समाचार

गण्डकी प्रदेशभर ९०३ आइसोलेसनमा

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३९ जना संक्रमित थपिएसंगै संक्रमण पुष्टि हुनेको संख्या बढेको हो । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ६७० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो २४ घण्टामा २९२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । उनीहरुमध्य २१ महिला र १८ पुरुष छन् । आज थपिएका मध्य कास्कीका ३६, पर्वतका २ र तनहुँका… पुरा पढौ

पोखराको पस्र्याङबाट मिनि ट्रक हरायो

पोखराको पस्र्याङबाट ग १ ख ५७७५ नं मिनि ट्रक पार्किङ गरेको ठाउँबाटै हराएको छ। शुक्रबार बेलुकी १० बजे पस्र्याङको फिर्केखोला पुल नजिकै अभिषेक सप्लायर्स अगाडी पार्किङ गरी राखेको मिनि ट्रक एक्कासी हराएको अभिषेक सप्लायर्सका व्यवस्थापक अमर देवकोटाले बताए। देवकोटाका अनुसार हराएको मिनि ट्रकमा उक्त सप्लायर्सका सामानहरु ढुवानी गर्ने गर्दथ्यो।मिनि ट्रक हराएकोबारे कास्की जिल्ला ट्राफिक प्रहरी कार्यलयमा उजुरी दिइसकेको देवकोटाले बताए । अहिले, ट्राफिक प्रहरी कार्यलयबाट हराएको उक्त मिनि ट्रकको खोजविन र अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ। पुरा पढौ

हार्न नजानेकी झरना, भन्छिन : चौधौं सागमा स्वर्ण जित्ने धोको छ

बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा खेल्ने क्रममा घाईते भएकी पोखरेली उसु खेलाडी झरना गुरुङले स्वर्ण गुमाईन् । सानैदेखि स्वर्ण जितेर नेपालको नाम चम्काउने धोको उनको बाह्रौं सागमा पूरा भएन । उनले रजत पदकमा चित्त बुझाईनन् । घाईते भएपछि गुरुसहित धेरैले उनलाई फाइनल खेल नखेल्न सुझाए । तर उनले मानिनन् । सानैदेखिको आफ्नो सपना सम्झिईन् । देशलाई सम्झिइन् । र चोटग्रस्त भएपनि फाइनल खेल्ने अठोट गरिन् । खेल्न त खेलिन् फाइनल । तर उनलाई स्वास्थ्यले साथ दिएन । उनको काँध (सोल्जर)… पुरा पढौ

ट्रम्पको कार्यकालमै ट्रम्पको भिटो अमेरिकी संसद कँग्रेसद्वारा अस्वीकार

अमेरिकी संसदका दुबै सदनले पारित गरेको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो अमेरिकी संसद कँग्रेसले अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पको कार्यकालमै पहिलोपटक यसरी संसदले राष्ट्रपतिले प्रयोग गरेको भिटो अस्वीकार गरेको हो। रिपब्लिकनहरुकै नियन्त्रण रहेको सिनेटमा नयाँ वर्षकै दिन विशेष अधिवेशन आव्हान गरी विधेयकका विषयमा छलफल गरिएको थियो। सिनेटमा विधेयकको पक्षमा ८१ र विपक्षमा १३ मत परेको छ। यसअघि नै प्रतिनिधिसभाबाट विधेयक पारित भइसकेको थियो। राष्ट्रपतिले प्रयोग गरेको भिटो रोक्न दुबै सदनमा दुई तिहाई बहुमतको आवश्यकता पर्छ।… पुरा पढौ

नयाँ वर्षको पहिलो दिन विश्वभर ३ लाख ७१ हजार नयाँ शिशुको जन्म

नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी ३ लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएकोछ। कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भनेका छन्, ‘हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ।’ फोरुघद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो। त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो। तथापि, कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो।’ संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको… पुरा पढौ

बलेवा विमानस्थलमा असारदेखि जहाज चलाउने तयारी

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण द्रुरुतगतिमा भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ। विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिए। आगामी जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने आयोजनाका इञ्जिनीयर चिरञ्जीवी खड्काले बताए। ‘चिसो समय भएकाले कालोपत्रका लागि फागुन–चैत कुर्नुपर्ने भएको छ’, उनले भने, ‘सम्याउने, ग्राभेल गर्नेजस्ता काम एक महिनामा सकिन्छ ।’ ठेकेदार कम्पनीले बलेवा… पुरा पढौ

फुटबल टिमको क्लोज क्याम्पबाट विमलसहित १४ खेलाडी बाहिरिए

विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा रहेको विमल घर्तिमगरसहित अन्य १४ खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक चरणमा बोलाएका ५८ खेलाडीबाट १४ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणका लागि ४४ खेलाडी छनोट गरेका हुन्। एक महिनाको क्लोज क्याम्पपछि टिममा खेलाडीको संख्या घटाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। क्याम्पबाट बाहिरिने खेलाडीहरुमा विमल घर्ती मगर, गोलकिपर देव लिम्बु, अमित तामाङ, रनदिप पौडेल, जय गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आलेमगर, राजेश परियार, प्रेजन तामाङ, रेजिन सुब्बा,… पुरा पढौ

माघको पहिलो साताबाट प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता

माघको पहिलो साताबाट प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने खेल काठमाण्डौको कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ। प्रतियोगिताको मिति केही दिनमा क्यानले सार्वजनिक गर्ने जनाएको छ। यसअघि, पुषको ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो। महिला र पुरुषको प्रतियोगिता एकैसाथ हुने भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन हप्ताका लागि सारेको थियो। राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागीयसहित १० टिमले प्रतिस्पर्धा गर्नेछ। यसअघिका दुई संस्करणमा… पुरा पढौ

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : आजबाट सेमिफाइनलका खेलहरु हुँदै

दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट अन्तरगत आज (शनिबिार) देखि सेमिफाइनलका खेलहरु हुँदैछन्। शनिबार बिहान साढे नौ बजे हुने पहिलो खेलमा समूह ’ए’ को विजेता एपीएफले समूह ’बी’ को उपविजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, दिउँसो सवा एक बजे हुने अर्को खेलमा समूह ’बी’को विजेता प्रदेश १ ले समूह ’ए’ को उपविजेता लुम्बिनीसँग खेल्नेछ । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत ८ टिमले सहभागिता जनाएको यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका छन्। आजको… पुरा पढौ

ओलीलाई जनमत पचेन : करण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनमत नपचेको टिप्पणी गरेका छन् । नेकपा प्रचण्ड पक्षको पोखरा महानगर कमिटीको बिस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले ओलीलाई जनताले विकास र समृद्धिको आशामा दिएको जनमत नपचेको बताएका हुन् । ‘ओलीमा रहेको स्वेच्छाचारिता र अधिनायकवादी सोंचका कारण जनताले दिएको विश्वासको मतलाई उनले संसद विघटन गरेर लत्याए’–उनले भने । नेता करणले ओली बुर्जुवा भएकोसमेत आरोप लगाए । संघीय लोकतान्त्रिक गणतन्त्र मास्न खोज्ने ओली बुर्जुवा भएको… पुरा पढौ