिएको हो। यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको… पुरा पढौ

नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि विदेश जान खोज्ने पक्राउ

कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, सल्यानका दिनेशसिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ परेका हुन् । पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गौशाला पठाएको थियो।… पुरा पढौ

आहा ! क्या मिठो र चिसो !! तितेपानीको खानेपानी !!! मुहानको संरक्षणार्थ टंकी निर्माण सुरु

पोखराको खानेपानी मर्दी खोलाबाट सिधै घरघरमा वितरण गरिएको छ। वर्षाको समयमा खोलाको पानी धमिलो आउँदा घरको धारामा पनि हिलो मिसिएको पानी हरेक वर्ष दोहोरिने समस्या हो। त्यस्तै, हिउँदको वेला पानीको कमीको कारण धेरैको घरमा पानी आउँदैन। ति सबै घरधनी वा वहालमा बस्ने सबै जना खानेपानी लिन जाने भनेकै पोखराको रानीबनस्थित तितेपानीको मुहान नै स्थान हो। जहाँ, गर्मीको समयमा फ्रिजको जस्तो चिसो र मिठो, हिउँदको वेला पनि नियमित पानी पाइन्छ। वजार क्षेत्रबाट निकै नजिक रहेको सो तितेपानीको मुहानमै दैनिक सयौंको संख्यामा… पुरा पढौ

सुदूरपहाडमा भूकम्पको धक्का

सुर्खेत । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । पुरा पढौ

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप भएको उल्लेख गरे। प्रतिनिधिसभाको विघटन नेपालको संविधानको मर्म र भावनानुरुप नभएको उनको जवाफमा उल्लेख छ । नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको सभामुखको जवाफमा उल्लेख छ । संविधानको फरक व्याख्या नहोस् र शक्तिपृथकीकरण, सन्तुलन र… पुरा पढौ

गण्डकी प्रदेशमा एक साताको अवधीमा १२८५ कोरोनामुक्त, ३२२ मा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा यो साता एक हजार २८५ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा थप ३२२ जना कोरोना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । विभिन्न प्रयोगशालाहरुमा एक हजार ८७७ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधीमा कोरोनाबाट थप दुई जनाले ज्यान गुमाएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धी अध्यावधि विवरणमा उल्लेख गरेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढेको छ ।… पुरा पढौ

सामुदायिक सेवा केन्द्र हेमजामा बास्तोला

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको शनिवार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुनःविष्णु बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दानबहादुर भुजेल, सचिवमा देवीप्रसाद अधिकारी, कोषाध्यक्षमा दुर्गाप्रसाद तिम्सिना र सह सचिवमा सिर्जना सापकोटा चयन भए।त्यस्तै ऋषिराम शर्मा पौडेल, रीता कार्की कुँवर,बुद्धिबहादुर थापा, डम्बरबहादुर नेपाली, तमबहादुर रोका, हिमलाल पौडेल, गणेशप्रसाद अधिकारी, कविराज बास्तोला र कृष्णबहादुर कुँवर(टाईगर) सदस्यमा छनोट भए। कार्यक्रमका धारणा राख्दै प्रमुख अतिथी कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सामुदायिक… पुरा पढौ