समाचार

अभौतिक सांस्कृतिक सम्पदाको अध्ययनसहित कानून निर्माण गछौं ः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा मन्त्रालयद्वारा आयोजित “अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम उनले प्रदेश सरकारले अध्ययनसहित कानून निर्माण गरी अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण र व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने — “गण्डकी प्रदेश सरकारले संस्कृतिको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानमार्फत… पुरा पढौ

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो । सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग… पुरा पढौ

पोखराका बिभिन्न ठाँउमा बालाचर्तुदशी पर्वको तयारी शुरु

बालाचर्तुदशी पर्व धुमधामका साथ मनाउन देशभरका शिव मन्दिर परिसरमा तयारी शुरु भएको छ । यही मंसीर ३ गते बुधबारका दिन परेको बालाचतुर्दशी पर्वमा आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने प्रचलन रहेको छ । पोखरा सहित आसपासका क्षेत्रमा रहेका शिव मन्दिरमा पनि पर्व मनाउनका लागि तयारी शुरु गरिएको बताईएको छ । पोखरामा भलामस्थित हरिहर गुफा मन्दिर, आर्वाको महाप्रभु धाम, घार्मीको ओमकारेश्वर महादेव मन्दिर,सदाशिव मन्दिर, ढुंगेसाँघु,मासबारको पुश्करेश्वर शिव मन्दिर, लामाचौरको सुरथेश्वर, सन्तानेश्वर शिव मन्दिर,… पुरा पढौ

फागुन २१ मा चुनाव हुन सक्दैनः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ का लागि तोकिएको निर्वाचन हुनै नसक्ने दावी गरेका छन् । प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने बताए ।उनले एमाले चुनावबाट नभाग्ने बताउँदै, अहिलेको अवस्थामा निर्वाचनको बाताबरण नै तयार भईनसकेको बताएका हुन् । वर्तमान सरकारप्रति कडा टिप्पणी गदै अध्यक्ष ओलीले अहिलेको सरकार कसको र कसले बनाएको भन्ने नै… पुरा पढौ

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक घटनामा संलग्न ३८ जना पक्राउ

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ । आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब… पुरा पढौ

सुन तोलामा ६ हजार नौ सयले घट्यो

स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार नौ सयले घटेर कारोबार भइरहेको छ। यसअघि २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८ सय पुगेको छ। आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन… पुरा पढौ

सबै जेनजी एकताबद्ध छन्: अगुवा सुदन गुरुङ

जेनजी अगुवा सुदन गुरुङले सबै जेनजी एकताबद्ध भएको बताएका छन् । आईतबार सामाजिक सञ्जालमा लेख्दै हामी नेपालका संस्थापक समेत रहेका गुरुङले देशभरका जेनजी एकताबद्ध रहेको दावी गर्दै नेपाल एकिकरणको शुरुवात भएको गोर्खाबाट अभियान नै संचालन गर्ने बताएका हुन् ।अभियान अन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ । गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको… पुरा पढौ

विशेषताले हात पारिन निबन्ध लेखनमा प्रथम पुरस्कार

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा आयोजना गरेको "अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता" कार्यक्रम कात्तिक २९ गते, शनिबार पोखरा-३, नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. मा सम्पन्न गरेको छ । लिटिल स्टेप मा.वि. का संस्थापक प्राचार्य श्री पम्फा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा मदरल्याण्ड मा. वि. का विशेषता तिवारीले प्रथम पुरस्कार हात पार्न सफल भएको छ । विन्ध्यावासिनी मा.वि. का पूर्णिमा भट्टराई द्वितीय, सृजना मा.वि. का दुर्गा सिग्देल तृतीय र प्रतिभा मा.वि. का विशाल खत्री सान्त्वना पुरस्कार हासिल गर्न… पुरा पढौ

कार्बन साझेदारी कोषबाट नेपाललाई एक अर्ब १९ करोड प्राप्त

नेपालले कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड प्राप्त गरेको छ । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको हो । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट ९इआरपिए०अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज… पुरा पढौ

पोखरामा प्रवचन दिँदै घनश्यामदासजी महाराज

पोखरा, २९ कात्तिकराधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलो पटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ देखि ३ बजेसम्म पोखरामा कार्यक्रम हुने तय भएको हो ।तीन दिन उनले दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म प्रवचन दिने आयोजकले जनाएको छ । घनश्यामदास जगद्गुरु कृपालुजी महाराजका जेठा छोरासमेत हुन् । निशुल्क प्रवेश पाइने प्रवचनअघि मंसिर १ गते पोखरा सभागृहबाट न्युरोड, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै सिर्जनाचोकसम्म रथयात्रा हुने कार्यक्रमकी व्यवस्थापक अस्मिता भण्डारीले जानकारी दिइन् ।पोखरामा… पुरा पढौ